सीमा समस्या स्थानीय स्तरमा सुल्झाउनु उचीत ः पुर्व उपराष्ट्रपति झा

पुर्व उपराष्ट्रपति परमान्द झा ले दुइ देशीय सीमामा भईरहने समस्या स्थानीय स्तरको समझदारीमा सुल्झाएमा प्रभावकारी हुने बताएका छन् ।

नेपाल भारत मैत्री समाज भैरहवाले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै पुर्व उपराष्ट्रपति झाले भने ‘राजनीतिक र अन्य समस्या केन्द्रीय तहबाट समाधान हुन्छ । तर वारीपारीका साना तीना समस्या सीमा वारीपारीका संघसंगठनको सम्बाद र छलफलबाट समाधान गर्नु प्रभावकारी हुन्छ । ’

झाले बेलहिया भैरहवामा रहेको नेपाल भारत मैत्री समाजले धेरै नै राम्रा र महत्वपुर्ण कार्य गरेको भन्दैं प्रशंसा समेत गरेका थिए ।

कार्यक्रममा नेपाल भारत मैत्री समाजका केन्द्रिय अध्यक्ष प्रेम लस्करीले सीमा क्षेत्रमा भारतीय पक्षले नेपाली पक्षमाथी कहिलेकाहि अफ्ठयारो पार्नेगरी व्यवहार गर्ने गरेको उल्लेख गर्दै त्यसलाई न्यूनिकरण गर्न नेपाल स्थित भारतीय राजदूताबासलाई दबाब दिने बताए ।

उनले भने ‘सीमा क्षेत्रमा ओहोरदोहर गर्ने नेपाली वा भारतीय दुबैलाई दुबै पक्षबाट कहिलेकाहि समस्या हुने गरेको छ । हामी भारतीय पक्षको ध्यानकर्षण गराउदैं दूताबासलाई तत्काल दबाब दिनेछौं । ’

उक्त अवसरमा नेपाल सरकारका पुर्व मन्त्री ओमप्रकाश यादव गुलजारीले भारत जादां नेपालीले समस्या भोग्ने र नेपाल आउदा भारतीयले समस्या भोग्ने परम्परालाई निराकरण गर्न नेपाल भारत मैत्री समाजले विशेष पहल गर्नुपर्ने बताए ।

सो अवसरमा नेपाल भारत मैत्री समाज बेलहिया शाखाका अध्यक्ष डा. शान्त कुमार शर्मा, भैरहवा शाखाका अध्यक्ष राजेन्द्र गुप्ता लगायत रोटरी, लायन्स क्लब, भूपु सैनिक संगठन लगायत विभिन्न संघसंस्थाका प्रमुखहरुले भारत जादां भारतीय सुरक्षाकर्मिले दसगजामा नेपालीहरुमाथी चेंकजाचको नाममा दुव्र्यवहार गर्ने गरेको भन्दैं सो कार्य तत्काल रोक्ने गरी पहल गर्न आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस

पहिलो चरणको आन्दोलन अन्तर्गत ज्ञापन बुझाने कार्यक्रम सम्पन्न

भैरहवा,फागुन २ बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजदर घटाउन माग गर्दै आन्दोलित भैरहवाका उद्योगी व्यवसायीहरुल विहीबार पनि बैंक तथा वित्तीय

डिजेल र पेट्रोलको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । इन्डियन आयल कर्पोरेसन(आइओसी)बाट भाउ घटेर आएपछि पेट्रोल, डिजेल र मट्टीतेलमा

रोकिए बैंकहरु, व्याजदर नबढाउने ‘भद्र सहमति’

  २६ मंसिर, काठमाडौं ।  ब्याजदर बढाउने बैंकहरुको तयारी तत्कालका लागि रोकिने भएका छन् । वित्त बजारमा ‘आतंक’ फैलाउने गरी बैंकहरुले व्याज बढाउन