ग्रामिण महिलालाई सेनेटरी प्याड बनाउने तालिम


नवलपरासी,१६ माघ ।

 

ग्रामिण महिलाहरुलाई गाँउमै उत्पादन गर्न सक्ने गरि पाल्हीनन्दन २ मा सेनेटरी प्याड बनाउने तालिम दिइएको छ । वार्ड कार्यालयको सहयोग र हातेमालो बहुउदेशिय केन्द्र रुपन्देहीको समन्वयमा ४ दिइने तालिम दिइएको हो ।

 

तालिममा ४४ जना महिलाहरुको सहभागिता रहेको थियो । स्थानिय स्तरका महिलाले गाँउमा उत्पादन गरि ब्यवसाय पनि गर्न सक्ने र सिप भए आफ्नै घरायसी प्रयोगमा लागि घरमै बनाउन सक्ने उदेश्यले तालिम दिलाइएको संस्थाकी प्रतिनिधि लक्ष्मी गुप्ताले बताईन् ।

 

महिनवारीको बेला प्रयोग गरिने सेनेटरी प्याड नहुदा फोहोर कपडाको प्रयोग गर्ने हुदा विभिन्न प्रकारका यौन रोगको सिकार हुने समस्या देखिएकोले तालिम गराइएको हो ।

 

आफ्नै हातमा सिप भए पछि महिलाले सेनेटरी प्याड किन्न पसल धाउनु पर्दैन, उनले भनिन् , चाहनेले ब्यवसायिक रुपमा पनि दिन सक्छन्,होइन भने आफ्नो प्रयोगका लागि बनाउन सक्छन् ।

 

 

आवश्यकता पहिचान गरेर यस्तो तालिमको आयोजना गरिएको उनले सुनाईन् ।  
स्वास्थ्य सम्बन्धी सचेतना मात्रै दिएर पुग्दै महिलाहरुलाई सिप पनि सिकाई दिए पछि सरसफाईमा सहयोग मिल्ने उनको भनाई थियो ।

 

तालिममा प्रशिक्षक राजेन्द्र थापा,पवित्रा पछाई र माला अचार्यले प्रशिक्षणसंगै प्याड बनाउन सिकाएका थिए ।

 

तालिमको समापन गाउपालिका उपाध्यक्ष पावित्रि कोहाँरले गरेकी थिईन् ।

 

ज्ञान र सिप दुबै हुने गरि यो तालिमको आयोजनाले महिलाहरुलाई उत्साही बनाएको उपाध्यक्ष कोहाँरको भनाई थियो ।

 

ज्ञान भएर पनि सिप नहुदा ज्ञानको प्रयोग हुदैन,उनले भनिन्, यो तालिमले आफ्नो ब्यतिmगत सरसफाईमा मद्दा मिल्ने,कम पैसोमा घरमै सुलभ तरिकाले बनाउन सक्ने हुदा तालिम फलदायी भएको छ ।

 

मधेशका महिलामा अझै पनि लाज मान्ने प्रवृति कायम नै रहेको हुदा महिनवारीका बेला परिवारका अन्य सदस्यसंग भन्न नहुने,त्यो लाजका कारण फोहर कपडाको प्रयोग गर्ने र घर भित्रै रोगको सिकार हुने अवस्था थियो ।

 

 

अहिले तालिमले घरमा आफैले बनाउन सक्ने सिप भए पछि त्यो समस्या टर्ने उपाध्यक्ष कोहाँरको भनाई थियो । 

 

प्रतिकृया दिनुहोस

ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा महोत्सव

भैरहवा फागुन ३,   रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा ओमसतिया कला, संस्कृति, खेलकुद तथा कृषि प्रबर्धन महोत्सव–२०७५ शुरु भएको छ

लुम्बिनी बोर्डिङमा खेल महोत्सव सम्पन्न 

  फागुन , ३  बुटवल ३ सहस्रपथमा रहेको लुम्बिनी बोर्डिङ स्कुलको खेल महोत्सव २०७५ सम्पन्न भएको छ । विद्यालयले २५ बर्ष पार गरेको रजत महोत्सवका अवसरमा

पहिलो चरणको आन्दोलन अन्तर्गत ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न

भैरहवा,फागुन २ बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजदर घटाउन माग गर्दै आन्दोलित भैरहवाका उद्योगी व्यवसायीहरुल विहीबार पनि बैंक तथा वित्तीय