चौतारी लघुवित्तको संचालक समिति सदस्यमा पाण्डे नियुक्त
.jpeg)
चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड बुटवलले संचालक समितिमा रिक्त रहेको पदमा लेखनाथ पाण्डेलाइ मनोनित गरेको छ ।
७ सदस्यिय संचालक समिति रहेको चौतारीमा रिक्त पदमा संस्थापक समुह क बाट बांकी कार्यकालका लागि ईन्जिनियर पाण्डेलाइ मनोनयन गरेको हो ।पाण्डेलाई संस्थाका अध्यक्ष जगत बहादुर पोखरेललले आजै पद तथा गोपनियताको सपथ ग्रहण गराउभएको छ ।
ईन्जिनियरिंग विषय अध्ययन गरी विभिन्न गैरसरकारी संस्था, सरकारी सेवा, शैक्षिकप्रशासनतथा ईन्जिनियरिंग कन्सलटेन्टका रुपमा २६ वर्षको लामो अनुभव संगाल्नु भएका पाण्डेले आफुलाई संस्थाले सक्षम ठानी मनोनयन गरेकोमा धन्यबाद दिनुभयो ।
उहाले चौतारीलाइ सबल बनाउन आफु हर तरहले प्रयासरत रहने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा संस्थाका संचालकद्वय पुष्पराज ढकाल र तिलक भुसाल,
प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव लक्ष्मण घिमिरे लगायतले बोल्नुभएको थियो ।

ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा महोत्सव
भैरहवा फागुन ३, रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा ओमसतिया कला, संस्कृति, खेलकुद तथा कृषि प्रबर्धन महोत्सव–२०७५ शुरु भएको छ

लुम्बिनी बोर्डिङमा खेल महोत्सव सम्पन्न
फागुन , ३ बुटवल ३ सहस्रपथमा रहेको लुम्बिनी बोर्डिङ स्कुलको खेल महोत्सव २०७५ सम्पन्न भएको छ । विद्यालयले २५ बर्ष पार गरेको रजत महोत्सवका अवसरमा
अनटिएफ अवार्डको तयारी पुरा
बुटवल, १ फागुन युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो फेडेरेशन (अनटिएफ)ले अनटिएफ अवार्ड वितरण कार्यक्रमको तयारी पुरा भएको छ । अवार्ड
प्रतिकृया दिनुहोस