ताजा खबर

परिचय

पछिल्ला दिनहरुमा हरेक क्ष्ोत्रमा महिला अग्रसरताको आवश्यकता र सहभागीताको अवधारणाले सार्थकता पाईरहेको छ । यस क्रममा संञ्चार क्षेत्रमा पनि महिला सहभागिताको आवश्यकतालाई दृष्टिगत गरि महिला समानताका लागि संञ्चार अभियानले रेडियो मुक्ति संञ्चालनमा ल्याएको हो । २०६५ पौष ९ गतेदेखि प्रसारण आरम्भ गरेको रेडियो मुक्ति महिलाहरुद्धारा स्थापित र संञ्चालित नेपालको पहिलो सामुदायिक रेडियो हो । रेडियो सामुदायिक भएकोले नाफा हाम्रो निम्ती प्रदान विषय होईन । महिला शसक्तिकरण, महिला हिँसा न्यूनिकरण, लैंगिक विभेदको अन्त्य र सामाजिक जागरण अभियान संञ्चालन गर्नका लागि स्थापित यस रेडियो महिलाका मुद्धाहरुप्रति पूर्णरुपमा सर्मपित छ । रेडियोले महिलाका मुद्धालाई प्राथमिकता दिदै समाजका अन्य क्षेत्रहरु कृषि,शिक्षा,स्वास्थ्य,मनोरञ्जन,यूवा,वाल,अपाङ्ग,दलित,जनजाति,सिमान्तकृत,राजनितिक,र समसामयिक मुद्धालाई सवै वर्ग र क्षेत्रमा पुग्ने गरि आवाज उठाउदै आएको छ । समाजमा रहेका सवै तह  तप्कामा महिलाको सहभागिता गराई संञ्चारको क्षेत्रमा पनि महिलाको पहुंच वृद्धि गर्न महिलाहरुलाईनै नेतृत्व तहमा पुर्याएको छ । सार्थ रेडियो मुिक्तल आफ्ना सूचनामुलक कार्यक्रलाई यिनै विषयमा केन्द्रित गरेको छ । आवाजविहीनहरुको आवाज वोल्ने संञ्चारमाध्यमको दायित्वलाई मनन गद्रै सोषित र पिडित विषेस गरि महिलाको आवाज वोलिदिने माध्यम रेडियो मुक्ति बनेको छ भन्नेमा हामी विश्वस्त छौ ।

स्टेशन

रेडियो मुक्ति एफएम व्याण्डको ९५।५ मेगाहर्जमा सुन्न सकिन्छ । साथै इन्टरनेट अनलाईनको www.radiomukti.org  लगन गरेर संसारभर सुन्न सकिन्छ । १०० वाट क्षेमता भएको रेडियो मुक्तिकोे स्टेशन वुटवल उपमहानगरपालिका वडा नं ६ लक्ष्मीनगरमा रहेको छ । रेडियो मुक्ति रुपन्देही,कपिलवस्तु,नवलपरासी,दाङ्ग,पाल्पा र अर्गाखाँचीका केहि भागमा सुन्न सकिन्छ । 

लक्षित वर्ग

हरेक संञ्चार माध्यम सवैका साझा माध्यम हुन । तरपनि हरेक संञ्चारमाध्यमले निश्चित लक्ष र उद्धेश्य लिएका हुन्छन । यस्तै रेडियो मुक्तिले महिलाका हरेक मुद्धालाई विषेस प्राथमिकतामा राखेर लक्षित वर्ग महिलालाई वनार्एको छ । विभेदपूर्ण समाज र्निमाणका निम्ति समाजमा देखिएका नकारात्मक विषयहरुको उठान र सकारात्मक विषयहरुको सम्प्रेषण गर्नु रेडियोको लक्ष्य रहेको छ ।

उद्धेश्य

रेडियो सूचना र संञ्चारको सर्वसुलभ आधुनिक स्रोत हो । देशको जनसंख्याको हिसावले आधा भन्दा वढी जनसख्या ओगटेका महिलाहरुको सवाल संञ्चारमाध्यममा उठेपनि मिसनकैरुपमा उठ्न नसकेको अवस्थामा रेडियो मुक्ति महिलाका सवालहरु उठाउने उपयोगि माध्यम वनेको छ । यस परिप्रेक्षमा रेडियो मुक्तिले निम्न उद्धेश्यहरु राखेर कार्यक्रम प्रसारण गद्रै आएमो छ । 

१, रेडियोवाट महिला समस्यालाई उठान गरि सम्वन्धित निकायलाई ध्यानाकर्षण गराउने ।

२, स्थानिय स्रोतसाधन,जातजाती,भाषाभाषी,लिङ्ग,सवैको पहिचान गराउने ।

३, जातिय छुवाछुत, भेदभाव र लैङ्गिकहिंसा, महिला हिंसालाई पर्गिय र क्षेत्रियरुपमा निरुत्साहीत गर्ने ।

४, महिलाको अधिकार स्थापित गर्न अध्यान, अनुसन्धान र पैरवी गर्ने ।

५, समाचार,सूचना,शिक्षा,कला,संस्कृति र मनोुञ्जनात्मक कार्यक्रममार्फत समाजमा सचेतना फैलाउने ।

६, महिलाहरुको हरेक अवस्थालाई मध्यनजर गद्रै समाज रुपान्तरयाको प्रक्रियामा समावेस गराउने ।

७, एतिहासीक,पुरातात्विक,धार्मिक,पर्यटकीय तथा प्राकृतिक स्थलहरुको संरक्षण, सम्वद्र्धन र विकासका लागि प्रचार प्रसार गर्ने ।

८, महिला माथि हुने गरेका सवै प्रकारका विभेद, हिंसा, असमानता,अमानविय व्यवाहार र रुढीवादी चिन्तनलाई निरुत्साहित गर्ने ।

कार्यक्रम

रेडियो मुिक्तवाट समाचार,सूचना, सचेतनामुलक कार्यक्रम र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रसारण हुदै आएको छ । रेडियोवाट प्रत्येक दिन विहान ५ वजेदेखि राति ११ वजेसम्म दैनिक १८ घण्टा प्रसारण हुदै आएको छ । रेडियोले महिला लक्षित कार्यक्रम संगै स्थानिय स्तरका समस्यालाई र अन्य हरेक समसामयिक विषयवस्तुहरुलाई उठान गदै्र समाचार, सूचना र कार्यक्रम उत्पादन र प्रसारण  नेपाली, थारु र भोजपुरी भाषमा गद्रै आएको छ ।