रुपन्देहीमा खिचडी (माघी )महोत्सवको रौनक

किस्मत चौधरी 
    पौष २६, 
   खिचडि (माघि) पर्व नजिकीदैगर्दा रुपन्देहीका थारु समुदायमा माघी अर्थात खिचडी को रौनक वढेको छ । थारु समुदायमा विशोष रुपले मनाइने खिचडी पर्वलाइ नयाँ वर्षको रुपमा पनि लिने गरीन्छ । माघ माहिना आगामन संगै थारु गाउँघरमा  यो समय अत्यन्त रमइलो हुने गरेको छ ।थारु जातीले अहीले घर लिपपोत गर्ने छोरी चेलीलाइ वोलाउने गरेका छन् ।  अव आउने माघ महिनालाइ थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । यसैविच रुपन्देहीको विभिन्ना ठाउमा माघि महोत्सव आयोजना गरीएको छ ।रुपन्देहीको देवदहा नगरपालीका ,सैनामैना नगरपालीका , शुद्धोधन गाँउपालीका , सियारी गाउँपालीका, कन्चन गाँउपालीकामा खिचडी महोत्सवको आउोजना भएका छन् ।  थारुकल्याणकारीणी सभा रुपन्देहीले पनि माघिको अवसरमा आउदो माघ ५ गते कार्यक्रमको आयोजना गरेको थारु कल्याणकारी सभा रुपन्देहीका अध्यक्ष सतिसकुमार चौधरीले वताउनुभएको छ । थारु जातीको महान पर्व खिचाडीको रौनक अहिले रुपन्देहीको विभिन्ना थारु गाउँमा देख्न पाइन्छ । १५ दिन पहिले वाट नै विभिन्ना महोत्सव कर्यक्रमको पनि आयोजना गरीएको छ । रुपन्देहीमा थारु समुदायले सवै स्थानीय तहमा थारुकल्याणकारीको सक्रियतामा भाषा कला संस्कृती संरक्षणका लागी माघि खिचडी महोत्सवको आयोजना गरेका छन् ।खिचडी माघि महोत्सवमा थारु भेषभुषा झल्कीने पहिरन र खानाका परिकार पनि देख्न पाइन्छ ।थारु समुदायको नयाँवर्षको रुपमा मनाइने खिचडी मा पहिले पहिले थारु गाउँमा नया नेतृत्व गर्ने व्यक्ती चुनिन्थ्यो जस्तै बडघर मुखिया अनि वर्षभरि आर्थीक कारोवार गरेको हिसाव लेनदेन मिलान गरीने गरीन्थ्यो जसले गर्दा माघ १ गते लाइ थारु समुदायमा नया वर्षको रुपमा मनाउने गरीन्छ ।पुर्व मेची देखी पश्चिम महाकाली सम्माका तराइ भेगमा थारु जातीहरु वसोवास गर्दै आएका छन् । केही वर्ष पहिले रुपन्देहीमा यस्ता महोत्सवहरुको आयोजना भएको देखीदैनथ्यो तर पछिल्लो समय रुपन्देहीमा पनि थारु समुदय आपःनो भाषा कला संस्कृती संरक्षणमा जुटेका छन् । 
     ुु थारुकल्याणकारीणी सभा रुपन्देहीले यो वर्ष रुपन्देहीका सवै गाउँपालीका र नगरपालीकामा रहेका थारुकल्याणकारी समितिलाइ जिम्मा दिएको अध्यक्ष सतिसकुमार चौधरीले वताउनुभएको छ ।तर थारुकल्याणकारीणी सभा रुपन्देहीले भने माघ ५ गते विशोष कार्यक्रमको आयोजना गरीएको वताउनु भएको छ ।हामि थारुकल्याणकारीणि सभाले  
    माघि अर्थात खिचडी थारु समुदायले पहिले देखीनै मनाउने गरेको जनकवी वमवहादुर थारुको भनाइछ । माघिको दिन विशोषगरेर विहानै उठेर नुहाधोइ गरी सुपोमा चामल राखी चामलको टिका लगाइ चामल छुने भन्दछन् । छोएको चामल आपःनो भान्जा भान्जीलाइ दिने गर्दछन् यदी भान्जा भान्जी नभए पण्डितलाइ दिने चलन रहेको उहँको भनाइ छ । साथै त्योदिन गाउँघरमा झुमडा नाच नाच्ने र मिठा परिकार खाने गर्दछन् ।
    
    
 

 

प्रतिकृया दिनुहोस

नेपाली काँग्रेसको खवरदारी सभा ‘स्थायी राजधानी बुटवल नतोके सरकारलाई अभिसाफ’

  बुटवल, ३ माघ । प्रदेश पाँचको स्थायी राजधानी बुटवलमा तोक्न नेपाली काँग्रेसका ६ जिल्लाका नेताहरुले जोड दिएका छन् । नेपाली काँग्रेस रुपन्देहीले

थारु वगिया रुपन्देहीले माघी महोत्सवको आयोजना गर्ने

किस्मत चौधरी  माघ ३  थारु वगिया रुपन्देहीले यही माघ ५ गते तिलोतमा नगरपालीका मणिग्रामको शान्ती नमुना उच्च मावीमा माघी महोत्सवको आयोजना गर्ने भएको

बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक नारायणप्रसाद पन्थलाई विद्यावारिधिको उपाधि

बुटवल । बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा अभ्यास शिक्षण विभागका प्रमुख नारायणप्रसाद पन्थले विद्या वारिधि उपाधि प्राप्त गर्नु भएको छ