कृषि मेलाको तयारी पुरा

बुटवल, १७ माघ ।

 

भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ र बुटवल उद्योग बाणिज्य संघको आयोजनामा यही माघ २१ गतेदेखि २६ गतेसम्म बुटवलमण्डपमा हुने कृषि मेलामा प्रदेश ५ का सबै जिल्लाका कृषकका सम्भव भएसम्मका उत्पादन राखिने भएको छ ।

मेला कार्य सम्पादन समितिको आज बसेको बैठकले मेलामा प्रदेश अन्र्तगतका १२ वटै जिल्लाका उत्पादन राख्न सम्वन्धित जिल्लामा पहल गर्ने निणर्य गरेको छ ।

मेलामा प्रत्येक जिल्लाका कृषि उत्पादन, तरकारी तथा फलफुल सहित प्रबिधि र सरोकारवाला स्टलको सहभागिता रहने छ ।

‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नाराका साथ सञ्चालन हुन गईरहेको मेलाको तयारी तिब्र पारिएको छ ।

मेलास्थल बुटवलमण्डपमा स्टल निर्माण सहित सहभागिताका लागि पत्राचार गर्ने र नयाँ प्रकृतिका स्टलको पहिचान गर्ने क्रम तिब्र छ ।

मेलामा सहभागिताका लागि करिव एक सय स्टल दर्ता भएको संघका महासचिव तथा मेलाका सदस्य सचिव दिनेश प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

मेलामा किसानहरुको बालीनालीमा लागेको रोग विषादीको उपचारका लागि मेला स्थलमा बोटविरुवाको स्वास्थ्य परिक्षण शिविर संचालनको व्यवस्था मिलाइने अध्यक्ष खिम बहादुर हमालले बताउनु भयो  ।

मेलामा कृषि केन्द्रीत गोष्ठी, प्रतियोगिता, अन्तरक्रिया,सचेतनामुलकका कार्यक्रमको पनि तयारी भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस

ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा महोत्सव

भैरहवा फागुन ३,   रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा ओमसतिया कला, संस्कृति, खेलकुद तथा कृषि प्रबर्धन महोत्सव–२०७५ शुरु भएको छ

लुम्बिनी बोर्डिङमा खेल महोत्सव सम्पन्न 

  फागुन , ३  बुटवल ३ सहस्रपथमा रहेको लुम्बिनी बोर्डिङ स्कुलको खेल महोत्सव २०७५ सम्पन्न भएको छ । विद्यालयले २५ बर्ष पार गरेको रजत महोत्सवका अवसरमा

पहिलो चरणको आन्दोलन अन्तर्गत ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न

भैरहवा,फागुन २ बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजदर घटाउन माग गर्दै आन्दोलित भैरहवाका उद्योगी व्यवसायीहरुल विहीबार पनि बैंक तथा वित्तीय