गजलकार भोजराज घिमिरेको छन्द/बहरबद्ध गजलकृति 'निर्बन्ध आकाश'माथि बुटवलमा विमर्श

गजलकार भोजराज घिमिरेको छन्द/बहरबद्ध गजलकृति 'निर्बन्ध आकाश'माथि बुटवलमा विमर्श गरिएको छ। गजल सागर नेपाल र अन्तर्राष्ट्रिय नेपाली गजल मंचको आयोजनामा भएको कार्यक्रममा साहित्यकारद्वय रमेश समर्थन र रुद्र ज्ञवालीले उक्त पुस्तकमाथि टिप्पणी गरे! समर्थनले पुस्तबारे समीक्षा गर्दै नेपाली गजल परिष्कारको चरणमा रहेको र गजलको आधारभूत शास्त्रीयताको खोजी भइरहेको बताए।

यसै अभियानको पछिल्लो उपलब्धि निर्बन्ध आकाश भएको उनको भनाइ थियो! समर्थनले गजलकार भोजराज घिमिरेले उक्त पुस्तक लेखनका लागि गरेको साधना प्रशंसायोग्य रहेको र १११ बढी छन्द/बहरमा २०० बढी गजल रचना गरेर चुनौतीपूर्ण कार्य गरेको बताए! उनले छन्द/बहरमा गजल रचना गर्नु गाह्रो काम भएको बताउँदै यस पुस्तकका गजलमा अझै परिष्कारको खाँचो रहेको औँल्याए। साहित्यकार रुद्र ज्ञवालीले निर्बन्ध आकाश सबैभन्दा धेरै छन्द/बहरको प्रयोग गरेर लेखिएको गजलकृती भएको उल्लेख गर्दै उक्त पुस्तकमा छन्द/बहरका सूत्र तथा यति र गतिको व्यवस्था पनि उल्लेख गरिएकाले नवसर्जक र छन्द/बहरमा गजल लेख्न चाहनेका लागि गुरुपुस्तक हुनसक्ने धारणा राखे।

परिष्कार र परिमार्जन निरन्तर प्रकृया भएको बताउँदै ज्ञवालीले पछिल्लो समय नेपाली गजलमा केही अराजक प्रवृत्ति देखिएको र त्यसलाई निस्तेज गर्न पनि अब गजल परिष्कारलाई नवसर्जकले समेत तीब्र पार्नुपर्ने सुझाव दिए। अन्तर्राष्ट्रिय नेपाली गजल मंचका अध्यक्ष गजलकार, समालोचक घनेन्द्र ओझाले लयविहीन गजल हुनै नसक्ने र गजलको लय शास्त्रीय छन्द/बहर नै भएको धारणा राख्दै जीवनको उत्तरार्द्धमा आएर छन्द/बहर सिकेर साधना गर्नु र पुस्तक नै तयार पार्नु घिमिरेको अत्यन्तै प्रशंसायोग्य पक्ष रहेको बताए। गजल सागर नेपालका अध्यक्ष मीन रानाले अबको गजल लयबद्ध हुनै पर्ने र आधारभूत शास्त्रीय नियममा बाँधिनै पर्ने धारणा राखे भने महासचिव कृष्ण गाउँलेले अबको पुस्ताले गजलको आधारभूत ज्ञान लिएर मात्र गजल लेख्दा राम्रो हुने बताए।

गजलकार बूँद रानाले आफूले २०२२ सालदेखि गजल भनेर लेखिरहे पनि अझै साधनारत रहेको बताउँदै नेपाली गजललाई अझै सुन्दर र सशक्त बनाउन सबैले पहल गर्नुपर्ने बताए। साधना र अध्ययनले सिर्जना परिष्कृत हुने रानाको भनाइ थियो। पुस्तकका स्रष्टा भोजराज घिमिरेले गजलको शास्त्रीयता अध्ययन गर्दै जाँदा यसको मूल लय बहर/छन्द रहेछ भन्ने थाहा पाएपछि आफूले छन्द/बहरका गजल लेखेको बताए। पुस्तक कन्दरा पब्लिकेशनले प्रकाशन गरेको हो।

प्रतिकृया दिनुहोस

नेपाल महिला संघले बुटवलमा सरकार विरुद्ध वृहत प्रदर्शन तथा विरोध सभा

राज्यबाटै अपराधीलाई संरक्षण गरिँदा हत्या हिंसा, बलात्कारका घटना बढ्नुका साथै सुशासन कायम हुन नसकेको भन्दै नेपाल महिला संघले शनिबार बुटवलमा सरकार

रेडियो मुक्तिको १० औ बार्षिक साधारण सभा सम्पन्न

बुटवल  माघ ५  महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो मुक्ति  ९५.५को १०औ बार्षिक साधरण सभा आज सम्पन्न भएको छ । साधरण

रुपन्देहीमा खिचडी (माघी )महोत्सवको रौनक

किस्मत चौधरी      पौष २६,     खिचडि (माघि) पर्व नजिकीदैगर्दा रुपन्देहीका थारु समुदायमा माघी अर्थात खिचडी को रौनक वढेको छ । थारु समुदायमा विशोष