क्षमता बढाउन महिलाहरुलाई उद्घोषण तालिम


रुपन्देही, २२ पुस ।

महिलाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सम्बृद्धि आमा समूह बुटवलको आयोजनामा महिलाहरुका लागि उद्घोषण तालिम आजदेखि बुटवलको सुख्खानगरमा शुरु भएको छ ।
बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको तालिममा वडा नम्बर ८ का ५० जना महिलाहरुको सहभागिता रहेको छ । महिलाहरुमा आत्मबलको बिकास गरी प्रतिभा प्रस्फुटन गर्नका लागि तालिमको आयोजना गरेको आमा समुहका अध्यक्ष रुक्मिणी भट्टराइले जानकारी दिनुभयो । उहाँले भन्नुभयो — “महिलाहरु बोल्न नसक्दा पछाडि परे, उनीहरुलाइ निर्धक्कसंग बोल्नसक्ने बनाउन तालिमको आयोजना गर्यौ ।”


तालिममा पत्रकार इन्दिरा अर्याल र पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरु गौतमले सहजिकरण गनुभएको छ ।
तालिमको शुभाराम्भ गर्दै तालिमका प्रमुख अतिथि वडा नम्बर ८ का वडा सदस्य गोमा ज्ञवालीले वडाको बिकासका लागि महिला शसक्तिकरण जरुरी रहेको बताउनुभयो । “  महिला शसक्तिकरणका लागि आत्मबल जरुरी छ उहाँले भन्नुभयो —यसका लागि वडाले शसक्तिकरण कार्यक्रम अगाडि बढाएको छ ।”
वडा सदस्य गोमती सुनारले अहिले समयमा बोलीको प्रभाबबाटै धेरै काम बन्ने बताउदै त्यसका लागि आत्मबल बढाउनुपर्ने बताउनुभयो ।
समूहका सचिब सिता खनालले तालिलाइ सदुपयोग गरी सिकेका कुरा ब्यवहारमा उतार्न आग्रह गर्नुभयो ।  तालिम ३ दिनसम्म चल्ने छ ।
 

 

प्रतिकृया दिनुहोस

नेपाली काँग्रेसको खवरदारी सभा ‘स्थायी राजधानी बुटवल नतोके सरकारलाई अभिसाफ’

  बुटवल, ३ माघ । प्रदेश पाँचको स्थायी राजधानी बुटवलमा तोक्न नेपाली काँग्रेसका ६ जिल्लाका नेताहरुले जोड दिएका छन् । नेपाली काँग्रेस रुपन्देहीले

थारु वगिया रुपन्देहीले माघी महोत्सवको आयोजना गर्ने

किस्मत चौधरी  माघ ३  थारु वगिया रुपन्देहीले यही माघ ५ गते तिलोतमा नगरपालीका मणिग्रामको शान्ती नमुना उच्च मावीमा माघी महोत्सवको आयोजना गर्ने भएको

बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक नारायणप्रसाद पन्थलाई विद्यावारिधिको उपाधि

बुटवल । बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा अभ्यास शिक्षण विभागका प्रमुख नारायणप्रसाद पन्थले विद्या वारिधि उपाधि प्राप्त गर्नु भएको छ