१० वर्षीया बालिका बलात्कार प्रकरणः पहिलाे पटक आजीवन थुनामा बलात्कारी

जिल्ला अदालतले एक बलात्कारीलाई आजीवन कैदको फैसाला सुनाएको छ । पोखरामा १० वर्षीयाबालिकालाई बलात्कार गर्ने २७ वर्षीय कुसुम पौडेललाई अदालतले आजीवन कैदको फैसाला सुनाएको हो ।

स्याङ्जा स्थायी घर भई पोखरामा बस्दै आएका पौडेल मंसिर १७ गते बालिका श्रेया सुनारको बलात्कारपछि हत्यामा दोषी ठहर भएका थिए । कास्की जिल्ला अदालतका श्रेस्तेदार जगन्नाथ पौडेलका अनुसार न्यायाधीश योगेन्द्रप्रसाद शाहको इजलासले बुधबार पौडेललाई जीवनभर थुनामा राख्न आदेश दिए । मुलुकी अपराधसंहिता २०७४ को दफा ४१ मा ६ प्रकारका कसूरमा कसुरदार आजीवन कैद सजाय गर्ने व्यवस्था  समाबेस गरिएकाे छ । जस मध्य बलात्कारपछि हत्याको कसूर पनि एक हाे । त्यसैअनुसार अदालतले पौडेललाई जिवित रहेसम्म थुनामा राख्ने  फैसला गरिएको हो ।

अदालतमा आजीवन कैदको माग गर्दै धेरै मुद्दाहरु दर्ता भएपनि यो भने पहिलो फैसला रहेको प्रवक्ता संजीवराज रेग्मीले बताए । पौडेलले श्रेयामाथि बलात्कार गर्न खाजेको र नमानेपछि हत्या गरेको स्वीकारेका थिए ।  बालिकाले प्रतिकार गरेपछि घाँटी थिचेकाे र बेहोस भएपछि ढुंगाले टाउकोमा हानेर हत्या गरेको बयान पौडेलले अदालतमा दिएका थिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम रिपोर्टअनुसार बालिकाको बलात्कार भएको र टाउकोमा गम्भीर चोट लागेर मृत्यु भएको प्रमाणित पनि भएकाे थियाे ।

 

प्रतिकृया दिनुहोस

नेपाली काँग्रेसको खवरदारी सभा ‘स्थायी राजधानी बुटवल नतोके सरकारलाई अभिसाफ’

  बुटवल, ३ माघ । प्रदेश पाँचको स्थायी राजधानी बुटवलमा तोक्न नेपाली काँग्रेसका ६ जिल्लाका नेताहरुले जोड दिएका छन् । नेपाली काँग्रेस रुपन्देहीले

थारु वगिया रुपन्देहीले माघी महोत्सवको आयोजना गर्ने

किस्मत चौधरी  माघ ३  थारु वगिया रुपन्देहीले यही माघ ५ गते तिलोतमा नगरपालीका मणिग्रामको शान्ती नमुना उच्च मावीमा माघी महोत्सवको आयोजना गर्ने भएको

बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक नारायणप्रसाद पन्थलाई विद्यावारिधिको उपाधि

बुटवल । बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा अभ्यास शिक्षण विभागका प्रमुख नारायणप्रसाद पन्थले विद्या वारिधि उपाधि प्राप्त गर्नु भएको छ