ताजा खबर

तिलोत्तमाले लियो बजेट, नीति तथा कार्यक्रम सम्बन्धी सुझाव


रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६
को बजेट, नीति तथा कार्यक्रम तर्जुमाको सन्दर्भमा बिहीबार सरोकारवालासँग
अन्तरक्रिया गरेको छ । नगरपालिकाले आगामी वर्षको बजेट, नीति तथा
कार्यक्रमका समेट्नुपर्ने विषयका सन्दर्भमा सरोकारवालाहरुसँग सुझाव लिन
अन्तरक्रिया आयोजना गरेको हो ।
अन्तरक्रियामा विभिन्न राजनीतिक दल, संघ–संस्थाका प्रतिनिधि, विज्ञहरुको
सहभागिता रहेको थियो । सहभागीहरुले पूर्वाधार विकासका कामलाई
प्राथमिकतामा राखेर बजेट निर्माण गर्न नगरपालिकालाई सुझाव दिएका छन् । बजेट चारैतिर छर्नुभन्दा देखिने गरी पूर्ण रुपमा सम्पन्न हुनेगरी योजना बनाउनुपर्नेमा जोड दिँदै उनीहरुले बजेटमा शिक्षा, स्वास्थ्य, सडक र कृषिलाई विशेष महत्वका साथ समावेश गरिनुपर्ने सुझाव दिए । बजेट, नीति तथा कार्यक्रमले भएका सडकहरुको सुधार, विपन्न समुदायको उत्थानमा सहयोग, आयआर्जन र स्वरोजगारलाई प्रोत्साहन, किसानलाई मल, बिऊबिजनमा विशेष सहुलियत जस्ता विषयलाई सम्बोधन गर्नुपर्ने सुझाव सहभागीहरुको छ । यस्तै फोहोरमैला व्यवस्थापन, सामूहिक कृषि प्रणाली, स्वास्थ्य बीमा,
सामुदायिक विद्यालयहरुको भौतिक तथा शैक्षिक गुणस्तरमा सुधार, पर्यटन प्रवद्र्धन,
खेलकुदलगायतका विषयलाई पनि यथोचित सम्बोधन गर्नुपर्ने सुझाव
सहभागीहरुको छ । अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले आगामी
बजेटमा शिक्षा, स्वास्थ्य, कृषिलाई बढी महत्व दिएर बजेट विनियोजन गर्न
चाहेको उल्लेख गर्नुभयो । नगरपालिकाले अघि सारेका विकासका ठूला
आयोजनाका बारेमा जानकारी गराउँदै नगर प्रमुख घिमिरेले आगामी बजेटको
कुल आकार एक अर्ब १९ करोड हुने प्रक्षेपण गरिएको जानकारी गराउनुभयो ।
उप–प्रमुख जागेश्वरी चौधरीले बजेटलाई सकेसम्म यथार्थ र परिणाममुखी बनाउन
खोजिएको बताउनुभयो । यस्तै प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद
सापकोटाले गतिशील दृष्टिकोणका साथ बजेट तथा कार्यक्रम निर्माण गर्न
लागिएको जानकारी गराउँदै ‘नो–कष्ट’ बाट गर्न सकिने कार्यक्रमलाई समेत
प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो । तिलोत्तमा नगरपालिकाले आगामी असार
१ गते नीति तथा कार्यक्रम र असार १० गते नगरसभामा बजेट पेश गर्ने जनाएको छ

नगर प्रवक्ता सुरेन्द्र श्रीले सञ्चालन गरेको अन्तरक्रिया कार्यक्रममा नेकपा
एमालेका प्रदेश कमिटी सदस्य गोपाल भट्टराई, नेपाली कांग्रेसका तिलोत्तमा
नगर सभापति हरिलाल पाण्डे, नगरपालिकाका कानुनी सल्लाहका खुमकान्त पौडेल,
शिक्षाविद् टेकबहादुर थापा, मोहनराज शर्मा, बाबुराम भण्डारी, युवराज कंडेल,
टिकाराम घिमिरे, डा. भोजराज कडेरिया, डा. खगराज शर्मा, डा. कृष्ण शर्मा
पौडेल, लक्ष्मण ज्ञवाली, तुलसी सापकोटा, नेत्र वन, ध्रुव धिताल, युवराज
न्यौपाने, जेपी कंडेल, रविन्द्र आचार्य, देवानन्द पाण्डे, डायलसन अधिकारी,
ईन्दिरा अर्याल, मिनांक्षी न्यौपाने, मोती न्यौपाने, सरिता श्रीस, राधा
थापालगायतले विभिन्न विषयमा सुझाव दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस

कैदीबन्दी झडपमा दुई घाइते 

पाल्पा– जिल्ला कारागारका कैदीबन्दी आन्दोलित भएका छन । कारागारका चौकीदार, नाइके, भाई नाइके लगायत चारजनाको सरुवा माग गर्दै उनीहरु आन्दोलनमा उत्रेका

बुटवल महिला जेसिजको सप्ताहव्यापि अभियानको तेस्रो दिन

 सीद्धेश्वरी लालकुमारी माबि बुटवलमा कल्पना तिवारी, ३०,श्रावण बुटवल महिला जेसिजले अवार गल्र्स फर बेटर चेन्ज भन्ने नारासंगै आयोजना गरेको

तिलोत्तमामा करका बिरुद्ध संघर्ष समिति गठन

   तिलोत्तमा नगरपालिकाले लगाएको एकिकृत सम्पत्ति कर तथा अन्य करका बिरुद्ध संघर्ष गर्दै आएको नेपाली काँग्रेसले वडा वडामा संघर्ष समिति गठन गर्ने