बाल सुधार गृह बाट ६ जना फरार , दुई दिन पछि रिहा हुने पनि भागे

। 
भैरहवामा माघ २९,
बाल सुधार गृहमा रही बिभिन्न अपराधमा सजाय भोगी रहेको संम्लग्न ६ जना थुनुवा कैदि सोमबार राती फरार भएका छन् । 
भैरहवामा रहेको बाल सुधार गृहमा रहेका चोरी मुद्धामा सम्लग्न चार र जबरजस्ती करणी मुद्धामा सम्लग्न दुई गरी ६ जना कैदि थुनुवाहरु फरार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख हृदय थापाले जानकारी दिए । भाग्ने क्रममा लहै लहैमा लागेर दुई दिन पछि छुट्ने थुनुवा पनि भागेका छन् प्रहरी प्रमुख थापाले भने ।
कारागारलाई बाल मैत्रि बनाउनका लागी गत बर्ष देखी १८ वर्ष मुनिका पुरुष कैदी र थुनुवालाई जिल्ला कारागार देखी बाहीर बाल सुधार गृह राख्न थालीएको थियो । सोमबार राती १२ बजेको समयमा उनिहरुले सुधार गृहमा रहेको आफुहरु बस्ने कोठाको झ्याल निकाली त्यसबाट बाहीर निस्कीएर कम्पाण्ड वालमा लगाएको काडेतार हटाएर फरार भएको सुधार गृहका प्रमुख सुभद्रा गौतमले बताईन । सुधार गृह असईको कमाण्डमा १० जना प्रहरी सुरक्षार्थ रहेका थिए । 
फरार हुनेमा जबरजस्ती करणी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका देवदह नगरपालिका ७ रुपन्देहीका १६ वर्षीय जीवन खत्री, जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद सजाय भुक्तान गरिरहेका नौबाहिनी गाउँपालिका ४ प्युठानका १६ वर्षीय सुरेश घर्ती रहेका छन् । 
त्यसैगरी चोरी मुद्दामा एक महिना १५ दिन सजाय र ८८ हजार एक सय रुपैयाँ जरिवाना तोकिएर तानसेन नपा ३ पाल्पाका १७ वर्षीय सन्दीप रणपाल छन् । त्यस्तै चोरी मुद्दामा एक महिना कैद र २ लाख ५२ हजार जरिवाना तोकिएर सजाय भुक्तान गरिरहेका विरुवा गापा ४ स्याङ्जाका १७ वर्षीय अनिश थापा,  चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका गाईघाट नेपालटार ३ उदयपुरका १७ वर्षीय सिद्धार्थजंग लामा (सविन पौडेल) र चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बुटवल उपमनपा ८ का १५ वर्षीय राजेश सुनार फरार भएका हुन ।
सुधार गृहमा ७२ जना रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा महोत्सव

भैरहवा फागुन ३,   रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा ओमसतिया कला, संस्कृति, खेलकुद तथा कृषि प्रबर्धन महोत्सव–२०७५ शुरु भएको छ

लुम्बिनी बोर्डिङमा खेल महोत्सव सम्पन्न 

  फागुन , ३  बुटवल ३ सहस्रपथमा रहेको लुम्बिनी बोर्डिङ स्कुलको खेल महोत्सव २०७५ सम्पन्न भएको छ । विद्यालयले २५ बर्ष पार गरेको रजत महोत्सवका अवसरमा

अनटिएफ अवार्डको तयारी पुरा

बुटवल, १ फागुन     युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो फेडेरेशन (अनटिएफ)ले अनटिएफ अवार्ड वितरण कार्यक्रमको तयारी पुरा भएको छ ।   अवार्ड