हर्न निषेधित शहर बन्दै बुटवल

प्रदेश पाँचको राजधानी बुटवलमा सवारी चलाउँदा हर्न बजाउन निषेध गरिएको छ । मंसिर १ गते शनिवार देखि राजधानी रहेको बुटवल शहरलाई शनिवार विशेष समारोहको आयोजना गरी हर्न निषेधित शहरका रुपमा घोषण गरिएको हो ।

ठूला वा साना सवारी साधनले हर्न बजाउंदा ध्वनी प्रदूषण भएकोले हर्न निषेधित क्षेत्र घोषणा गर्नु परेको प्रदेश नम्बर ५ का वरिष्ठ प्रहरी उपरिक्षक नर बहादुर केसीले बताउनु भयो ।
शहरमा संचालन हुने सवै सवारी साधनले हर्न बजाउंदा ध्वनी प्रदूषण भएकाले पहिलो चरणमा प्रदेश राजधानी बुटवलमा हर्न निषेधित क्षेत्र घोषणा गरिएको र यसलाई क्रमिक रुपमा प्रदेशका सवै जिल्लामा अभियानका रुपमा लागु गरिने वरिष्ठ प्रहरी उपरिक्षक केसीले बताउनु भयो ।

बुटवल उपमहानगरपालिका र ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर ५ को सम्युक्त प्रयासमा पहिलो चरणमा प्रदेशको राजधानी बुटवल शहरलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर ५ का प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दले बताउनु भयो ।

शहरमा सडक सांघुरा हुंदै गएकाले त्यसमा अगाडी र पछाडीका गाडीले हर्न बजाउंदा बजार नै कोलाहल सरह हुने गरेकोले हर्न निषेधित शहरकोे अभियान संचालन गर्नुपरेको प्रहरी उपरिक्षक चन्दले बताउनु भयो । प्रहरी र बुटवल उपमहानगरपालिकाले विभिन्न संघ संस्थाहरुसंग समन्वय गरि उनीहरुको सहयोगमा नै हर्न निषेधित क्षेत्र घोषणा गरिएको प्रहरीले जनाएको छ ।

हर्न निषेधित क्षेत्रका रुपमा तिनाउ पुल देखि गोलपार्क, राजमार्ग चौराह हुदै वेसक्याम्प सम्मको नगर क्षेत्रमा शनिवार देखि हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो । यो अभियान एक महिना सम्म सचेतना मुलक ढं्रगले संचालन गरिने र त्यसपछि हर्न वजाउनेलाई नियमानुसार कारवाही गरिने छ ।
 

प्रतिकृया दिनुहोस

ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा महोत्सव

भैरहवा फागुन ३,   रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा ओमसतिया कला, संस्कृति, खेलकुद तथा कृषि प्रबर्धन महोत्सव–२०७५ शुरु भएको छ

लुम्बिनी बोर्डिङमा खेल महोत्सव सम्पन्न 

  फागुन , ३  बुटवल ३ सहस्रपथमा रहेको लुम्बिनी बोर्डिङ स्कुलको खेल महोत्सव २०७५ सम्पन्न भएको छ । विद्यालयले २५ बर्ष पार गरेको रजत महोत्सवका अवसरमा

पहिलो चरणको आन्दोलन अन्तर्गत ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न

भैरहवा,फागुन २ बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजदर घटाउन माग गर्दै आन्दोलित भैरहवाका उद्योगी व्यवसायीहरुल विहीबार पनि बैंक तथा वित्तीय