लैङ्गिक शिक्षा आजको आवश्यकता : प्रदेश नम्बर ५ उपसभामुख थारु

 

 

प्रदेश नम्बर ५ की उपसभामुख कृण्णी कुमारी थारुले लैङ्गिक शिक्षा आजको आवश्यकता भएको बताएकी छन् ।

उनले अब देश नया ढंगले अगाडी बढ्ने बताउदै हाम्रो देशमा भएका निति निर्माणलाई ब्यबहारमा लागु गर्नु पर्ने बेला आएको बताएकी हुन । बुधबार लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत रहेर बुटवलमा आयोजना गरिएको लैङ्गिक हिंसा बिरुद्ध अन्र्तक्रिया कार्यक्रममा बोल्दै  उप  सभामुख थारुले समाज महिला र पुरुषले नै बनेको बताउदै बिभेद ,हिंसा भन्ने यी जति पनि अन्याय छन ती हामी बिच बाटै भएको बताइन ।

 

महिलाहरु आज पनि बिना पारिश्रमिक घरको काम गरिरहेको बताउदै थारुले अधिकारका लागी महिला र पुरुष एक हुनु पर्नेमा जोड दिइन ।महिलाको भुमिका शशक्तm हुन सक्यो भने समाजमा खुलेर आफु अन्यायमा परेको बताउन सक्ने हुदा शिक्षा महिलालाई मात्रै होइन पुरुषलाई पनि आवश्यक रहेको थारुको भनाई थियो ।

 

उनले हाम्रा सास्कृतिक मुल्य र मान्यताले गर्दा पनि समाजमा हिंसाले प्रसय पाइरहेको बताइन् । कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यलय बुटवलका प्रहरी नायब उपरिक्षक डिलबहादुर मल्लले प्रहरी पनि यो देशको नागरिक भएकाले प्रहरीबाट भएका हिंसा घटनाप्रति पनि खबरदारी गर्न आगह गरे । उनले प्रहरीबाट हिंसा भएको छ भने उ पनि सजायको भागीदार हुने बताए ।

 

 

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ का अध्यक्ष पवन कुमार भट्ट ,गैर सरकारी संस्था महासंघका केन्द्रिय उपाध्यक्ष सुमित्रा शर्मा ,मानव अधिकार तथा शान्ती समाजमा रुपन्देही जिल्ला अध्यक्ष डी । पी खनाल , पश्चिम नेपाल बस ब्यबसायी संघका कार्यबहाक अध्यक्ष नारायण घिमिरे ,बुटवल उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष हरि प्रसाद अर्याल, निल हिरा समाजका अध्यक्ष आनिक राना ,राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश ५ का सदस्य साबित्रा घिमिरे ,पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरु गौतम, क्रियाशिल महिला पत्रकार समुह रुपन्देहीका अध्यक्ष भगबती पाण्डे , इन्सेक प्रतिनिधि रिमा बि ।सी, पत्रकार , सेलर्ड रुपन्देहीका कार्यक्रम संयोजक राधा भट्टराई , पुजा पन्थी लगायतले बोल्दै यस्ता अभियाहरु संञ्चालन भइरहदा हिंसाका गतिबिधिमा के फरकपन आयो त भनी समिक्षा गर्नुपर्ने बेला आएको बताएका थिए । 

 

यस्ता अभियानहरु शहर केन्द्रित नभएर गाउमुखी हुनुपर्ने र बास्तबिक पिडित सम्म सचेतनाका कार्यक्रमहरु पुग्नुपर्नेमा उनीहरुले जोड दिए । महिला तथा बाल अधिकार जिल्ला संजाल रुपन्देहीको आयोजना,जिल्ला प्रशासन कार्यलय रुपन्देहीको समन्वयमा भएको कार्यक्रम संजालका अध्यक्ष समिता मल्लको अध्यक्षता, माइती नेपाल रुपन्देहीका प्रमुख माया क्षैत्रीको स्वागत, प्रदेश ५का उपसभामुख कण्ृणी कुमारी थारुको प्रमुख आतिथ्यता र संजालका सदस्य तथा रेडियो मुतmीका स्टेशन म्यानेजर कल्पना तिवारीको सञ्चालनमा सम्पन्न भएको थियो । 

 

कार्यक्रममा यस क्षेत्रमा रहेर महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने बिभिन्न संघ सस्थाहरु रेडियो मुतmी बुटवल,ए बि सी नेपाल भैरहवा, रुपन्देही एफ एम,माइती नेपाल रुपन्देही, कानुन अन्वेषण तथा सा्रेत बिकास ,कदम नेपाल, इन्सेक रुपन्देही, नमुना एकिकृत बिकास परिषद भैरहवा,सिद्धार्थ सामुदायिक समाज रुपन्देही, के आइ नेपाल, सुनगाभा सामुदायिक बिकासकेन्द्र ,थ्रि एन्जल भैरहवा, सेतो गुरासं बालबिकास सेवा रुपन्देही , सानाहातहरु न्ोपाल,स्वतन्त्र बिकास समाज नेपालक संयुतm आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो। 

 

प्रतिकृया दिनुहोस

दाङमा आगलागीमा परी एकै घरका तीनको मृत्यु

२८ मङ्सिर,काठमाडौँ । नेपाल इञ्जिनियर्स एशोसिएशनको ३२औँ कार्यकारिणी समिति र प्रादेशिक संरचनाका सातैवटा प्रदेश कार्यकारिणी समितिका लागि निर्वाचन

बुटवलमा पहिलो पटक मुख्यमन्त्री कप व्याडमिन्टन प्रतियोगिता हुँदै

बुटवलमा पहिलो पटक प्रदेश स्तरीय मुख्यमन्त्री कप व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल व्याडमिन्टन क्लवको आयोजनामा आगामी पुसको १ गतेदेखि तीन

नेपालीकांग्रेस महासमिति भेलाआजदेखि काठमाडौंमा सुरु हुने ।।

नेपालीकांग्रेस महासमिति भेलाआजदेखि काठमाडौंमा सुरु हुने भएको छ । प्रक्रियागतहिसाबले आज सुरु भएपनिउद्घाटन भने भोलिहुनेछ । महासमिति बैठकमा