छमछमीको बुटवल अडिसन जारी


नेपाल टेलिभिजनको रियालिटी शो रियो छमछमी मेगा डान्स कम्पिटिसनको चौथो संस्करण अन्तर्गत बुटवल अडिसन आजबाट शुरु भएको छ ।

देशका कुना कन्दरामा लुकेका प्रतिभाहरुलाई ब्यबसायिक नृत्यकर्मी बन्न प्रोत्साहित गर्ने र राष्ट्रिय स्तरमा प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको सो प्रतियोगितामा आज १६ जना छनौट भएका छन । 
   

सो कार्यक्रमको उद्घाटन गर्दै प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले लोक कला संस्कृतिको जगेर्ना र समय अनुकुल बिकास गर्न छमछमी जस्ता कार्यक्रम उपयोगी हुने बताउनु भयो ।

  लुकेका प्रतिभाको खोजीगर्ने र उनिहरुलाई अवसर प्रदान गर्ने सवालमा नेपाल टेलिभिजनले खेलेको भुमिकाको सराहना गर्दै मन्त्री केसीले स्थानिय स्तरमा रहेका कला, संस्कृति र पहिचानलाई उजागर गर्न एवं प्रबद्र्धन गर्न आग्रह गर्नु भयो । 
   

मन्त्री केसीले राष्ट्र भित्रका संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताउदै कला संस्कृति राज्यको ठूलो सम्पति भएकाले संरक्षण गर्ने दायित्व सबैको भएको बताउनु भयो । मन्त्री केसीले हरेक क्षेत्र र जातीका कला संस्कृति संरक्षणका लागि प्रदेश सरकार अभिभावक बन्ने पनि बताउनु भयो ।

  उहाँले हरेक व्यक्तिमा केही न केही प्रतिभा लुकेको हुन सक्ने बताउंदै त्यस्ता प्रतिभालाई बहारि ल्याउनका लागि नेपाल टेलिभिजनले सञ्चालन गरेको कार्यक्रम सबैका लागि र सधैका लागि फलदायी हुने पनि बताउनु भयो । 
   

सो अवसरमा नेपाल टेलिभिजनका कार्यक्रम निर्माता निता सापकोटा, बरिष्ठ क्यामेरामेन पुरुषोत्तम घिमिरे र स्थानिय सम्बाददाता हरिश ढकालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै छमछमी कार्यक्रम नितान्त देश र जनताप्रति समर्पित रहेको तथा उत्कृष्ठ नृत्यकर्मीहरुको उत्पादन नै प्रमुख लक्ष रहेको बताउनु भयो । कार्यक्रम  आज आईतबारसम्म चल्ने छ । 


 

प्रतिकृया दिनुहोस

दाङमा आगलागीमा परी एकै घरका तीनको मृत्यु

२८ मङ्सिर,लमही । दाङमा आगलागीमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा आगलागी हुँदा बङ्गलाचुली गाउँपालिका–८ गुराँसे निवासी नवराज

बुटवलमा पहिलो पटक मुख्यमन्त्री कप व्याडमिन्टन प्रतियोगिता हुँदै

बुटवलमा पहिलो पटक प्रदेश स्तरीय मुख्यमन्त्री कप व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल व्याडमिन्टन क्लवको आयोजनामा आगामी पुसको १ गतेदेखि तीन

नेपालीकांग्रेस महासमिति भेलाआजदेखि काठमाडौंमा सुरु हुने ।।

नेपालीकांग्रेस महासमिति भेलाआजदेखि काठमाडौंमा सुरु हुने भएको छ । प्रक्रियागतहिसाबले आज सुरु भएपनिउद्घाटन भने भोलिहुनेछ । महासमिति बैठकमा