ताजा खबर

नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ ।।

यही चैत १३ गते कतार दोहाको सुहइम बिन स्टेडियममा हुने यमनविरुद्धको दोस्रो लिग खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरिएको छ । एएफसी एसियन कप छनोटअन्तर्गत् समूह चरणको अन्तिम खेल खेल्ने राष्ट्रिय फुटबल टोलीलाई आज सफलताको शुभकामना दिँदै अखिल नेपाल फुटबल संघले बिदाई गरेको हो । यसअघि, काठमाडौंमा नेपालले यमनसँग गोलरहित बराबरी खेलेको थियो । छनोट खेलमा पाँच खेल खेलेको नेपालले दुई खेलमा बराबरी खेलेको छ । दुई अंक जोडेको नेपालका लागि उक्त खेल प्रतिष्ठाका लागिमात्र हुनेछ । समूह ‘एफ’मा रहेको नेपाल यसअघि नै समूह चरणबाटै बाहिरिइसकेको छ ।

समूह ‘एफ’मा रहेको फिलिपिन्स ९ अंकका साथ शीर्ष स्थानमा छ भने यमन ७ अंकसहित दोस्रो तथा समान ७ अंक नै जोडेको ताजिकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ । नेपाल अंकतालिकाको पुछारमा छ । नेपाली टोलीमा गोलकिपर बिकेश कुथू, किरण चेम्जोङ र एलन न्यौपाने, डिफेन्डरमा अनन्त तामाङ, विराज महर्जन, रजिन धिमाल, आदित्य चौधरी, दिनेश राजवंशी र देवेन्द्र तामाङ, मिडफिल्डरमा सुजल श्रेष्ठ, अन्जन विष्ट, रोहित चन्द, विशाल राई, सुनील वल, हेमन गुरुङ र हेमन्त थापामगर तथा स्ट्राइकरमा विमल घर्तीमगर, सुमन लामा, नवयुग श्रेष्ठ र जर्जप्रिन्स कार्की छन् । टोलीको मुख्य प्रशिक्षक योतुकु कोजी, प्रशिक्षक राजुकाजी शाक्य र गोलकिपर प्रशिक्षक उज्ज्वल मानन्धर छन् । नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्नेछ ।

प्रतिकृया दिनुहोस

स्वेच्छिक मृत्युका लागि देश छाडे १०४ बर्षका वैज्ञानिकले ।।

विदेशका खबर अष्ट्रेलियामा १०४ वर्षीय वैज्ञानिकले मृत्युका लागि अनौठो अभ्यास गरेका छन् । वैज्ञानिक डेविड गुडअलले स्वेच्छिक मृत्युका लागि आफ्नो देश

आइपीएलमा दिल्ली र राजस्थाबीच प्रतिस्पर्धा हुने

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्र्तगत आज पनि एक मात्र खेल हुने भएको छ । दिल्लीको फिरोज साह कोटला मैदानमा हुने आजको खेलमा दिल्ली डेयर डेविल्स र

फ्रान्समा मजदुरको प्रदर्शन, २ सय पक्राउ ।।

फ्रान्समा मजदुरले प्रदर्शन गरेका छन् । मजदुर दिवसका अवसरमा निकालिएको र्यालीमा सहभागी २ सय जना पक्राउ परेका छन् । राष्ट्रपति इमानुयल म्याक्रोनको