साँस्कृतिक नगरपालिकाले पूर्ण सरफाई कार्यन्वयन अभियान थालनी

 पूर्ब तयारी बिना हतारमा घोषडा गरिएको रुपन्देही जिल्ला पूर्ण सरसफाई फितलो कार्यन्यन पक्षलाई ब्यवहारमा ल्याउन लुम्बिनी साँस्कृतिक नगरपालिकाले पूर्ण सरफाई कार्यन्वयन अभियान थालनी गरेको छ ।

हामी सबैको रहर,पूर्ण सरसफाई उन्मुख गाँउ र शहर भन्ने मूल नाराका साथ यूनीसेफ दातृसंस्थाको सहयोगमा नगरपालिकाले बिभिन्न चरणमा ढाई बर्षका लागि समझौता पश्चात सो अभियान थालनी गरेको हो । अभियानलाई शुभारम्भ गर्दै लुम्बिनी साँस्ृकृतिक नगरपालिका प्रमुख मनमोहन चौधरीले बिश्वशान्तिको आस्थाकेन्द्र बुद्धजन्म स्थल लुम्बिनी प्रति संसारकै ध्यानाकृष्ट भएको बेला लुम्बिनी आगन्तुक पाहुनाहरुलाई स्वच्छ र सफा वातावरणमा भ्रमण अवललोकन तथा ध्यानका लागि नगर क्षेत्र भरि पूर्ण सरसफाई आभयान शुरु गरेको बताए ।

उनले नगरपालिकाले एक घर एक उद्यान नीति सार्बजनिक गरि गाँउघर र वातावरणलाई सफा सुग्घर बनाउन अठोट गरेको हुदा अभियानलाई सफल पुरयाउन नगरबासीलाई निर्देश समेत जारी गरे ।

मेयर चौधरीले लुम्बिनीलाई अगाडी बढाउन भारतको बौद्धगया ,नेपालको कुशमा नगरपालिका बीच भगिनी सम्बन्ध कायम गर्नुका साथै चीनको सीफु,लिसान नगरपालिका र स्पेनको मेड्रिड महानगर पालिका बीच सहसम्बन्ध कायम गरि एक आपसी सहकार्यमा सामाजिक ,साँस्कृतिक तथा आर्थिक सम्बृद्धिका उपाय आदानप्रदान भईरहेको जानकारी गराए ।
कार्यक्रममा युनीसेफ सहजकर्ता ओमप्रकाश बनियाले लुम्बिनीलाई बिश्वले स्वच्छ वातावरणमा आ आफना देशका नागरिकहरुलाई अवलोकन गराउन चोहको अवस्थामा संघीय सरकार ,प्रदेश सरकार र स्थानीय सरकार लगायत सरोकारवालाले बिशेष चासोका साथ अभियानलाई सफल बनाउन सहयोग गर्नुपर्ने आग्रह समेत गरे ।

प्रतिकृया दिनुहोस

नेपाली काँग्रेसको खवरदारी सभा ‘स्थायी राजधानी बुटवल नतोके सरकारलाई अभिसाफ’

  बुटवल, ३ माघ । प्रदेश पाँचको स्थायी राजधानी बुटवलमा तोक्न नेपाली काँग्रेसका ६ जिल्लाका नेताहरुले जोड दिएका छन् । नेपाली काँग्रेस रुपन्देहीले

थारु वगिया रुपन्देहीले माघी महोत्सवको आयोजना गर्ने

किस्मत चौधरी  माघ ३  थारु वगिया रुपन्देहीले यही माघ ५ गते तिलोतमा नगरपालीका मणिग्रामको शान्ती नमुना उच्च मावीमा माघी महोत्सवको आयोजना गर्ने भएको

बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक नारायणप्रसाद पन्थलाई विद्यावारिधिको उपाधि

बुटवल । बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा अभ्यास शिक्षण विभागका प्रमुख नारायणप्रसाद पन्थले विद्या वारिधि उपाधि प्राप्त गर्नु भएको छ