बरामद गरिएको लागु औषध नष्ट

 

प्रहरीले बरामद गरेको ठूलो परिमाण लागु औषध शुक्रबार ईलाका प्रहरी कार्यालय बुटवलको परिषरमा नष्ट गरिएको छ । प्रहरीले बिभिन्न मितिमा बिभिन्न स्थानमा बरामद गरेको आगु औषध बिहिबार पत्रकारहरुको रोहवरमा बिहिबार जलाएर नष्ट गरेको हो ।
प्रहरीले यहि कात्तिक १७ गते बुटवल उपमहानगरपालिका वडा नं. १३ मा जनक घर्ती, नहारी थारु र टिका रासकोटीको साथबाट ३७ किलो लागु औषध चरेश बरामद गरेको थियो ।

 

त्यस्तै बुटवल उपमहानगरपालिका वडा नं. ६ ट्राफिकचोकमा यहि कात्तिक १८ रबि कार्कीको साथबाट नुफिन ५८ एम्पुल्स, फेनरागन ५८ एम्पुल्स र डाईजेपाम ५८ एम्पुल्स, सोही मितिमा बुटवल ९ मा अजय सुनारको साथबाट नुफिन ३५ एम्पुल्स, फेनरागन ३५ एम्पुल्स र डाईजेपाम ३५ एम्पुल्स बरामद गरेको थियो भने यहि कात्तिक २० गते बुटवल ९ मा मनोज कार्कीको साथबाट नुफिन ३० एम्पुल्स, फेनरागन ३० एम्पुल्स र डाईजेपाम ३० एम्पुल्स बरामद गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लले बताउनु भयो ।

त्यसरी बरामद गरिएको करिव ४० लाख रुपैंया अन्तराष्ट्रिय मुल्यको लागु औषध नष्ट गरिएको पनि उहाँले जानकारी दिनुभयो । नेपालमा प्रतिवन्धित लागु औषध चरेरको उत्पादन स्थलमा प्रतिकिलो एकलाख रुपैंया सम्म पर्ने पनि उहाँले जानकारी गराउनु भयो । लागु औषध सहित पक्राउ गरेका उनीहरुलाई लागु औषध ओसार पसार तथा बेचबिखन मद्धा चलाएको प्रहरीले जनाएको छ । 
pic by bulletin nepal 


 

प्रतिकृया दिनुहोस

ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा महोत्सव

भैरहवा फागुन ३,   रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा ओमसतिया कला, संस्कृति, खेलकुद तथा कृषि प्रबर्धन महोत्सव–२०७५ शुरु भएको छ

लुम्बिनी बोर्डिङमा खेल महोत्सव सम्पन्न 

  फागुन , ३  बुटवल ३ सहस्रपथमा रहेको लुम्बिनी बोर्डिङ स्कुलको खेल महोत्सव २०७५ सम्पन्न भएको छ । विद्यालयले २५ बर्ष पार गरेको रजत महोत्सवका अवसरमा

पहिलो चरणको आन्दोलन अन्तर्गत ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न

भैरहवा,फागुन २ बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजदर घटाउन माग गर्दै आन्दोलित भैरहवाका उद्योगी व्यवसायीहरुल विहीबार पनि बैंक तथा वित्तीय