सिसासको १५ औँ वार्षिकउत्सव कार्यक्रम सम्पन्न
.jpeg)
सिर्जनशील साहित्यिक समाज सिसासको १५ औँ वार्षिकउत्सव कार्यक्रम सम्पन्न भएको छ ७८ औँ सहिद दिवस तथा १५ औँ वार्षिकउत्सवका अवसरमा आयोजीत कार्यक्रममा सिसासले आफ्नो वार्षिक उत्सव कार्यक्रममा चार जना स्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत समेत गरेको छ ।
सिर्जनशील श्री फाइनान्स साहित्यिक पुरस्कारबाट प्राज्ञ बूँद राना, सिर्जनशील गंगा साहित्यिक पुरस्कारबाट दुर्गा पौड्याल, सिर्जनशील छविलाल साहित्यिक पुरस्कारबाट देवेन्द्रराज शाक्य र सिर्जनशील स्रष्टा सम्मानबाट सुवास रिजाल सम्मानित भएको सिर्जनशील साहित्यिक समाज सिसासका अध्यक्ष शशि पन्थीले जानकारी दिए ।
सम्मानित हुने स्रष्टा प्राज्ञ बूँद रानाको बारेमा स्रष्टा विजय सागर, दुर्गा पौडेलको बारेमा स्रष्टा लता प्रधान, देवेन्द्रराज शाक्यको बारेमा स्रष्टा नारायण प्रसाद भण्डारी र सुवास रिजालको बारेमा स्रष्टा विष्णु प्रसाद गजुरेल बोलेका थिए ।
कार्यक्रम दर्जनौँ स्रष्टाहरुले कविता, गीत, गजल, हाइकु प्रस्तुत गरेका थिए ।
समाजका अध्यक्ष शशि पन्थीको अध्यक्षता, प्राज्ञसभा सदस्य प्राध्यापक डाक्टर कपिलदेव लामिछानेको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रम सहसचिव राजेश चौधरीको स्वागत मन्तव्य र सचिव कमल पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा महोत्सव
भैरहवा फागुन ३, रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा ओमसतिया कला, संस्कृति, खेलकुद तथा कृषि प्रबर्धन महोत्सव–२०७५ शुरु भएको छ

लुम्बिनी बोर्डिङमा खेल महोत्सव सम्पन्न
फागुन , ३ बुटवल ३ सहस्रपथमा रहेको लुम्बिनी बोर्डिङ स्कुलको खेल महोत्सव २०७५ सम्पन्न भएको छ । विद्यालयले २५ बर्ष पार गरेको रजत महोत्सवका अवसरमा
अनटिएफ अवार्डको तयारी पुरा
बुटवल, १ फागुन युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो फेडेरेशन (अनटिएफ)ले अनटिएफ अवार्ड वितरण कार्यक्रमको तयारी पुरा भएको छ । अवार्ड
प्रतिकृया दिनुहोस