ताजा खबर

सोफिया मानिससरह नागरिकता पाउने पहिलो रोबोर्ट

राष्ट्रसंघीय विकास कार्यक्रम ९यूएनडीपी०ले आयोजना गरेको ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा सेलिब्रिटी रोबोर्ट सोफिया सहभागी भइन् ।
चर्चाको शिखरमा रहेकी सेलेब्रिटी रोबोर्ट सोफिया आज काठमाडौंमा आयोजित सार्वजनिक कार्यक्रममा सहभागी भएकी हुन् ।
कार्यक्रममा सहभागी भएकी रोबोर्ट सोफियाले प्रविधि र शिक्षाको विकासले नेपालजस्ता देशहरूले फाइदा लिन सक्ने बताइन् ।
सोफियालाई राष्ट्रसंघीय विकास कार्यक्रमले एसिया प्रशान्त क्षेत्रको आविष्कार दूत ९इन्नोभेसन च्याम्पियन०को पदवी दिएको छ । यो पदवी पाउने उनी पहिलो रोबोर्ट पनि हुन् ।
सोफियालाई विश्वको सर्वोच्च शिखर सगरमाथा पनि आरोहण गर्ने इच्छा व्यक्त गरेकी थिइन् ।
बेलायती अभिनेत्री अड्री हेपबर्न र रोबोर्ट निर्माता डेविड ह्यान्सनकी पत्नी सोफियाको रुपमा आधारित यो रोबोर्टले रियादमा आयोजित एक कार्यक्रममा आफूलाई राम्रो व्यवहार गरे अरुलाई पनि आफूले राम्रो व्यवहार गर्ने बताउँदा दर्शकहरू चकित बनेका थिए ।
पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स तथा ह्युमनोइड रोबोटहरूले मानवतामाथि नै खतरा निम्त्याउँछन् वा यिनले मानवताको विकासमा थप योगदान दिन्छन् भन्ने विषयमा बहस जारी छ ।
मानव स्वरूप भएकी सोफियालाई हङकङको कम्पनी हयानसन रोबोटिक्सले निर्माण गरेको हो । सोफियाको निर्माण २०१५ मा भएको थियो भने २०१६ मा उनलाई अमेरिकामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको थियो ।
साउदी सरकारले उनलाई ‘मानव’का रूपमा नागरिकता दिएपछि उनको चर्चा चुलिएको हो । सोफिया मानिससरह नागरिकता पाउने पहिलो रोबोर्ट हुन् । उनलाई साउदी अरबले महिलाको रुपमा नागरिकता समेत प्रदान गरेको छ ।
त्यसयता सोफिया विश्वभर हुने विभिन्न सार्वजनिक कार्यक्रममा आकर्षणको केन्द्र बन्दै आएकी छन् । सोफियाले अनुहारबाट ६२ भन्दा बढी भावभंगी देखाउन सक्छिन् ।
यसले सोफियालाई एक पटक सोधेको प्रश्न स्टोर गरी अर्को पटक सोही प्रश्न सोधिए सही उत्तर दिन ‘डाटासेट’ बनाएर राख्छ । यसले जति धेरै प्रश्न सोधिएको छ, सोहीअनुसार उनको उत्तर दिने क्षमतामा वृद्धि हुँदै जान्छ ।

साभार महिला खबरबाट 

 

प्रतिकृया दिनुहोस

फ्रान्स २० वर्ष पछि दोस्रो पटक विश्वकप विजेता बन्न सफल ।। 

विश्वकप फुटबलको २१ औं संस्करणको उपाधि फ्रान्सले हात पारेको छ । गयराति भएको विश्वकप उपाधि भिडन्तमा क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गर्दै

विश्वकप फुटबलमा आजप्रि क्वाटरफाइनलको दुई खेल हुँदै ।।

रुसमाजारी विश्वकप फुटबलमा आजप्रि क्वाटरफाइनलको दुई खेल हुँदैछ । विश्वकपअन्तर्गत आज नकआउट चरणको पाँचौ र छैटौं खेल हुन् लागेको हो । आजहुने पहिलो

फिफा विश्वकप फुटबल आजबाट रुसमा शुरु हुँदै ।।

फिफा विश्वकप फुटबल आजबाट रुसमा शुरु हुँदैछ । २१ औं संस्करणको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।फिफाले सहभागी ३२ राष्ट्रलाई आठ समूहमा