तिलोत्तमा मेलामा कृषि बहस,प्रदेश ५ मा कृषिका सम्भावनै सम्भावना

प्रदेश नम्बर पाँचमा कृषिको प्रचुर सम्भावना हुँदापनि राज्यले चासो नराख्दा चुनौति थपिएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । 
रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा संचालित तिलोत्तमा औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवमा आइतबार आयोजित कृषि सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रममा सहभागि बक्ताहरुले सरकारले आवस्यक सहयोग गर्न सके पाँच नम्बर प्रदेशमा कृषिका थुप्रै सम्भावनाहरु रहेको बताएका हुन् । महोत्सव मुल आयोजक समिति संयोजक सत्यब्रत ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम बारे प्रकाश पार्दै मेला आयोजक संस्था उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले कृषिमा आधुनिकीकरण ल्याउनको लागि राज्य स्तरबाट नै पहल गर्नुपर्ने बताए । उनले नीजी संस्थाहरुले आयोजना गरेका मेला महोत्सवमा आयोजकले स्टल उपलब्ध गराउँदापनि कृषि सम्बन्धि कार्यालय वा मन्त्रालयबाट विभिन्न कृषिका वस्तुहरुको प्रचार प्रसार र प्रबद्र्धन गर्न नसकेको धारणा राखे । कार्यक्रममा कृषि विकास निर्देशनालयका बरिष्ठ वागवानी विकास अधिकृत दिपक भट्टराईले प्रदेश नं ५ मा कृषि बर्तमान स्थिती, रणनीतिहरु, सम्भावना र चुनौतीहरुको बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्र प्रस्तुत गर्दै उनले ४०४५४१ हेक्टर खेतीयोग्य जमिन भएको यस प्रदेशमा कुल कृषि उत्पादनको १८. ४ प्रतिशत, कुल माछा उत्पादनको २४. २ प्रतिशत, धान र तेलहन उत्पादनमा पहिलो, आलु र मकै उत्पादनमा चौथो, भैसी संख्यामा पहिलो र गाईमा तेस्रो रहेको बताएका छन् ।
कृषिको विकासमा सरकारले विभिन्न रणनीति तयार पारेको बताउँदै उनले एक गाँउ एक उत्पादन, एक पालिका एक शीतभण्डार,  माहामारी नियन्त्रणको पुर्वतयारी, नविन प्रविधि विकास र प्रसारण, युवा कृषक ः तरकारी खेती, मौरीपालन, मत्स्यपालन, पुष्प व्यवसाय तथा च्याउ खेती, कफि, अदुवा, बेसार लगायतका नि¥यातजन्य कृषि उपजहरुमा प्राविधिक र वित्तिय सहयोग, कृषि सूचना अनुसन्धान केन्द्र स्थापना, पालिकावा वा सिंगो जिल्लालाई अर्गानिक क्षेत्र घोषणा, “एक गाउँ एक पोखरी“ निर्माणमा स्थानीय सरकारसंग सहकार्य, हलिया, हरुवा, चरुवा तथा मुक्त कमैया लक्षित शीप विकास तालिम लगायतका कार्यक्रमहरु सरकारले अघि सारेको बताए । साथै उनले युवाहरुको पलायन, भू खण्डीकरण, जलवायु परिवर्तन, उर्वराशक्तीमा ह्रास, अनुदानको सदुपयोग नहुनु, करार खेतीको प्रभावकारिता, मल, सिंचाई, बजारीकरण व्यवस्थापन आदी कारण कृषिको विकासका चुनौतिको रुपमा देखा परेको बताएका छन् । 

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि तथा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले तिलोत्तमा नगरपालिकामा ७० प्रतिशत खेतियोग्य जमिन रहेको बताउँदै उक्त जमिनको सदुपयोग गर्ने नीति सहित नगरपालिकाले कृषिलाई प्रमुख प्राथमिकतामा राखेको बताए । १२ महिना दुख गर्ने भन्दा देखाउनको लागि फर्म खोलेर राज्यबाट अनुदान लिइ अन्य क्षेत्रमा लगानी दुरुपयोग गर्नेहरुले गर्दा वास्तविक किसान पिडामा परेको बताउँदै उनले अब त्यस्ता खालका दुरुपयोगको अन्त्य तिलोत्तमाबाट सुरुवात गरीने बताए । उनले कृषिमा सम्भावनै सम्भावना भएको तिनपामा वडा नं १३ लाई माछाको पकेट क्षेत्र र १४ लाई तरकारीको पकेट क्षेत्र घोषणा गरि काम सुरवात गरिसकेको बताउँदै वडा नं. १७ मा कृषि उपज संकलन तथा प्रसोधन केन्द्र स्थापना गर्नको लागि ६ विगाहा जग्गा तयार पारिकसिएको बताए । 
तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेलले प्रदेश नम्बर पांचमा रहेको खेतियोग्य जमिन व्यवस्थापन गरी कृषकहरुलाई आवस्यक पर्ने विउ, मलखाद र सिचाइको व्यवस्थापन गर्नसके कृषिका थुप्रै सम्भावनाहरु रहेको बताउँदै तिलोत्तमा महोत्सवले कृषिलाई प्राथमिकतामा राखेको बताए । 
महोत्सवका सल्लाहकार चोपलाल आचार्यले कृषिमा थुप्रै सम्भावनाहरु हुँदाहुँदैपनि राज्यले व्यवस्थापन गर्न नसक्दा चुनौति बढी देखिएको बताए । खुल्ला सीमानाका कारण नेपाली किसानले भारतीयसंग प्रतिस्पर्धा गर्न नसकेको बताउँदै सल्लाहकार आचार्यले भारत सरकारले किसानका लागि आवस्यक पर्ने विउ, मल, सिचाई तथा उत्पादित वस्तुको बजारीकरणमा समेत सहयोग गर्ने तर नेपालमा त्यस्तो खालको सुविधा नहुँदा यहाँका किसानलाई उनीहरुसंग प्रतिस्पर्धा गर्न समस्या परेको बताए । 
कार्यक्रममा मत्य व्यवसायी लक्ष्मण भण्डारीले प्रधानमन्त्री कृषि आधुनिकीकरणको काम राजनीति गर्ने मात्र भएको आरोप लगाएका थिए । आफुहरुले अनुदानको आस नगरी आवस्यक पर्ने जतिपनि लगानी गर्न तयार रहेपनि सरकारले प्राबिधिक कुराहरुमा मात्रपनि सहयोग नगरेको गुनासो गरे । 
कार्यक्रममा नेकपाका नेता लक्ष्मण खनाल, महोत्सव प्रचारप्रसार संयोजक हरि प्रसाद उपाध्याय, संघसंस्था व्यवस्थापन संयोजक जीवन भण्डारी, पशुपालक व्यवसायी सन्जु थापा, महोत्सवका सल्लाहकार गणेश पाठक लगायतले बोल्दै कृषकबाट उत्पादित वस्तुको मुल्य निर्धारण कृषकले नै गर्ने व्यवस्था गर्न माग राखेका थिए । 
महोत्सव सचिवालय संयोजक अनिल ज्ञवालीको संचालन तथा कृषि संयोजक कृष्ण प्रसाद भुसालको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो । 


 

प्रतिकृया दिनुहोस

ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा महोत्सव

भैरहवा फागुन ३,   रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा ओमसतिया कला, संस्कृति, खेलकुद तथा कृषि प्रबर्धन महोत्सव–२०७५ शुरु भएको छ

लुम्बिनी बोर्डिङमा खेल महोत्सव सम्पन्न 

  फागुन , ३  बुटवल ३ सहस्रपथमा रहेको लुम्बिनी बोर्डिङ स्कुलको खेल महोत्सव २०७५ सम्पन्न भएको छ । विद्यालयले २५ बर्ष पार गरेको रजत महोत्सवका अवसरमा

अनटिएफ अवार्डको तयारी पुरा

बुटवल, १ फागुन     युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो फेडेरेशन (अनटिएफ)ले अनटिएफ अवार्ड वितरण कार्यक्रमको तयारी पुरा भएको छ ।   अवार्ड