एन प्याब्सनको  खेल सप्ताहमा जुनियर र सिनियरका खेल सम्पन्न

 

बुटवल, ११ माघ ।

नेशनल प्याब्सन रुपन्देहीको आठौँ खेल सप्ताह अन्तरगत जुनियर तथा सिनियर तर्फका विभिन्न खेलहरु सम्पन्न भएका छन् । सप्ताह अन्तरगत शुक्रबार जुनियर र सिनियरतर्फका छोटो र लामो दौड, रिले दौड, भलिवल, टेवलटेनिस, बेलुन बलास्ट, कुर्चि दौडलगायतका खेलहरु भएका हुन् ।

सप्ताह अन्तरगत जुनियर छात्रतर्फ भएको १०० मिटरको हिट्स राउण्डबाट देवदह ई.बो.स्कुल, न्यू नमुना ई.बो.स्कुल, देवदह ई.बो.स्कुल, ब्राइट स्टार ई.बो.स्कुल, सुनगाभा ई.बो.स्कुल, स्काईल्याण्ड ई.बो.स्कुल फाइनलमा प्रवेश गर्न सफल भएका छन् । छात्रातर्फको सोही खेलमा न्यू लुम्बिनी ई.बो.स्कुल, पृथ्वी फलावर ई.बो.स्कुल, सिद्धार्थ ग्यालेक्सी ई.बो.स्कुल,बुटवल ग्लोरी ई.बो.स्कुल, मुनाल ई.बो.स्कुल र न्यू नमुना ई.बो.स्कुल हिट्स राउण्डबाट फाइनलको लागी छनौट हुन सफल भएको छ । त्यसैगरी जुनियर तर्फको ४झ५० मि. रिले दौडको हिट्स राउण्डबाट देवदह ई.बो.स्कुल, पृथ्वी फलावर ई.बो.स्कुल, स्काई.ल्याण्ड ई.बो.स्कुल, सिद्धार्थ ग्यालेक्सी ई.बो.स्कुल,न्यू नमुना ई.बो.स्कुल र सुनगाभा पब्लिक स्कुल फाइनलमा प्रवेश गर्न सफल भएको छ ।

त्यस्तै छात्रातर्फको सोही खेलमा सैनामैना मेमोरियल स्कुल, न्यू लुम्बिनी ई.बो.स्कुल,मिसन माउण्ट एकेडेमी, सन मोडल ई.बो.स्कुल,देवदह ई.बो.स्कुल, न्यू नमुना ई.बो.स्कुल हिट्स राउण्डबाट छनौट भई फाइलनमा प्रवेश गर्न सफल भएको छ । जुनियर तर्फकै छात्र तर्फको कुर्ची दौडमा न्यू नमुना ई.बो.स्कुलका सुभम अधिकारी प्रथम, पृथ्वी फलावर ई.बो.स्कुलका सुदिप बमरेल द्धितिय, सिद्धी चिल्ड्रेन एकेडेमीका मनिस खनाल तृतीय र सुनगाभा पब्लिक स्कुलका उदय बस्याल सान्त्वना हुन सफल भएको छ । त्यस्तै सिनियर तर्फको छात्रा सटपुटमा देवदह ई.बो.स्कुलका रिजिता थापा प्रथम, सुनगाभा पब्लिक ई.बो.स्कुलका रेश्मा घोतने द्धितिय, स्कलर्स होम ई.बो.स्कुलका नविना श्रेष्ठ तृतीय र मिसन माउण्ट एकेडेमीका नमुना चौधरी सान्त्वना हुन सफल भएको छ भने सिनियर तर्फकै ४०० मिटर हिट्स राउण्डबाट न्यू नमुना ई.बो.स्कुल, सगरमाथा ई.बो.स्कुल, सन मोडेल ई.बो.स्कुल, देवदह ई.बो.स्कुल, सुनगाभा पब्लिक स्कुल र सैनामैना मेमोरियल स्कुल फाइनलमा प्रवेश गर्न सफल भएको छ ।

 

 

 

 

भलिवल तर्फ शुक्रबार भएको क्वाटर फाइलन खेलमा छात्र तर्फ एक्सिस सेकेण्डरी स्कुल र ग्यालेक्सी ई.बो.स्कुल बिच भएको खेलमा एक्सिस सेकेण्डरी स्कुल सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ भने सगरमाथा ई.बो.स्कुल र कोलिय ई.बो.स्कुल बिच को खेलमा कोलिय ई.बो.स्कुल विजय भई सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । त्यस्तै न्यू नमुना ई.बो.स्कुल र सुनगाभा ई.बो.स्कुल बिच भएको खेलमा न्यू नमुना ई.बो.स्कुल विजय भई सेमिफाइलनमा प्रवेश गर्न सफल भएको छ । छात्र तर्फको क्वाटर फाइनलको अन्तिम खेलमा मनास्लु ई.बो.स्कुल र सैनामैना मेमोरियल स्कुल बिच भएको खेलमा सैनामैना मेमोरियल स्कुल विजय भई सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । 

त्यस्तै छात्रा तर्फको भलिवल खेलमा एक्सिस सेकेण्डरी स्कुल र मनास्लु ई.बो.स्कुल बिच भएको खेलमा एक्सिस सेकेण्डरी स्कुल विजय भएको छ भने स्कलर्स होम ई.बो.स्कुल र ग्यालेक्सी ई.बो.स्कुल  बिच भएको दोस्रो खेलमा ग्यालेक्सी ई.बो.स्कुल विजय भएको छ । त्यसैगरी सुनगाभा पब्लिक र न्यू लुम्बिनी ई.बो.स्कुल बिच भएको खेलमा न्यू लुम्बिनी ई.बो.स्कुल विजय भएको छ र छात्रा तर्फको पहिलो चरणको अन्तिम खेल कोलिय ई.बो.स्कुल र देवदह ई.बो.स्कुल बिच भएको खेलमा देवदह ई.बो.स्कुल विजय भई दोस्रो चरणमा प्रवेश गर्न सफल भएको प्रतियोगिताका संयोजक बाबुराम बन्जाडेले जानकारी दिनुभयो  ।

 

प्रतिकृया दिनुहोस

लुम्बिनी बोर्डिङमा खेल महोत्सव सम्पन्न 

  फागुन , ३  बुटवल ३ सहस्रपथमा रहेको लुम्बिनी बोर्डिङ स्कुलको खेल महोत्सव २०७५ सम्पन्न भएको छ । विद्यालयले २५ बर्ष पार गरेको रजत महोत्सवका अवसरमा

अनटिएफ अवार्डको तयारी पुरा

बुटवल, १ फागुन     युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो फेडेरेशन (अनटिएफ)ले अनटिएफ अवार्ड वितरण कार्यक्रमको तयारी पुरा भएको छ ।   अवार्ड

मन्त्री गिरीले भने ः नाताबाद र कृपाबादले खेलक्षेत्र धरासायी बन्यो

    बुटवल, १० माघ । प्रदेश नम्बर ५ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले खेल क्षेत्रको बिकासका लागि तीनै तहका सरकार गम्भीर बन्नु