ताजा खबर

फ्रान्समा मजदुरको प्रदर्शन, २ सय पक्राउ ।।

फ्रान्समा मजदुरले प्रदर्शन गरेका छन् । मजदुर दिवसका अवसरमा निकालिएको र्यालीमा सहभागी २ सय जना पक्राउ परेका छन् । राष्ट्रपति इमानुयल म्याक्रोनको श्रमिक सुधारको योजना बिरुद्ध आयोजना गरिएको शान्ति र्यालीमा उग्र वामपन्थी समूहले हस्तक्षेप गरेपछि झडपसमेत भएको थियो । सो समूहका कार्यकर्ताले शन्तिपूर्ण र्यालीमा प्रवेश गरी जथाभावी तोडफोड र आगजनी गरेपछि उनीहरुलाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । उनीहरुले पेरिस शहरका धेरै पसलमा आगजनी, तोडफोड र सवारी साधनमा क्षति पुर्याएका छन् । हिंसात्मक घटना नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार र पानीका फोहोरा प्रयोग गरेको थियो । त्यस क्रममा चार जना सामान्य घाइते भएका छन् ।  

 

प्रतिकृया दिनुहोस

स्वेच्छिक मृत्युका लागि देश छाडे १०४ बर्षका वैज्ञानिकले ।।

विदेशका खबर अष्ट्रेलियामा १०४ वर्षीय वैज्ञानिकले मृत्युका लागि अनौठो अभ्यास गरेका छन् । वैज्ञानिक डेविड गुडअलले स्वेच्छिक मृत्युका लागि आफ्नो देश

आइपीएलमा दिल्ली र राजस्थाबीच प्रतिस्पर्धा हुने

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्र्तगत आज पनि एक मात्र खेल हुने भएको छ । दिल्लीको फिरोज साह कोटला मैदानमा हुने आजको खेलमा दिल्ली डेयर डेविल्स र

नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ ।।

यही चैत १३ गते कतार दोहाको सुहइम बिन स्टेडियममा हुने यमनविरुद्धको दोस्रो लिग खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरिएको छ । एएफसी एसियन कप छनोटअन्तर्गत्