सशर्त अनुदान सोझै खर्च गर्न सम्बन्धित मन्त्रालयलाई अख्तियारी

बुटवल, ३० कात्तिक । 

वित्तीय हस्तान्तरण अन्तरगत प्रदेश सरकारलाई थप भई आएको रकम सोझै खर्च गर्न मन्त्रालयहरुलाई अख्तियारी दिने निर्णय भएको छ । शुक्रबार प्रदेश पाँच मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्रीपरिषदको बैठकले संघीय सरकारबाट प्रदेशमा ससर्त अनुदान अन्तर्गत आएको रकमलाई सम्बन्धित मन्त्रालयलाई सोझै खर्च गर्न अख्तियारी प्रदान गरेको हो । पछि प्रदेश सभामा अनुमोदनको लागि पेश गर्ने गरी उक्त रकम खर्च गर्न मन्त्रालयहरुलाई अख्तियारी दिने निर्णय भएको बैठक पछि प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिनुभयो ।

नेपाल सरकार अर्थमन्त्रालयबाट प्रदेश सरकार अन्तरगतका भौतिक पूर्वाधार बिकास मन्त्रालयलाई निकासा हुर्नेगरी ९३ करोड ९२ लाख ५० हजार, भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालयलाई निकासा हुने गरी १० करोड ७९ लाख ९४ हजार र उद्योग पर्यटन बन तथा बातावरण मन्त्रालयलाई निकासा हुनेगरी ५० करोड ८० लाख २० हजार गरी कुल १ अर्व ५५ करोड ५२ लाख ६४ हजार रुपैंया सशर्त अनुदानका रुपमा बित्तिय हस्तान्तरण भई आएको मन्त्री चौधरीले जानकारी गराउनु भयो । तत्काल प्रदेश सभा नबसेकाले प्रदेश सभामा अनुमोदन गराउन नसकिने भएको हुँदा पछि प्रदेश सभामा पेस गरी अनुमोदन गर्नेगरी सम्बन्धित मन्त्रालयलाई खर्च गर्न अख्तियारी प्रदान गरिएको उहाँले बताउनु भयो ।

त्यस्तै बैठकले प्रादेशिक विश्वविद्यालयको विध्येक मस्यौदा बनाउन सैदान्तिक स्वीकृती प्रदान गरेको छ । पशु स्वास्थ्य तथा पशुसेवा सम्बन्धी विध्येकमा संसोधन गर्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रदेश मन्त्री परिषदको चालु आर्थिक वर्ष पहिलो चौमासिकको अन्तिम बैठकले प्रदेश सरकारको चौमासिक समिक्षा समेत गरेको छ । मन्त्रीपरिषदको पछिल्लो ४ महिना अर्थात साउन यता २० वटा बैठक बसेको मन्त्री चौधरीले बताउनुभयो । त्यस्तै बैठकमा १२८ वटा निर्णय भएका छन् । उहाँले अबको प्रदेश सभा बैठकमा १३ वटा विधेयक लैजाने सरकारले तयारी गरेको पनि जानकारी दिनुभयो । 


 

प्रतिकृया दिनुहोस

दाङमा आगलागीमा परी एकै घरका तीनको मृत्यु

२८ मङ्सिर,लमही । दाङमा आगलागीमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा आगलागी हुँदा बङ्गलाचुली गाउँपालिका–८ गुराँसे निवासी नवराज

बुटवलमा पहिलो पटक मुख्यमन्त्री कप व्याडमिन्टन प्रतियोगिता हुँदै

बुटवलमा पहिलो पटक प्रदेश स्तरीय मुख्यमन्त्री कप व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल व्याडमिन्टन क्लवको आयोजनामा आगामी पुसको १ गतेदेखि तीन

नेपालीकांग्रेस महासमिति भेलाआजदेखि काठमाडौंमा सुरु हुने ।।

नेपालीकांग्रेस महासमिति भेलाआजदेखि काठमाडौंमा सुरु हुने भएको छ । प्रक्रियागतहिसाबले आज सुरु भएपनिउद्घाटन भने भोलिहुनेछ । महासमिति बैठकमा