ताजा खबर

तेस्रो नेपाल मारबाडी टि–२० क्रिकेट,,उपाधि लुम्बिनी लायन्स भैरहवालाई

लुम्बिनी लायन्स भैरहवाले तेस्रो नेपाल मारबाडी टि–२० क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । विराटनगर च्यालेन्जर्शलाई १० विकेटले पराजित गर्दै भैरहवाले उपाधि जितेको हो । जितसँगै उसले नगद ७५ हजार रुपैयाँ र ट्रफी हात पार्यो । उपविजेता जनकपुरले ३५ हजार रुपैयाँ र ट्रफी पायो । 
काठमाडौंको कीर्तिपुरस्थित रंगशालामा जितका लागि जनकपुरबाट पाएको ९८ रनको लक्ष्य भैरहवाले विना क्षति ९.१ ओभरमा पुरा गर्यो । उसको जितमा सुभम अग्रवालले ६६ रनको पारी खेले । यस्तै शौरभ अग्रवालले २२ रन बनाए । 
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले ९ विकेटको क्षतिमा ९७ रन बनाएको थियो । उसका लागि धिरज शर्माले ४० रन बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो अंक बटुल्न सकेनन् । उसलाई सस्तैमा समेट्न बलिङमा भैरहवाका सोमेस अग्रवालले ३ तथा रौनक अग्रवालले २ विकेट लिए । सुभम अग्रवाल म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता नेपाल राष्ट्रिय मारबाडी युवा संगठनको आयोजनामा भएको थियो ।
यसैबीच विजयि भएर भैरहवा आएको टिमलाई नेपाल मारबाडी युवा संगठनले गौतमबुद्ध विमानस्थलमा भव्य स्वागत गरेको छ । राष्ट्रिय खेलमा भैरहवा र यस क्षेत्रको प्रतिनिधित्व गर्दै विजयी भएको भन्दै उनीहरुलाई स्वागत गरिएको संगठनका सदस्य रवि पारिखले बताए । स्वागत पश्चात् खेलाडीहरुलाई भैरहवा बजार परिक्रमा गराइएको थियो ।

प्रतिकृया दिनुहोस

क्रिकेटर सन्दिप लामिछाने वर्षको उत्कृष्ट युवा खेलाडी बने

क्रिकेटर सन्दिप लामिछाने वर्षको उत्कृष्ट युवा खेलाडी बनेका छन् । पल्सर स्पोर्टस अवार्डमा चार प्रतिस्पर्धीलाई पछि पार्दै लामिछानले अवार्ड जितेका

सडक बालबालिकाहरुको विश्वकप फुटबल खेल्ने नेपाली टोलीको बिदाई

  वैशाख २३ – प्रधानमन्त्री केपी शर्मा ओलीले मस्कोमा आयोजना हुने सडक बालबालिकाहरुको विश्वकप स्ट्रिट चाइल्ड वल्र्डकप फुटबल ‘द फ्यूचर डिपेन्ड्स

आइपीएलमा दिल्ली र राजस्थाबीच प्रतिस्पर्धा हुने

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्र्तगत आज पनि एक मात्र खेल हुने भएको छ । दिल्लीको फिरोज साह कोटला मैदानमा हुने आजको खेलमा दिल्ली डेयर डेविल्स र