सिद्धार्थ राजमार्ग तीन दिनसम्म १०–४ बन्द 


सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल सडक खण्डमा स्तरोन्नतिको काम गर्न भन्दै डिभिजन सडक कार्यालयले तीन दिनसम्म सवारी सञ्चालनमा रोक लगाएको छ । बुटवल–तानसेन सडक अन्तर्गत चिडियाखोलादेखि भुतखोला सडकखण्डको सडकको छेउछाउमा रहेका ठूला ढुंगा फुटाई हटाउनु पर्ने भएकाले सोमबार बिहान १० बजेदेखि ४ बजेसम्म  सडक बन्द गरेको सडक डिभिजनले जनाएको छ । 

  यस क्षेत्रका पहिरो हटाउनु पर्ने तथा सडक मर्मत सम्भार गनुपर्ने हुँदा मंसिर १७ गतेदेखि १९ गतेसम्म बिहान १० बजेदेखि ४ बजेसम्म केराबारीदेखि चिडियाखोलासम्म अत्यावश्यकीय सवारी मात्र चल्न दिने जनाइएको छ । यी बाहेक अन्य सवारी साधन पुर्ण रुपमा बन्द हुने भएको डिभिजन सडक कार्यालयका इन्जिनियर पवित्रमणी आचार्यले जनाएका छन् । यसअघि पनि भुतखोलामा गएको पहिरोमा मर्मतका लागि केहीसमय यसैगरी सवारी सञ्चालन भएका थिए । तर यसरी सवारी सञ्चालन हुँदा यात्रु भने विचल्लीमा पर्ने गरेका छन् । 

    डिभिजन सडक कार्यालयले बाटो बन्द गरेरै मर्मत गर्ने बताएपछि यात्रुहरूको बिचल्ली हुने भएको छ । सधैं धुलो र पहिरोको सास्ति खेप्दै आएका यात्रुहरूले बिना कारण बन्दको मार खेप्न बाध्य हुने गुनासो गरेका हुन् । गुल्मीबाट बुटवल जाँदै गरेका यात्रु कमल पन्थले यसरी विनाकारण पैसा खर्च गर्ने सरकारी निकायले बाटो बन्द गरेर विकास गर्नुको अर्थ नरहेको बताए । उनले सरकारी रकम बालुवामा पानी हालेजस्तै भएको बताए । 
हरेक वर्ष असार लागेपछि बन्द हुने सडकका विषयमा जिल्लाका नेताले भने समस्या समाधानका लागि चुनावी नारामात्र बनाउने गरेका छन् । वर्षायाममा सडक अवलोकनमा आएका विभागीय मन्त्री रघुविर महासेठले तीन महिनामा परिवर्तन देख्न सक्ने प्रतिक्रिया दिएका थिए । ६ महिना बित्दा पनि केही काम अघि बढेको छैन । कसरी जाने र कुन तरिका अपनाउने भन्नेसमेत अहिलेसम्म टुंगो लाग्न सकेको छैन । सिद्धबाबा क्षेत्रमा कालोपत्रे कतै छैन । रकनेट, सुरुङ्गमार्ग, मिनि टनेल लगायत विभिन्न योजना अघि बढेपनि सरकारले ठोस निष्कर्ष निकालेर अघि बढेको छैन । यात्रुले भने सधै बाटोमा सास्ती खेप्नु परेको छ । 
वर्षायाममा जोखिम, हिलो र हिउ“दमा धूलोधूवा“ले सास्ती खेप्नु परेको मोटरसाइकल चालक विक्रम रानाले बताए । बाटो बन्द गरेर मर्मत गर्ने वाहाना सरकारी निकायले बनाएको आरोप लगाएका छन् । सडकमा यात्रा गर्ने यात्रुहरूले पाल्पा र बुटवलका जनप्रतिनिधि तथा सांसदहरूले सिद्दबाबा सडकलाई मागी खाने भाँडो बनाएको आरोप लगाउने गरेका छन् । यहाँबाट चुनाव जित्नेहरूले कहिले रक नेट, कहिले पहाडै कटिङ त कहिले सुरूङमार्गको नारा लगाउने गरेको यात्रुहरुको गुनासो छ । 
 

प्रतिकृया दिनुहोस

दाङमा आगलागीमा परी एकै घरका तीनको मृत्यु

२८ मङ्सिर,काठमाडौँ । नेपाल इञ्जिनियर्स एशोसिएशनको ३२औँ कार्यकारिणी समिति र प्रादेशिक संरचनाका सातैवटा प्रदेश कार्यकारिणी समितिका लागि निर्वाचन

बुटवलमा पहिलो पटक मुख्यमन्त्री कप व्याडमिन्टन प्रतियोगिता हुँदै

बुटवलमा पहिलो पटक प्रदेश स्तरीय मुख्यमन्त्री कप व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल व्याडमिन्टन क्लवको आयोजनामा आगामी पुसको १ गतेदेखि तीन

नेपालीकांग्रेस महासमिति भेलाआजदेखि काठमाडौंमा सुरु हुने ।।

नेपालीकांग्रेस महासमिति भेलाआजदेखि काठमाडौंमा सुरु हुने भएको छ । प्रक्रियागतहिसाबले आज सुरु भएपनिउद्घाटन भने भोलिहुनेछ । महासमिति बैठकमा