सन्दीप लामिछाने कलेज भर्ना, क्रिकेटसँगै पढाई पनि अघि बढाउने दावी

 

 

 

 

 

१८ मंसिर, काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चित बनेका युवा क्रिकेटर सन्दीप लामिछाने कलेज भर्ना भएका छन् । उनले बौद्धस्थित जेभियर इन्टरनेसनल कलेजमा मंगलबार बिहान आफैं पुगेर भर्ना फारम भरेका थिए ।

 

कलेजका अनुसार सन्दीप मानविकी संकाय अन्तरगत बीएसडब्लु ९ब्याचलर इन सोसल वर्क०मा भर्ना भएका हुन् । उनलाई तीन वर्षे कोर्सका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिएको कलेजका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले बताए । सन्दीप जेभियर इन्टरनेसनल स्कुल र कलेजका ब्रान्ड एम्बासडर पनि हुन् ।

 

सो कलेजले गरीब, विपन्न वर्गका विद्यार्थीलाई २० प्रतिशत छात्रवृत्ति दिने गरेको छ । सन्दीपले खेल क्षेत्रमार्फत देशको इज्जत बढाएकाले उनलाई सम्मानस्वरुप पूर्ण छात्रवृत्ति प्रदान गरिएको भण्डारीको भनाइ छ ।

 

सन्दीपले क्रिकेटसँगै पढाईलाई पनि अगाडि बढाउने अनलाइनखबरसँग बताए । क्रिकेटबाट खाली रहेको बेलामा कलेज पढ्न पनि जाने उनको भनाई छ ।

‘पहिलो प्राथमिकता त क्रिकेट नै हो, तर क्रिकेट नभएकाले बेला चाहिँ पढाईलाई समय दिने विचारमा छु,’ उनले भने ।

 

सन्दीपले म्यानेजमेन्ट विषय लिएर प्लस टु पढे पनि उतीर्ण भएका थिएनन् । कलेजमा उनले एउटा भारतीय कलेजबाट प्लस टु पास गरेको सर्टिफिकेट पेश गरेका छन् । सो कलेजको नाम उनले खुलाउन चाहेनन् ।

 

प्रतिकृया दिनुहोस

ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा महोत्सव

भैरहवा फागुन ३,   रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा ओमसतिया कला, संस्कृति, खेलकुद तथा कृषि प्रबर्धन महोत्सव–२०७५ शुरु भएको छ

लुम्बिनी बोर्डिङमा खेल महोत्सव सम्पन्न 

  फागुन , ३  बुटवल ३ सहस्रपथमा रहेको लुम्बिनी बोर्डिङ स्कुलको खेल महोत्सव २०७५ सम्पन्न भएको छ । विद्यालयले २५ बर्ष पार गरेको रजत महोत्सवका अवसरमा

अनटिएफ अवार्डको तयारी पुरा

बुटवल, १ फागुन     युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो फेडेरेशन (अनटिएफ)ले अनटिएफ अवार्ड वितरण कार्यक्रमको तयारी पुरा भएको छ ।   अवार्ड