आर्थिक सहयोग गर्न आग्रह



घोराही, १७ माघ ।

 

क्यान्सर पिडित भागिराम भण्डारीले आर्थिक सहयोग गरेर ज्यान वचाईदिन अनुरोध गरेका छन् । 

 

तुलसीपुर उपमहानगरपालिका वडा नं १९ निवासी भण्डारीले घाँटीमा क्यान्सर देखिएको हुदा आथिर्क सहयोग गर्न अनुरोध गरेका हुन् । 

 

अहिले सम्म क्यान्सरको उपचार गर्नेक्रममा ५ लाख बढि खर्च भईसकेको र घाँटिको दाब्रे साईडमा पलाएको मासुको डल्लो अप्रेशन गर्नको लागि अझै १५ लाख आवश्यक पर्ने क्यानर पिडित भण्डारीले वताएका छन् ।

 

‘उपचार गर्दा आँफुसंग भएको सबै पैसा सकियो’ क्यानसर पिडित भण्डारीले सहयोगको अपिल गर्दै भने ‘कसैले सहयोग गरे पुनः जिवन पाउथे ।’

 

हाल भक्तपुर क्यानसर अस्पतालमा उपचार गराइरहेका भण्डारीले डाक्टरले चाडै नै १५ लाख पैसा जम्मा गरेर अप्रेशनको तयारी गर्न सुझाव दिएको वताएका छन् ।

 

घाँटीमा मासुको डल्लो पलाएर ठुलो हुदै गएको छ’ उनले चिन्तीत हुदै भने ‘समयमै अप्रेशन भएन भने घाँटीको मुख्यनलीमा असर गर्छ, ।’

 

आर्थिक कम्जोर भएका कारण र घरमा भएको सबै पैसा उपचारमा खर्च भईसकेकाले आर्थिक सहयोग गरिदिनहुन सबैमा अनुरोध गरेका छन् ।

 

सहयोग गर्न चाहनेले ९८४७८७६२४५ मा सम्र्पक गर्न भण्डारीले अनुरोध गरेका छन् ।

 

घाँटीमा मासुको डल्ला पलाएको हुँदा स्वास प्रस्वासमा समेत समस्या भएको उनले वताए । 

 

प्रतिकृया दिनुहोस

ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा महोत्सव

भैरहवा फागुन ३,   रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा ओमसतिया कला, संस्कृति, खेलकुद तथा कृषि प्रबर्धन महोत्सव–२०७५ शुरु भएको छ

लुम्बिनी बोर्डिङमा खेल महोत्सव सम्पन्न 

  फागुन , ३  बुटवल ३ सहस्रपथमा रहेको लुम्बिनी बोर्डिङ स्कुलको खेल महोत्सव २०७५ सम्पन्न भएको छ । विद्यालयले २५ बर्ष पार गरेको रजत महोत्सवका अवसरमा

पहिलो चरणको आन्दोलन अन्तर्गत ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न

भैरहवा,फागुन २ बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजदर घटाउन माग गर्दै आन्दोलित भैरहवाका उद्योगी व्यवसायीहरुल विहीबार पनि बैंक तथा वित्तीय