नेपाल मजदुर किसान पार्टीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

बुटवल ।
नेपाल मजदुर किसान पार्टीको ४५ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । 

 

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले व्यापक कामदार जनतालाई माक्र्सवादी साहित्यबाट सुशिक्षित बनाइ देश र जनताको सेवाको निम्ति निस्वार्थपूर्वक राजनीतिमा लाग्न प्रेरित गर्नुपर्ने जोड दिनु भयो । 

 

क्रान्तिकारी संसदवादको उपयोग गर्दै एक जना मात्र सांसदले भए पनि राष्ट्रिय र अन्तराष्ट्रिय विषयमा कामदार वर्गीय र अन्तराष्ट्रवादी दृष्टिकोण स्पष्टकासाथ संसदमा राख्ने गरेकोले नै नेमकिपाविरुद्ध ३ प्रतिशतको प्रावधान ल्याएको चर्चा गर्दै केन्द्रीय सदस्य गोसाईले बुद्धिजीवी भनाउन चाहने समुदायले नै स्वार्थबस दासता स्वीकारेकाले नेपाली समाज पछाडि परेको बताउनु भयो ।

समाज विकासको नियम अनुसार पुँजीवादी व्यवस्था ध्वस्त भई समाजवादी राज्य व्यवस्था स्थापना हुनु अवश्मभावी भएको स्पष्ट पार्दै केन्द्रीय सदस्य गोसाईले माक्र्सले भने जस्तै परिवर्तन ढिलो चाँडो हुन्छ र छिटो परिवर्तन गर्न क्रान्तिकारी पार्टी चाहिन्छ भन्नुभयो । 

 

नेमकिपा रुपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन पुस्तकको ऐतिहासिक सान्दर्भिकता उल्लेख गर्दै रुसी संशोधनवादीहरुले जस्तै कम्युनिष्ट र समाजवादको नाममा नेकपा र ओली सरकारले नेपाली कामदार जनतालाई ठगिरहेको छ भन्नुभयो ।

 

भक्तपुर नगर कार्यपालिका सदस्य लक्ष्मीप्रसाद ह्यौंमिखाले नेमकिपाले जितेको भनपाबाट सञ्चालित कलेजमा देशभरिका विद्यार्थीहरुले पढ्न पाएको जानकारी दिनु भयो ।

 

नेक्रायुसंघ रुपन्देहीका अध्यक्ष हिमलाल पाण्डेले नेपालको कम्युनिष्ट आन्दोलनमा देखा परेका खोटा विचारको खण्डन, नेक्राविसंघ रुपन्देहीका अध्यक्ष तुलसा बिक, नेक्रामसंघ रुपन्देहीका अध्यक्ष सुशीला पौडेल, गणेश र सुग्रिमले जनताको साहित्य, विमला आचार्यले सय वर्षपछिको भक्तपुर, माधव अधिकारीले नेपाल भारत सम्बन्ध र भारत पुस्तकबारेमा आ–आफ्नो विचार व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा बिष्णु ठडराईले गीत प्रस्तुत गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा महोत्सव

भैरहवा फागुन ३,   रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा ओमसतिया कला, संस्कृति, खेलकुद तथा कृषि प्रबर्धन महोत्सव–२०७५ शुरु भएको छ

लुम्बिनी बोर्डिङमा खेल महोत्सव सम्पन्न 

  फागुन , ३  बुटवल ३ सहस्रपथमा रहेको लुम्बिनी बोर्डिङ स्कुलको खेल महोत्सव २०७५ सम्पन्न भएको छ । विद्यालयले २५ बर्ष पार गरेको रजत महोत्सवका अवसरमा

पहिलो चरणको आन्दोलन अन्तर्गत ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न

भैरहवा,फागुन २ बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजदर घटाउन माग गर्दै आन्दोलित भैरहवाका उद्योगी व्यवसायीहरुल विहीबार पनि बैंक तथा वित्तीय