ताजा खबर

तिलोत्तमालाई भू–उपयोग नक्सा हस्तान्तरण

 

राष्ट्रिय भू–उपयोग आयोजनाले रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई भू–उपयोग नक्सा हस्तान्तरण गरेको छ । आयोजनाले नगरको भू–उपयोग नक्सा तथा विवरणसहितको प्रतिवेदन बिहीबार हस्तान्तरण गरेको हो । मुलुकमैं पहिलो पटक तिलोत्तमा नगरपालिकालाई भू–उपयोग नक्सा हस्तान्तरण गरिएको आयोजनाले जनाएको छ ।यो कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय मातहतको आयोजना हो । तराईका २० जिल्लाको नक्सा तयार पारिसकेको आयोजनाले विस्तारै पहाडी र हिमाली जिल्लाहरुको समेत नक्सा तयार पार्ने क्रममा रहेको छ ।

         प्रतिवेदन हस्तान्तरण गर्दै आयोजनाका सर्वे अधिकृत ईञ्जिनियर सुमिर कोइरालाले नगरपालिकाले दिएको चासोका कारण मुलुकमैं पहिलो पटक तिलोत्तमालाई भू–उपयोग नक्सा हस्तान्तरण गरिएको जानकारी दिनुभयो । नगरपालिकाले स्थानीय स्तरमा भू–उपयोग योजना बनाउन थालिएको जानकारी गराउँदै आयोजनालाई नक्सा उपलब्ध गराउन गत चैत्रमा आग्रह गरेको थियो । आयोजनाले तराईका अधिकांश जिल्लाहरुको भू–उपयोग नक्सा तयार पारिसकेको र अन्य स्थानीय तहलाई क्रमशः नक्सा हस्तान्तरण गरिने आयोजनाले जनाएको छ । नक्सा ग्रहण गर्दै तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले भूमिको उपयोग, नियमन र व्यवस्थापनमा आयोजनाले उपलब्ध गराएको नक्सालाई प्रयोग गरिने बताउनुभयो । ‘नक्साका आधारमा कुन–कुन क्षेत्रको जग्गालाई कुन रुपमा प्रयोग गर्न सकिन्छ भन्ने विषय प्रष्ट हुनेछ ।’ नगर प्रमुख घिमिरले भन्नुभयो–‘यसले कृषि क्षेत्रको संरक्षण, योजनाबद्ध र व्यवस्थित आवासीय, व्यवसायिक, औद्योगिक क्षेत्रको निर्धारणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

                      नक्साका आधारमा भूमिस्रोतको अधिकतम उपयोगका लागि वर्गीकरण र यसरी गरिएको वर्गीकरणका आधारमा भूमिको संरक्षण, व्यवस्थापन र उपयोग गर्न सहयोग मिल्ने नगरपालिकाले जनाएको छ । नक्साका आधारमा कृषि, आवासीय, व्यवसायिक, औद्योगिकलगायतका क्षेत्र निर्धारण गर्न सहज हुनुका साथै  योजनाबद्ध सहरीकरण, कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने, उपयोगमा नरहेको भूमिको समुचित प्रयोगको व्यवस्थापनमा टेवा पुग्ने नगरपालिकाको विश्वास छ ।

प्रतिकृया दिनुहोस

कैदीबन्दी झडपमा दुई घाइते 

पाल्पा– जिल्ला कारागारका कैदीबन्दी आन्दोलित भएका छन । कारागारका चौकीदार, नाइके, भाई नाइके लगायत चारजनाको सरुवा माग गर्दै उनीहरु आन्दोलनमा उत्रेका

बुटवल महिला जेसिजको सप्ताहव्यापि अभियानको तेस्रो दिन

 सीद्धेश्वरी लालकुमारी माबि बुटवलमा कल्पना तिवारी, ३०,श्रावण बुटवल महिला जेसिजले अवार गल्र्स फर बेटर चेन्ज भन्ने नारासंगै आयोजना गरेको

तिलोत्तमामा करका बिरुद्ध संघर्ष समिति गठन

   तिलोत्तमा नगरपालिकाले लगाएको एकिकृत सम्पत्ति कर तथा अन्य करका बिरुद्ध संघर्ष गर्दै आएको नेपाली काँग्रेसले वडा वडामा संघर्ष समिति गठन गर्ने