नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रुपन्देहीको बुटवल उप–महानगरपालिकामा तल्लो तहसम्म कमिटिहरु गठन

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रुपन्देहीको बुटवल उप–महानगरपालिकामा तल्लो तहसम्म कमिटिहरु निर्माण गरेको छ ।

 

वडा स्तर सम्म कमिटि निर्माण गर्ने बुटवल उपमहानगर कमिटि सम्भवत नेपालमै पहिलो कमिटि हो ।  प्रदेश नं ५को ४ उपमहानगरपालिका मध्ये बुटवल उपमहानगरपालिकाका १९ वडाहरु रहेका छन ।

 

ति सवै वडामा शाखा कमिटि निर्माण गरी जिम्मेवारी दिईसकिएको उप महानगर कमिटि अध्यक्ष वावुराम पन्थीले जानकारी दिनु भयो । फागुन ५ गते भित्र वडाका टोल अन्तरगत कमिटिहरु गठन गर्ने निर्णय समेत भई सकेको छ ।

 

वडा कमिटी बुटवल–१ मा अध्यक्ष रञ्जु भट्टराई र सचिव जिवन बज्राचार्य चयन हुनुभएको छ भने वडा नं. २ मा अध्यक्ष नारायण अर्याल र सचिव बिष्णुसिंह ठकुरी, ३ मा अध्यक्ष पदमराज रिजाल र सचिव जगबहादुर श्रेष्ठ, ४ मा अध्यक्ष भक्तराज बस्नेत र सचिव बिष्णुप्रसाद पाण्डे, ५ मा अध्यक्ष कोशलराज गैरे र सचिव अयुवदिन मिया, ६ मा अध्यक्ष लालबहादुर थापा र सचिव राजकुमार भट्टराई, ७ मा अध्यक्ष नविन थापा र सचिव बिष्णु खत्री, ८ मा अध्यक्ष लक्ष्मण अर्याल र सचिव हरिहर ज्ञवाली, ९ मा अध्यक्ष भोजबहादुर बुढाथोकी र सचिव शेषकान्त बेल्वासे, १० मा अध्यक्ष कृष्णप्रसाद देवकोटा र सचिव दिलिप सुनार, ११ मा अध्यक्ष दिनानाथ भट्टराई र सचिव  बिरबहादुर गर्वुजा, १२ मा अध्यक्ष खगुलाल गिरी र सचिव बिजय के.सी., १३ मा अध्यक्ष दिपक पन्थी र सचिव कमल खनाल, १४ मा अध्यक्ष कृष्णप्रसाद भुसाल र सचिव खेमराज नेपाल, १५ मा अध्यक्ष पूर्णप्रसाद काफ्ले र सचिव शनि थापा,  १६ मा अध्यक्ष रामराजा तिवारी र सचिव कृष्ण शर्मा, १७ मा अध्यक्ष गंगाराम ढकाल र सचिव धर्म बुढाथोकी, १८ को अध्यक्ष जनक गौतम र सचिव कन्हई थारु, १९ को अध्यक्ष प्रेमबहादुर मस्राङ्गी र सचिव झिल्लुराम न्यौपाने रहनुभएको छ ।

 

त्यस्तै इ–रिक्सा शाखा कमिटीको अध्यक्षमा दिनेश जोशी र सचिव सरोजकुमार श्रेष्ठ, हाटबजार शाखा कमिटीको अध्यक्षमा डोलराज फुल्लेल र सचिव रामबहादुर के.सी. रहनुभएको छ ।

 

सोमवार आयोजित बैठकमा नगर मातहतका सबै शाखाका अध्यक्ष र सचिवलाई सपथग्रहण गरी प्रत्येक शाखाका अध्यक्षलाई शाखा कमिटीको लागि माइन्युट हस्तान्तरण गरिएको थियो । साथै बैठकले मातहतका शाखा कमिटीहरुले यहि माघ १८ गते शुक्रबार बिहान ११ बजे एकै पटक बैठकको आयोजना गरी सपथग्रहण गराउन निर्देशन गरेको छ । सपथग्रहणका लागि यस नगर अन्तर्गतका केन्द्रीय सदस्यहरु र प्रदेश कमिटीका सदस्यहरुलाई जिम्मेवारी दिइएको छ ।

 

त्यसैगरी उपमहानगर कमिटिका सबै सदस्यहरुलाई जिम्मेवारी समेत तोकिएको छ ।

बैठकले शाखा कमिटीको इन्चार्जमा क्रमशः वडा नं. १ मा राजु लिगल, २ मा गौतमलाल शाक्य, ३ मा केशव पन्थी, ४ मा गफुर अली, ५ मा मणी खनाल, ६ मा दिपक अधिकारी, ७ मा टेकबहादुर बास्तोला, ८ मा यादव भण्डारी, ९ मा शिवबहादुर अधिकारी, १० मा यमनारायण भुर्तेल, ११ मा नकुल शाही, १२ मा रुपेश पौडेल, १३ मा शोभाखर पोखरेल, १४ मा जगन्नाथ काफ्ले, १५ मा रामबहादुर थापा, १६ मा टेकनारायण काफ्ले, १७ मा गंगाप्रसाद न्यौपाने, १८ मा खुमराज ढकाल, १९ मा राजु गौडेल, हाटबजार शाखामा कृष्ण पौडेल र इ–रिक्सा कमिटीमा तुल्सीप्रसाद न्यौपाने इन्चार्ज रहनुभएको छ । बुटवल विशेष १७–१९ को लागि गुरुप्रसाद पंगेनीलाई जिम्मेवारी दिएको छ । 

 

बैठकले उपमहानगर कमिटिको विभाग तय गरि विभागिय जिम्मेवारी समेत तोकेको छ ।

 

प्रचार विभाग प्रमुखमा रुद्रहरी कुँवर, आर्थिक विभाग प्रमुखमा शोभाखर पोखरेल, शिक्षा विभाग अनुप पोखरेल, संगठन विभाग केशव पन्थी, उद्योग वाणिज्य कृष्ण श्रेष्ठ, विज्ञान तथा प्रविधि जगदिन न्यौपाने, खानेपानी तथा सरसफाई विभाग जितबहादुर मल्ल, पर्यटन विभाग जिवलाल पन्थी, सहकारी विभाग लोकराज शर्मा, सामाजिक विभाग ज्योतिप्रसाद अर्याल, श्रम तथा रोजगार विभाग सुदन अधिकारी, उद्योग विभाग दिनेशराज रेग्मी, ब्यापार विभाग मनिमदिन मिया, मानव अधिकार तथा न्यायिक विभाग बिनोद पौडेल, पार्टी स्कुल विभाग दिलबहादुर आचार्य, स्वास्थ्य तथा जनसंख्या दुर्गा पाठक पाण्डे, कृषि देविप्रसाद रेग्मी, अनुशासन विभाग धर्मराज पौडेल, प्राकृतिक स्रोत विभाग यमुना काउचा, खेलकुद नन्दु काउचा, शहरी बिकास मेघराज भट्टराई, यातायात विभाग रामचन्द्र भुसाल, साहित्य, कला तथा संस्कृति शुस्मा खनाल, निर्माण ब्यावसायी मन्जु भुसाल, खानेपानी तथा सरसफाई जितबहादुर मल्ल, जनसास्कृतिक विभागमा झविन्द्र थापा रहनु भएको छ । 

 

 

विभिन्न जनसंगठनका इन्चार्जहरुमा युवा इन्चार्ज कृष्णबहादुर कुमाल, सह–इन्चार्ज योगेन्द्र गौतम, महिला इन्चार्ज सिता खनाल, सह–इन्चार्जमा जानकी नेपाल र मन्जु बस्नेत, विद्यार्थी सह–इन्चार्ज हेमन्त घिमिरे र माधव पाण्डे, भुपु सैनिक तथा प्रहरी संगठन माधव श्रेष्ठ, मुस्लिम इत्तेहादको जवुल मिया, भुमिहिन सुकुम्वासीको इन्चार्ज बिरमान लामा, मुक्ति समाज राजाराम बि.क., सहइन्चार्ज–रतिमान नेपाली र लोकबहादुर नेपाली रहनु भएको छ । 

 

प्रतिकृया दिनुहोस

ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा महोत्सव

भैरहवा फागुन ३,   रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा ओमसतिया कला, संस्कृति, खेलकुद तथा कृषि प्रबर्धन महोत्सव–२०७५ शुरु भएको छ

लुम्बिनी बोर्डिङमा खेल महोत्सव सम्पन्न 

  फागुन , ३  बुटवल ३ सहस्रपथमा रहेको लुम्बिनी बोर्डिङ स्कुलको खेल महोत्सव २०७५ सम्पन्न भएको छ । विद्यालयले २५ बर्ष पार गरेको रजत महोत्सवका अवसरमा

पहिलो चरणको आन्दोलन अन्तर्गत ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न

भैरहवा,फागुन २ बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजदर घटाउन माग गर्दै आन्दोलित भैरहवाका उद्योगी व्यवसायीहरुल विहीबार पनि बैंक तथा वित्तीय