ताजा खबर

विपन्न परिवारको उपचारमा सहयोग ।।

विभिन्न देशमा बैदेशीक रोजगारीको क्रममा रहेका र केही नेपालमै बस्दै आएका युवाहरुको समुह तीनजुरे मिडिया ग्रुपले सङ्खुवासभाका दुई बिरामीहरुलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । मिडिया ग्रुपले सभापोखरी गाउँपालिकाका मृगौला पीडित २७ बर्षिया कविता विश्वकर्मा र चैनपुर नगरपालिका ७ फलाँटेका ११ बर्षिया रुपा रम्तेलको उपचारका लागि रकम उपलब्ध गराएको हो । रोजगारीका लागि विभिन्न देशमा रहेका युवाहरुको सक्रियतामा सङ्कलन गरेको उक्त सहयोग रकम मंगलबार एक कार्यक्रमको आयोजना गरि रेडक्रस जिल्ला सभापति सरोज कुमार बज्राचार्यको मार्फत बिरामीका परिवारलाई हस्तान्तरण गरिएको हो । विश्वकर्मा र रम्तेलको उपचारमा आर्थिक अभाव भएपछि परिवारले सहयोगको लागि अनुरोध गरेको थियो । मिडिया ग्रुपमा आबद्ध युवाहरुले जनही १५ हजारका दरले बिरामीलाई सहयोग गरेका हुन् । यो बिसौं मानवीय सहयोग भएको बताउँदै गु्रपले बिदेशमा दुख गरिरहेका नेपालीहरुबाट संकलन गरिएको ७ लाख विभिन्न जिल्लामा समस्यामा परेकाहरुलाई हस्तान्तरण गरिसकेको बताएको छ । 

प्रतिकृया दिनुहोस

कैदीबन्दी झडपमा दुई घाइते 

पाल्पा– जिल्ला कारागारका कैदीबन्दी आन्दोलित भएका छन । कारागारका चौकीदार, नाइके, भाई नाइके लगायत चारजनाको सरुवा माग गर्दै उनीहरु आन्दोलनमा उत्रेका

बुटवल महिला जेसिजको सप्ताहव्यापि अभियानको तेस्रो दिन

 सीद्धेश्वरी लालकुमारी माबि बुटवलमा कल्पना तिवारी, ३०,श्रावण बुटवल महिला जेसिजले अवार गल्र्स फर बेटर चेन्ज भन्ने नारासंगै आयोजना गरेको

तिलोत्तमामा करका बिरुद्ध संघर्ष समिति गठन

   तिलोत्तमा नगरपालिकाले लगाएको एकिकृत सम्पत्ति कर तथा अन्य करका बिरुद्ध संघर्ष गर्दै आएको नेपाली काँग्रेसले वडा वडामा संघर्ष समिति गठन गर्ने