ताजा खबर

राष्ट्र बैंकद्वारा यातायात समितिका बैंक खाता रोक्का

 

२३ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले सिन्डिकेट पक्षधर यातायात समितिको नाममा रहेको बैंक खाता रोक्का गरेको छ ।

गृह मन्त्रालयको निर्णयअनुसार यातायात व्यवस्था विभागले शुक्रबार यातायात नचलाउने समितिहरुको बैंक खाता रोक्का गर्न सिफारिस गरेको थियो । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले आइतबार विभिन्न समितिको बैंक खाता रोक्का गरिएको जानकारी दिए ।

‘हामीलाई जति समितिको खाता रोक्का गर्न अनुरोध भएर आएको छ, तिनको बैंक खाता रोक्का गरेका छौं’ प्रवक्ता पौडेलले भने । समितिको संख्या भने उनले खुलाएनन् ।

खाता रोक्का गर्न विवरण पठाउने क्रम जारी नै रहेकाले संख्या बढ्न सक्ने उनले बताए ।

सरकारले अनुमति दिएको खण्डमा मात्रै रोक्का गरिएको बैंक खाता फुकुवा गर्न सकिने राष्ट्र बैंकका प्रवक्ता पौडेलले बताए । ‘सरकारले खाता फुकुवा गर्न निर्देशन दिएको खण्डमामात्रै खाता फुकुवा गर्न सकिन्छ’ उनले भने ।

सरकारले शुक्रबार नै सिन्डिकेट पक्षधर यातायात समितिको बैंक खाता रोक्ने निर्णय गरेको थियो ।

online khaber

प्रतिकृया दिनुहोस

सीमा समस्या स्थानीय स्तरमा सुल्झाउनु उचीत ः पुर्व उपराष्ट्रपति झा

पुर्व उपराष्ट्रपति परमान्द झा ले दुइ देशीय सीमामा भईरहने समस्या स्थानीय स्तरको समझदारीमा सुल्झाएमा प्रभावकारी हुने बताएका छन् । नेपाल भारत मैत्री

सरकारले घटायो आर्थिक वृद्धिको लक्ष्य

सरकारले चालू आर्थिक वर्षमा लिइएको आर्थिक वृद्धिको लक्ष्य घटाएको छ । अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षामार्फत आर्थिक वृद्धिको लक्ष्य संशोधन