लुम्बिनीमा पन्छी महोत्सब शुरु ।


भैरहवा मंसिर १०,
लुम्बिनीमा सोमबार देखी पन्छी महोत्सव सुरु भएको छ । बुद्ध जन्मस्थलमा आउने पाहुना चराहरुको स्वागत गर्ने उद्धेश्यले  लुम्बिनीमा सोमबार देखी लुम्बिनी बिकाष कोषले पन्छी महोत्सब शुरु भएको कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले बताए । शान्तीका लागि सारस संरक्षण’ भन्ने नारा सहित लुम्बिनी बिकास कोषले पहिलोपटक महोत्सबको आयोजना गरेको हो । महोत्सवका अवसरमा बिभिन्न प्रजातीका चराहरुको चित्र बनाएर लुम्बिनी स्थित बेबी बुद्ध देखी शान्ती स्तुपा सम्म राखीएका छन् । यो केही दिन चल्लने लुम्बिनी बिकास कोषले जनाएको छ ।
सारसलाई नगर पन्क्षी घोषणा
महोत्सबमा भगवान बुद्धको जीवनसंग जोडिएको लोपोन्मुख सारसलाई नगर पन्क्षी घोषणा गरीएको छ । महोत्सबका अबसरमा आयोजित कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले सारसलाइ नगरपन्छी घोषणा गरे ।सारस संरक्षणका लागि कार्यरत संस्था क्रेन फाउण्डेशन अमेरीकाका अध्यक्ष जर्ज आरचीबोल्डले लुम्बिनी सारसको लागि उत्तम बासस्थान भएकाले बासस्थानको संरक्षण जरुरी भएको बताए । लुम्बिनीलाइ बुद्धको जन्मस्थान मात्र नभइ दुर्लभ चराहरुको बासस्थान भनेर चिनाउन सकिने उनले बताए । 
जैबिक बिबिधता जोगाउन महोत्सब आयोजना
कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्तले शान्ती र प्रेमको प्रतिक सारस नेपालमै सबैभन्दा धेरै लुम्बिनीमा पाइने बताए । यसको बासस्थान जोगाउन सबैले हातेमालो गर्न जरुरी रहेको बताए । लुम्बिनी चराहरुको लागि उत्तम बासस्थान भनेर सुचिकृत भएकाले जैबिक बिबिधता जोगाउन महोत्सब आयोजना गरेको उनले बताए । प्रदेश ५का सांसद फकरुद्धिन खानले पर्याबरण मानिसको जिवनसंग जोडिएको बिषय भएकाले यसको दिगोबिकास र संरक्षण जरुरी रहेको बताए ।
पहिलो दिन चित्रकला प्रतियोगीता । 
ंमहोत्सब अन्तर्गत सोमबार चित्रकला प्रतियोगीता सम्पन्न भएको छ । २० बिद्यालयका ३५ जना बिद्यार्थि सहभागि प्रतियोगीतामा मेत्ता गुरुकुलका सुनिल हरीजन प्रथम, मधुवनी माबिका राकेश कुमार रायदास द्धितिय र मेत्ता गुरुकुलका शिब सागर कोहार तृतीय भएका छन् ।  महोत्सबमा सारस संरक्षणमा योगदान पुरयाउने ३ जना स्थानीयलाइ सम्मान गरीएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका लम्किहवाका रामबकस लोध, विजयलक्ष्मी मिश्रा र महिलवारकी शोभावती पाललाइ सम्मान गरीएको हो ।
लुम्बिनीमा २ सय २२ प्रजातीका चरा ।
लुम्बिनीमा कोइली, भद्राई, कालो चिबे, मधुमक्षी, बिभिन्न प्रजातिका बकुल्ला, सारस, भुडिफोर, घोगीफोर, लोभिपापी भुडिफोर, कालोगण्ड, हरीहाँस, बिजुलगैरे , सानो जलेवा, सावरी , कुर्मा ,लालसर, बगाले सिं कुखुरा, लामोऔले ,मरुल, जलअप्सरा, छुटिट्याउ, टमटमे, आँसीठुडे, पानीचाहा ,रातोमुनीया, छिर्केमुनीया, सुनचरी, काजले सुनचरी, माटोकोरे, काफलपाक्यो, कोकले,  साइबेरीयन रुबि ,रानीचरी, लगायतका  २ सय २२ प्रजातिका चराहरु पाइन्छन्

 

प्रतिकृया दिनुहोस

दाङमा आगलागीमा परी एकै घरका तीनको मृत्यु

२८ मङ्सिर,लमही । दाङमा आगलागीमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा आगलागी हुँदा बङ्गलाचुली गाउँपालिका–८ गुराँसे निवासी नवराज

बुटवलमा पहिलो पटक मुख्यमन्त्री कप व्याडमिन्टन प्रतियोगिता हुँदै

बुटवलमा पहिलो पटक प्रदेश स्तरीय मुख्यमन्त्री कप व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल व्याडमिन्टन क्लवको आयोजनामा आगामी पुसको १ गतेदेखि तीन

नेपालीकांग्रेस महासमिति भेलाआजदेखि काठमाडौंमा सुरु हुने ।।

नेपालीकांग्रेस महासमिति भेलाआजदेखि काठमाडौंमा सुरु हुने भएको छ । प्रक्रियागतहिसाबले आज सुरु भएपनिउद्घाटन भने भोलिहुनेछ । महासमिति बैठकमा