शहिद दिवसको अवसरमा लुम्बिनीमा फलफुलका विरुवा रोपीयो


बुटवल, १६ माघ । 

 

शहिद दिवसको अवसरमा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ ले गौतम बुद्धको जन्मस्थल  रुपन्देहीको लुम्बिनीमा  ४ सय फलफुलका विरुवा रोपेको छ । बुधवार लुम्बिनी परिषरमा एक कार्यक्रमको  आयोजना गरी अनार, आँप, नास्पाती लगायतका  ४ सय विरुवा रोपेको हो । 

फलफुल विरुवा रोपण कार्यक्रममा बोल्दै प्रदेश ५ की भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले शान्तीको मुहान लुम्बिनीमा  सहिदको सम्झना स्वरुप रोपीएको  फलफुलको वृक्षले उनीहरुको प्रति श्रद्धा अर्पण गरिएको धारणा राखिन् । उनले फलफुलको  विरुवा रोपण गरेर मात्रै नभई यसलाई  निरन्तर रुपमा हेरचाह गरिने बताईन् । 

प्रदेश सभा सदस्य फकरुद्दीन खान ले लुम्बिनी विकास कोष परिषरमा रोपीएका फलफुलको निरन्तर संरक्षण गरी फलफुलमा आत्मनिर्भर समेत बनाउन सकिने बताए ।  

 

 

 

कार्यक्रममा लुम्बिनी विकास कोषका निमित्त कोषाध्यक्ष राजेश तिवारीले लुम्बिनी विकास कोष सदैभ विरुवा संरक्षण लागि तयार रहेको बताए । 
कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का सचिव यम नारायण देवकोटा, उप सचिव तथा योजना तथा अनुगमन शाखा प्रमुख  विनोद घिमिरे लगायतले आ आफ्नो धारणा राखेका थिए । 

 

प्रतिकृया दिनुहोस

ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा महोत्सव

भैरहवा फागुन ३,   रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा ओमसतिया कला, संस्कृति, खेलकुद तथा कृषि प्रबर्धन महोत्सव–२०७५ शुरु भएको छ

लुम्बिनी बोर्डिङमा खेल महोत्सव सम्पन्न 

  फागुन , ३  बुटवल ३ सहस्रपथमा रहेको लुम्बिनी बोर्डिङ स्कुलको खेल महोत्सव २०७५ सम्पन्न भएको छ । विद्यालयले २५ बर्ष पार गरेको रजत महोत्सवका अवसरमा

पहिलो चरणको आन्दोलन अन्तर्गत ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न

भैरहवा,फागुन २ बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजदर घटाउन माग गर्दै आन्दोलित भैरहवाका उद्योगी व्यवसायीहरुल विहीबार पनि बैंक तथा वित्तीय