लुम्बिनीमा अन्तराष्ट्र्रिय जलरङ्ग महोत्सव सम्पन्न ।

 

भैरहवा मंसिर २०,

                  लुम्बिनीमा अन्तराष्ट्र्रिय जलरंग महोत्सव बिहिबार सम्पन्न भएको छ । बिभिन्न देशका करिब ४० चित्रकारको सहभागितामा लुम्बिनीमा जलरंग महोत्सव आयोजना भएको थियो । महोत्सवमा उत्कृष्ट १० पेन्टीड.लाई पुरस्कृत गरीने समाजका अध्यक्ष एन बि गुरुड.ले बताए । मायादेबी मन्दीर परिषरमा बसेर कोरिएका चित्रहरुहरु बिबिध पक्षलाई हेरेर हामीले पुरस्कृत गरेका छौ गुरुड.ले भने । उत्कृष्ठ चित्र कोर्नेमा नेपाली र बिदेशी बराबरी छन् ।

 

 

अन्तराष्ट्र्रिय जलरङ्ग समाजको आयोजनामा दोस्रो अन्तराष्ट्रिय जलरङ्ग महोत्सव काठमाडौंमा मंसिर १७ देखी शुरु भएको थियो  । मंसिर २३ गते सकिने महोत्सव पहिलो पटक लुम्बिनीमा बिहिबार आयोजना गरिएको हो । 
काठमाडौ र लुम्बिनीमा बनाइएका चित्र काठमाडौमा प्रर्दशन गरिने छ । नेपालमा पहिलो अन्तराष्ट्रिय जलरंग महोत्सव तीन वर्षअघि कास्कीको पर्यटकीय गाउ घान्द्रुकमा भएको थियो । त्यस बेला ३९ मुलुकका चित्रकार सहभागी थिए ।    

 

लुम्बिनीमा रहेको पुरातात्वीक महत्वका बिषयबस्तुहरुलाई प्रचार प्रसार गरि अन्तराष्ट्र्रिय जगतमा पहिचान गराउने उदेश्य सहित लुम्बिनीमा जलरंग महोत्सव गरेको जानकारी समाजका अध्यक्ष एन बि गुरुङ्गले दिए । बुधवार दिनभर लुम्बिनीको साईड सिन हेरेको टोलीले बिहीबार लुम्बिनीका महत्वपुर्ण पुरातात्वीक क्षेत्रहरुको पेन्टीङ्ग गरेको थियो । त्यसमा उत्कृठ दश फोटोहरुलाई पुरस्कृत गरी पछि प्रर्दशनीमा राखीने छ । जलरङ्ग एक पेन्टीङ्गको प्रकारनै हो । वाल पेन्टीङ्ग, ओएलपेन्टीङ्ग जस्तै पानीको रङ्ग प्रयोग गरी बनाईने चित्रकलानै जलरङ्ग हो । 

 

 

लुम्बिनी र काठमाण्डौमा आयोजना भएको जलरङ्ग महोत्सवमा अमेरीका, चाईना, मंगोलीया, न्युजिल्याण्ड, बंगलादेश, भारत, बेलायत र नेपालका २ सय ६५ चित्रकारको सहभागिता यसपटकको जलरंग महोत्सवमा रहेको छ । लुम्बिनीमा गरिएको जलरङ्ग महोत्सवमा करिब २५ लाख खर्च भएको आयोजकले अनुमान गरेका छन् । लुम्बिनी बिकास कोष , पर्यटन बोर्ड, बिभिन्न संघसंस्थाहरुको सहयोगमा कार्यक्रम आयोजना भएको थियो ।

प्रतिकृया दिनुहोस

दाङमा आगलागीमा परी एकै घरका तीनको मृत्यु

२८ मङ्सिर,काठमाडौँ । नेपाल इञ्जिनियर्स एशोसिएशनको ३२औँ कार्यकारिणी समिति र प्रादेशिक संरचनाका सातैवटा प्रदेश कार्यकारिणी समितिका लागि निर्वाचन

बुटवलमा पहिलो पटक मुख्यमन्त्री कप व्याडमिन्टन प्रतियोगिता हुँदै

बुटवलमा पहिलो पटक प्रदेश स्तरीय मुख्यमन्त्री कप व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल व्याडमिन्टन क्लवको आयोजनामा आगामी पुसको १ गतेदेखि तीन

नेपालीकांग्रेस महासमिति भेलाआजदेखि काठमाडौंमा सुरु हुने ।।

नेपालीकांग्रेस महासमिति भेलाआजदेखि काठमाडौंमा सुरु हुने भएको छ । प्रक्रियागतहिसाबले आज सुरु भएपनिउद्घाटन भने भोलिहुनेछ । महासमिति बैठकमा