आइपीएलमा दिल्ली र राजस्थाबीच प्रतिस्पर्धा हुने

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्र्तगत आज पनि एक मात्र खेल हुने भएको छ । दिल्लीको फिरोज साह कोटला मैदानमा हुने आजको खेलमा दिल्ली डेयर डेविल्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति साढे बजेबाट सुरु हुनेछ । यसअघि गयराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर १४ रनले विजयी भएको छ । बैंगलोरको एम चिन्नास्वामी क्रिकेट मैदानमा भएको हिजोको खेलमा टस हारेर पहिले ब्याटिगं गरेको बैंगलोरले निर्धारित २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । १ सय ६८ रनको लक्ष्य लिएर मैदानमा उत्रेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ५३ रन मात्र बनाउन सक्यो । जितपछि बैंगलोर अंक तालिकाको पाँचौ स्थानमा उक्लेको छ भने मुम्बई अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ । 

 

प्रतिकृया दिनुहोस

बुटवलमा पहिलो पटक मुख्यमन्त्री कप व्याडमिन्टन प्रतियोगिता हुँदै

बुटवलमा पहिलो पटक प्रदेश स्तरीय मुख्यमन्त्री कप व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल व्याडमिन्टन क्लवको आयोजनामा आगामी पुसको १ गतेदेखि तीन

सन्दीप लामिछाने कलेज भर्ना, क्रिकेटसँगै पढाई पनि अघि बढाउने दावी

          १८ मंसिर, काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चित बनेका युवा क्रिकेटर सन्दीप लामिछाने कलेज भर्ना भएका छन् । उनले

उपाधिका लागि ब्रेभ गोर्खा र गुल्मी भिड्दै

                             सैनामैना महोत्सवमा चलिरहेको भलिबल प्रतियोगिताको उपाधिका लागि बिहिवार ब्रेभ गोर्खा बुटवल र गुल्मी भलिवल संघ