केआइ नेपालले दियो लैङ्गिक हिंसा विरुद्धको दिवसमा सीपमुलक तालिम

 
कल्पना तिवारी,
बुटवल,२१ मंसीर
      लैङ्गिक हिंसा र दुव्र्यवाहर ःछैन हामीलाई स्विकार भन्ने नारासंगै मनाईएको १६ दिने लैङ्गिक हिंसा विरुद्धको दिवसको अवसर पारेर केआई नेपाल रुपन्देहीले महिलाहरुलाई ५ दिने सिपमुलक ढाकाको व्याग वनाउने तालिम प्रदान गरेको छ ।  फुलवारी नारी जागरण समुहका १२ जना सदस्यहरुको सहभागिता रहेको तालिममा प्रशिक्षक कल्पना चौधरीले सहजिकरण गर्नुभएको थियो । २०७५ मंसीर १७ गतेदेखि सुरु भएको तालिम आज मंसीर २१ गते एक कार्यक्रमका विच समापन गरिएको हो ।

 

समापन कार्यक्रमका प्रमुख अतिथि बुटवल उप–महानगरपालिका वडा नम्बर २ का वार्ड सदस्य खगीसरा गुरुङ्गले तालिममा सीकेको सीपलाई व्यवसायिक बनाउन अनुरोध गर्दै अवका दिनमा आवश्यक तालिम र बजार व्यवस्थापनलाई व्यवस्थित बनाउन वडा कार्यलयले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

केआई नेपालका रुपन्देही संयोजक उषा गुरुङ्गले महिलाहरुलाई सिप सिकाएर व्यवसायिक बनाई आत्मनिर्भर बनाउन सके हिंसा स्वतह रोकीने बताउदै फुलबारी नारी जागरण समुह स्थापना गरि विभिन्न तालिम प्रदान गर्दै आएको बताउनु भयो । २५ जना सदस्यबाट सुरु गरिएको उक्त समुहमा हाल १५० जना महिलाह सद स्य रहेको बताउदै फुलबारी चेली कृषि सहकारीको नामममा दर्ता गर्ने कार्य अगाडि बढाइएको संयोजक गुरुङ्गले बताउनु भयो ।

 

केआइ नेपाल रुपन्देहीको आयोजना,फुलबारी नारी जागरण समुहको व्यवस्थानमा संञ्चालित सीपमुलक तालिम कार्यक्रको समापन कायक्रम फुलबारी नारी जागरण समुहका अध्यक्ष तीलका काफ्लेको अध्यक्षता, उपाध्यक्ष देवी जोशीको स्वागत तथा सचिव खीमा थापाको संञ्चालनमा सम्पन्न भएको थियो । 

 

प्रतिकृया दिनुहोस

नेपाली काँग्रेसको खवरदारी सभा ‘स्थायी राजधानी बुटवल नतोके सरकारलाई अभिसाफ’

  बुटवल, ३ माघ । प्रदेश पाँचको स्थायी राजधानी बुटवलमा तोक्न नेपाली काँग्रेसका ६ जिल्लाका नेताहरुले जोड दिएका छन् । नेपाली काँग्रेस रुपन्देहीले

थारु वगिया रुपन्देहीले माघी महोत्सवको आयोजना गर्ने

किस्मत चौधरी  माघ ३  थारु वगिया रुपन्देहीले यही माघ ५ गते तिलोतमा नगरपालीका मणिग्रामको शान्ती नमुना उच्च मावीमा माघी महोत्सवको आयोजना गर्ने भएको

बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक नारायणप्रसाद पन्थलाई विद्यावारिधिको उपाधि

बुटवल । बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा अभ्यास शिक्षण विभागका प्रमुख नारायणप्रसाद पन्थले विद्या वारिधि उपाधि प्राप्त गर्नु भएको छ