कर दिवसमा सप्ताहव्यापी कार्यक्रम गरिदै

 

भैरहवा,कार्तिक २९

आन्तरिक राजश्व कार्यालय भैरहवाले ‘‘करःसमृद्ध नेपाल,सुखी नेपालीको भर’’ भन्ने नाराका साथ सातौं राष्ट्रिय कर दिवस २०७५ को अवसरमा विभिन्न सप्ताह व्यापी कार्यक्रमको आयोजना गरेको छ ।

कार्यालयले कार्यक्रमको बारेमा जानकारी दिने उद्देश्यले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै  प्रमुख कर अधिकृत देवी प्रसाद भण्डारीले करलाई राष्ट्रको समृद्धीसंग जोडेर कार्यक्रमहरु अगाडि बढाउने बताए ।

उनका अनुसार कार्यलयले मंसिर १ गते कर सम्बन्धी सचेतनामुलक र्याली निकाल्ने,ब्रोसर पम्प्लेट बाड्ने तथा खुल्ला रतmदान कार्यक्रमको आयोजना गरेको छ ।

यस्तै मंसिर २ गते आफ्नो कार्यक्षेत्रका उद्योगी व्यवसायीहरुलाई समेटेर उद्योग वाणिज्य संघ नवलपरासीको समन्वयमा करदाता शिक्षा सम्बन्धी अन्तरक्रिया गर्ने,३ गते कार्यलयको सभाहलमा विद्युतिय भुतmानी सम्बन्धी जानकारीमुलक अन्तरक्रिया गर्ने जनाइएको छ ।

सेवाग्राही र सेवा प्रदायक व्यतिmबीच सिधा सम्पर्क हुंदा हुन सक्ने व्यतिmगत स्वार्थलाभलाई निरुत्साहित गर्ने उद्देश्यले कर सम्बन्धी भुतmानीलाई विद्युतिय मार्फत गर्न प्रोत्साहन गर्ने प्रमुख कर अधिकृत भण्डारीले बताए । कार्यलयले मंसिर ४ गते तिलोत्तममा अन्तरक्रिया गर्नेदेखि कर सम्बन्धी अन्तर क्याम्पस विद्यार्थीबीच वतृत्वकला प्रतियोगिता समेत आयोजना गरेको छ ।

सामाजिक उत्तरदायित्व बहन गर्दै कार्यालयले अनाथलयमा आश्रित बालबालिकाहरुका लागि शैक्षिक सामग्री वितरण गर्ने,उत्कृष्ट करदाता,कर्मचारी सम्मान गर्दै कार्यक्रम सम्पन्न गर्ने जानकारी दिईएको छ । कार्यलयले रुपन्देहीको दक्षिणी भाग तथा नवलपरासीको राजमार्गले दक्षिणका विभिन्न भागका उद्योगी व्यवसायीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस

दाङमा आगलागीमा परी एकै घरका तीनको मृत्यु

२८ मङ्सिर,लमही । दाङमा आगलागीमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा आगलागी हुँदा बङ्गलाचुली गाउँपालिका–८ गुराँसे निवासी नवराज

बुटवलमा पहिलो पटक मुख्यमन्त्री कप व्याडमिन्टन प्रतियोगिता हुँदै

बुटवलमा पहिलो पटक प्रदेश स्तरीय मुख्यमन्त्री कप व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल व्याडमिन्टन क्लवको आयोजनामा आगामी पुसको १ गतेदेखि तीन

नेपालीकांग्रेस महासमिति भेलाआजदेखि काठमाडौंमा सुरु हुने ।।

नेपालीकांग्रेस महासमिति भेलाआजदेखि काठमाडौंमा सुरु हुने भएको छ । प्रक्रियागतहिसाबले आज सुरु भएपनिउद्घाटन भने भोलिहुनेछ । महासमिति बैठकमा