नयाँ शक्ति पार्टी नेपाल रुपन्देहीले भैरहवामा हस्ताक्षर अभियान सुरु

भैरहवा 

 

भैरहवामा प¥याप्त सरकारी भवन हुँदाहुँदै प्रदेश सरकारले विभिन्न कार्यालयहरु बुटवल र तिलोत्तमा नगरपालिका भित्र भाडाका भवनमा स्थानान्तरण गर्नु न्यायोचित नभएको भन्दै नयाँ शक्ति पार्टी नेपाल रुपन्देहीले भैरहवामा हस्ताक्षर अभियान सुरु गरेको छ ।

 

यस अगाडी गत मंगलबार प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगर मार्फत् मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र बुझाएको नयाशक्ति पार्टीले बिहिबार देखी हस्ताक्षर अभियानको शुरुवात गरेको पार्टीका  सिद्धार्थनगर कमिटी अध्यक्ष शोभाकान्त नेपालले बताए ।

 

भैरहवामा भवनहरु खाली हुँदाहुँदै मासिक लाखौं रुपैयाँ भाडा तिरेर कार्यालय सार्नु संघीयताको मर्म विपरीत भएको उनको भनाई छ ।

 

गएको असोज ६ गते प्रदेश पाँचको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशानलय भैरहवाको बर्मेली टोलमा रहेको साविक कृषि विकास कार्यालयको भवनमा उद्घाटन गरिएको थियो ।

 

मन्त्री आरती पौडेल, मन्त्रालयका सचिव लगायतको उपस्थितिमा स्थापना गरिएको निर्देशानलय तीन महिना नपुग्दै तिलोत्तमा नगरपालिका वडानम्बर २ र ३ मा भाडाको भवनमा सारिएको छ । ‘भैरहवामा सरकारी स्वामित्वका धेरै भवनहरु छन् ।

 

पार्टीकाले साविक कृषि विकास कार्यालयको स्वामित्वमा २ कठ्ठा जग्गामा ३ तल्ले कार्यालय भवन, ४ कठ्ठामा ४ वटा आवास भवन, राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमको स्वामित्वमा ५२ विगाहा क्षेत्रफलमा १५ भवन, जिल्ला पशुसेवाको १९ कठ्ठा जग्गामा ५ भवन, पशु क्वारेन्टाइन चेकपोष्ट बेलहियामा २ वटा भवन, क्वारेन्टाइन कार्यालयको २ वटा भवन, मत्स्य विकास केन्द्रको २३ हेक्टर जमिनमा १५ भवन, साविक जिल्ला डिमिजन शसकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको भवन खाली हुँदाहुँदै मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयकै संलग्नतामा षड्यन्त्रपूर्वक र आर्थिक लाभका लागि कृषि निर्देशनालय र पशुपंक्षी तथा मत्स्य निर्देशनालय तिलोत्तमा नगरपालिकामा निजी भवनमा भाडामा राखिएको भन्दै भत्र्सना गरेको छ 

प्रतिकृया दिनुहोस

ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा महोत्सव

भैरहवा फागुन ३,   रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा ओमसतिया कला, संस्कृति, खेलकुद तथा कृषि प्रबर्धन महोत्सव–२०७५ शुरु भएको छ

लुम्बिनी बोर्डिङमा खेल महोत्सव सम्पन्न 

  फागुन , ३  बुटवल ३ सहस्रपथमा रहेको लुम्बिनी बोर्डिङ स्कुलको खेल महोत्सव २०७५ सम्पन्न भएको छ । विद्यालयले २५ बर्ष पार गरेको रजत महोत्सवका अवसरमा

अनटिएफ अवार्डको तयारी पुरा

बुटवल, १ फागुन     युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो फेडेरेशन (अनटिएफ)ले अनटिएफ अवार्ड वितरण कार्यक्रमको तयारी पुरा भएको छ ।   अवार्ड