डिजेल र पेट्रोलको मूल्य घट्यो

  • काठमाडौं – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । इन्डियन आयल कर्पोरेसन(आइओसी)बाट भाउ घटेर आएपछि पेट्रोल, डिजेल र मट्टीतेलमा प्रति लिटर २ रुपैयाँ मूल्य घटाएको निगमले जनाएको छ ।

 स्वचालित मूल्य प्रणाली अनुसार समायोजन गरेपछि पेट्रोलको मूल्य लिटरको एक सय आठ रुपैयाँ र डिजेल तथा मट्टीतेलको ९५ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मूद्रा पनि केही बलियो भएको कारणले मूल्य घटाएको निगमले जनाएको छ । नयाँ मूल्य बुधबार राती १२बजेबाटै कार्यान्वयनमा आएको छ । निगमले पछिल्ला केही महिना निगमले १५–१५ दिनमा मूल्य समायोजन गर्दै आएको छ । आइओसीले अंग्रेजी तारिक अनुसार १ गते र १५ गते पठाएको मूल्यका आधारमा निगमले पनि मूल्य घटबढ गर्छ ।

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेको छ । पछिल्लो पन्ध्र दिनको नाफा मिलाउँदा निगमलाई अझै करिब दुई अर्ब ३७ करोड रुपैयाँ पूर्ति हुन बाँकी रहेको निगमले जनाएको छ । मूल्य समायोजन गरेपछि अन्य पेट्रोलियम पदार्थमा नाफा भए पनि खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर ८० रुपैयाँ ६९ पैसा घाटा रहेको निगले जनाएको छ । मूल्य समायोजन गर्दा पनि भारतमा भन्दा सस्तोमा इन्धन बिक्री गरेको निगमको दाबी छ । सीमा क्षेत्रमा भन्दा नेपालमा पेट्रोल १० रुपैयाँ ४१ र डिजेल १२ रुपैयाँ ३८ पैसा सस्तो रहेको निगमले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस

नेपाली काँग्रेसको खवरदारी सभा ‘स्थायी राजधानी बुटवल नतोके सरकारलाई अभिसाफ’

  बुटवल, ३ माघ । प्रदेश पाँचको स्थायी राजधानी बुटवलमा तोक्न नेपाली काँग्रेसका ६ जिल्लाका नेताहरुले जोड दिएका छन् । नेपाली काँग्रेस रुपन्देहीले

थारु वगिया रुपन्देहीले माघी महोत्सवको आयोजना गर्ने

किस्मत चौधरी  माघ ३  थारु वगिया रुपन्देहीले यही माघ ५ गते तिलोतमा नगरपालीका मणिग्रामको शान्ती नमुना उच्च मावीमा माघी महोत्सवको आयोजना गर्ने भएको

बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक नारायणप्रसाद पन्थलाई विद्यावारिधिको उपाधि

बुटवल । बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा अभ्यास शिक्षण विभागका प्रमुख नारायणप्रसाद पन्थले विद्या वारिधि उपाधि प्राप्त गर्नु भएको छ