ताजा खबर

दीपलाई उपाधि

बुटवलमा जारी स्व.रसुल शेख अन्तरमावि क्रिकेट प्रतियोगिता २०७५ को उपाधि दीप बोर्डिङ्ग स्कुलले हात पारेको छ । बुटवल युथ स्पोटर्स क्लबको आयोजनामा ढवाहाको क्रिकेट खेलमैदानमा भएको फाईनल खेलमा दीपले महाबिर ईगलिस बोर्डिङ्ग स्कुललाई ७ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो । प्रतियोगितामा विजेता टिमले नगद २० हजार, ट्रफी, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद १० हजार, ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन । खेलमा टस जितेको दीपले ब्याटिङ्गको निम्तो दिएपछि मैदान छिरेको महाबिरले १८.४ ओभरमा पुरै बिकेट गुमाएर केवल ७५ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि साजन परियारले २८, मोहमद आशिफ शाह र सुनिल गुरुङ्गले समान १०–१० रन बनाएका थिए । दीपका पोषण सुवेदीले ३ तथा रबिन चन्द र सन्देश भट्टराईले समान २–२ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको दीपका ब्याट्सम्यानहरुले १४.५ ओभरमा केवल ३ विकेटको नोक्सानीमा जित निकालेको थियो । दीपका लागि अमन रानाले ३२ तथा प्रशिद्ध खनालले २५ रनको योगदान दिएका थिए । महाबिरका विनय राना र दिपेश प्रधानले समान १–१ विकेट लिएका थिए । खेलमा दीपका अमन राना म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।
प्रतियोगितामा न्यु लाईट बोर्डिङ्गका बिनय बस्नेत उत्कृष्ट ब्याट्समेन, नयागाउ माविका सन्जोग थापा उत्कृष्ट बलर तथा शान्ति नमुना माविका जय गोदार म्यान अफ दी सिरिजबाट पुरस्कृत भएका थिए । 
प्रतियोगिताका विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई बुटवल उमपहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदी, जिल्ला क्रिकेट संघका अध्यक्ष प्रशान्तबिक्रम मल्ल, क्रिकेट खेलप्रेमी रोमित बज्राचार्यले संयुक्त रुपमा पुरस्कार बितरण गरेका थिए । कार्यक्रममा बोल्दै उपमहानगरपालिकाका नगरप्रमुख सुवेदीले नगरस्तरमा खेलकुदको विकास गर्ने लक्ष्यसहित काम अघि बढेको बताए । कार्यक्रममा जिल्ला क्रिकेट संघका अध्यक्ष मल्लले राष्ट्रिय क्रिकेटमा रुपन्देहीको योगदान महत्वपूर्ण रहेको भन्दै नगरस्तरमा पूर्वाधार विकास गर्नेतर्फ स्थानिय सरकार लाग्नुपर्ने बताए ।   
कार्यक्रममा क्लबका अध्यक्ष राकेश अग्रहरी, खेल संयोजक नेत्र पौडेलले प्रतियोगिता आयोजनामा धेरै चुनौती रहेको भन्दै यसमा स्थानिय सरकारबाट सहयोग हुनुपर्ने बताए । 

 

प्रतिकृया दिनुहोस

सिद्धार्थ उधोग बाणिज्य संघले भैरहवामा मंसिर २० गते देखि लुम्बिनी राष्ट्रिय महोत्सव गर्ने ।

भैरहवा असोज २५,  सिद्धार्थ उधोग बाणिज्य संघले भैरहवाले मंसिर २० गते देखि लुम्बिनी राष्ट्रिय महोत्सव २०७५ आयोजना गर्ने भएको छ । सिदार्थनगर उधोग

लुम्बिनी मल्टीप्रपोज एग्रिकल्चर बुटवलमा

                              प्रदेश नम्बर ५ की भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले अवको ५ बर्षमा उत्पादनलाई दोब्बर बढाउने

सियारी गांउपालीका वडानं ७ अमवामा निशुल्क आंखा शिबिर सम्पन्न

भैरहवा असोज २५, बिश्व दृष्टी दिवसका अवसरमा लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान श्री रण अम्बिका आंखा अस्पताल रुपन्देहीले सियारी गांउपालीका वडानं ७