सडक बालबालिकाहरुको विश्वकप फुटबल खेल्ने नेपाली टोलीको बिदाई

 

वैशाख २३ – प्रधानमन्त्री केपी शर्मा ओलीले मस्कोमा आयोजना हुने सडक बालबालिकाहरुको विश्वकप स्ट्रिट चाइल्ड वल्र्डकप फुटबल ‘द फ्यूचर डिपेन्ड्स अन यू’ मा सहभागी हुने नेपाली टिमलाई बिदाई गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली टिमलाई जितको शुभकामनासहित बिदाई गर्नुभयो । कार्यक्रममा नेपाली टिमलाई विश्वकपमा लैजान सक्रिय संस्था सेल्टर आश्रय नेपालसँगै विभिन्न प्रायोजकहरुको सहभागिता रहेको थियो ।

बिदाई कार्यक्रममा प्रधानमन्त्री ओलीले तयारीका बारेमा आफूलाई पूर्ण जानकारी नभए पनि नेपाली टिमले सफलता हात पार्ने विश्वास व्यक्त गर्नुभयो । ‘इमान्दारिता र आत्मविश्वास सफलताको पहिलो आधार हो । तपाईँहरु इमान्दार भएर खेल्नुहोस् ।’ प्रधानमन्त्री ओलीले खेलाडीलाई सुझाव दिनुभयो ।

९ जना खेलाडीले मस्कोमा नेपालको प्रतिनिधित्व गर्नेछन् । स्ट्रिट चाइल्ड युनाइटेडको आयोजनामा हुने प्रतियोगिता सेभेन ए साइडको आधारमा सञ्चालन हुनेछ ।
नेपाली टिम बुधबार मस्को प्रस्थान गर्नेछ ।

प्रतिकृया दिनुहोस

बुटवलमा पहिलो पटक मुख्यमन्त्री कप व्याडमिन्टन प्रतियोगिता हुँदै

बुटवलमा पहिलो पटक प्रदेश स्तरीय मुख्यमन्त्री कप व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल व्याडमिन्टन क्लवको आयोजनामा आगामी पुसको १ गतेदेखि तीन

सन्दीप लामिछाने कलेज भर्ना, क्रिकेटसँगै पढाई पनि अघि बढाउने दावी

          १८ मंसिर, काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चित बनेका युवा क्रिकेटर सन्दीप लामिछाने कलेज भर्ना भएका छन् । उनले

उपाधिका लागि ब्रेभ गोर्खा र गुल्मी भिड्दै

                             सैनामैना महोत्सवमा चलिरहेको भलिबल प्रतियोगिताको उपाधिका लागि बिहिवार ब्रेभ गोर्खा बुटवल र गुल्मी भलिवल संघ