महिला हिंसा न्यूनीकरण गर्न विचार र ब्यवहार बदलौं : उपसभामुख थारु


प्रदेश नम्बर ५ प्रदेशसभा उपसभामुख कृष्णी थारुले हिंसा न्युनीकरणका लागि विचार र ब्यवहार परिबर्तन गर्नुपर्ने बताउनु भएको छ ।
रिपोटर्स क्लवले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा उहामले केही घटनामा कार्यान्वयनमा ढिलासुस्ती भएपनि अपराधी उम्कन नसक्ने बताउनु भयो ।
प्रदेश सरकारको संरचना शुन्यबाट शुरु भएको भन्दै उहाले हिंसा न्युनिकरणका लागि सरकार प्रतिबद्ध भएको उल्लेख गर्नुभयो । थारुले हिंसा दबाएर बस्ने बानी सबैले हटाउनुपर्ने बताउनु भयो ।
‘हिजोपनि हिंसा भएको थियो,आज हिंसा बाहिर आउन थाले,कुनै न कुनै हिसाबले महिला हिंसामा नै परे,अब रोक्नुपर्छ,बिचार र ब्यबहार परिबर्तन गरौं ।’उहाले भन्नुभयो ।
अपराधिलाइ कारबाहि,आर्थिक शशक्तिकरण र दीगो जिबीकोपार्जनको बाटोमा महिलाहरुलाइ अगाडी बढाउनुपर्ने उपसभामुख थारुको भनाइ छ ।
पूर्व सांसद तथा संघीय समाजबादी फोरम नेपाल केन्द्रिय सदस्य कमला बिकले निर्मला पन्त बलात्कार र हत्याका दोषिलाइ राज्यले संबेदनशील भएर कारबाहिको दायरामा ल्याउनुपर्ने बताउनु भयो ।
बिकले भन्नुभयो—‘हाम्रो समाजमा हिंसा अन्त्य नै हुनुपर्छ,जिम्मेबार निकायले यस्मा ध्यान दिनुपर्यो।’
तीनै तहका सरकारले घटना हिंसा न्युनिकरणका लागि कानुन निर्माण गर्नुपर्ने बिकको धारणा छ । दोषिलाइ राज्यले उम्काउने प्रयास गरिरहेको भन्दै बिकले दोषि जुन पार्टी र सम्बन्धको भएपनि कारबाहिको दायरामा ल्याउनेपने बताउनु भयो।
पूर्व सांसद तथा पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष बिनोद पहाडीले मुलुकमा दण्डहिनता मौलाउदै गएको बताउनु भयो। राज्यसंग धेरै सम्यन्त्र हुदा पनि राज्य दण्डहिनताको बाटोमा अगाडी बढेको भन्दै उनले राज्य नै यस्मा संलग्न रहेको दाबि गर्नुभयो । मिडिया पनि सतही रुपमा दौडेको भन्दै धेरै बिषयबस्तु लुकेको बताए ।मिडियाले सरकारलाइ खबरदारी गर्नुपर्ने उहाको भनाइ छ ।‘अहिले दरबार नहुदा पनि दोषीलाइ कारबाहि गर्न कस्ले रोक्यो  ? उहाको प्रश्न छ ।
अधिबक्ता महेन्द्र पाण्डेले कानुन बलियो भएपनि कार्यान्वयन फितलो भएको बताउनु भयो। पाण्डेले अहिले बलियो सरकार बनेपनि हिंसा न्युनिकरणमा सरकार फेल भएको धारणा राख्नुभयो । ‘अदालती प्रकृया पनि दुधले नुहाएका छैनन्,तर राज्य संयन्त्रपनि यस्मा सहभागि छ,नागरिक बिश्वस्त हुन सकेनन् ।
‘कानुन कागजी बाघ जस्तो भयो’,पढ््ने मात्र होइन कार्यान्वयन हुनुपर्छ’ उहाको भनाइ छ ।
इन्सेक रुपन्देही प्रतिनिधि रिमा बिसीले हिंसा न्युनिकरणका लागि सामुहिक प्रतिबद्धता हुनुपर्ने बताउनु भयो । हिंसा गर्दीन र सहन्न भन्ने प्रतिबद्धता चाहिने उहाको भनाइ छ । उहाले हिंसा बिगतमा पनि हुने तर अहिले बाहिर आउने क्रम बढेको उल्लेख गर्दै रुपन्देहीमा २ सय भन्दा बढि हिंसा बार्षिक रुपमा हुने र १० भन्दा बढि पुरुष पनि हिंसामा परेको जानकारी दिनुभयो ।
 रामकुमार क्षेत्रीको अध्यक्षता र कपिल ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

    

प्रतिकृया दिनुहोस

ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा महोत्सव

भैरहवा फागुन ३,   रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा ओमसतिया कला, संस्कृति, खेलकुद तथा कृषि प्रबर्धन महोत्सव–२०७५ शुरु भएको छ

लुम्बिनी बोर्डिङमा खेल महोत्सव सम्पन्न 

  फागुन , ३  बुटवल ३ सहस्रपथमा रहेको लुम्बिनी बोर्डिङ स्कुलको खेल महोत्सव २०७५ सम्पन्न भएको छ । विद्यालयले २५ बर्ष पार गरेको रजत महोत्सवका अवसरमा

पहिलो चरणको आन्दोलन अन्तर्गत ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न

भैरहवा,फागुन २ बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजदर घटाउन माग गर्दै आन्दोलित भैरहवाका उद्योगी व्यवसायीहरुल विहीबार पनि बैंक तथा वित्तीय