ताजा खबर

गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवलले पाल्पाको तान्सेनमा डायलाइसिस सेवा संचालन गर्ने


गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवलले पाल्पाको तान्सेनमा डायलाइसिस सेवा संचालन गर्ने भएको छ । प्रदेश नंं. ५ को विभिन्न जिल्लामा डायलाइसिस सेवा प्रदान गर्ने उद्देश्य लिएको अस्पतालले पाल्पाको तानसेनबाट युनिट बिस्तारको सुरुवात गर्ने तयारी गरेको हो 
पाल्पामा डायलाइसिस सेवा नभएका कारण त्यस क्षेत्रका  बिरामीलाई हप्ताको २ पटक डायलाइसिस गर्न बुटवल आउनु पर्ने बाध्यता रहेकोले उक्त बाध्यतालाई कमगर्न पाल्पामा सेवा बिस्तारको तयारी गरिएको अस्पतालले जनाएको छ  । 
पहिलो चरणमा पाल्पाको तानसेनमा १० वटा मेसिन जडान गरि सेवा प्रदान गर्ने लक्ष्य रहेको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए । तानसेनमा सेवा संचालन भएपछि पाल्पा,गुल्मी र स्याङ्गजाका बिरामीहरुलाई सुविधा हुने अपेक्षा छ आलमले भने  । 
पाल्पामा डायलाइसिस सेवा संचालन गर्ने सम्बन्धमा तानसेनमा आयोजित छलफल कार्यक्रममा  अस्पतालमा अध्यक्ष एजाज आलमले ४ वर्ष अगाडीबाट सेवा शुरु गरेको अस्पतालले सबैको सहयोगले अस्पताल अगाडी बढेको बताउदै त्यस क्षेत्रकाबिरामीको पिडा कम गर्न पाल्पामा सेवा बिस्तार गर्न लागिएकोले स्थानियको सहयोगको अपेक्षा गरिएको बताए ।   
अस्पताल व्यवस्थापन, सरकारी कार्यालय,जनप्रतिनिधीको बिचमा भएको छलफल कार्यक्रममा बिरामीले हप्तामा २ बुटवल गएर डायलाइसिस गर्ने झन्झट बाट मुक्त गराउन सबैको सहयोग हुने उनले आशा ब्यक्त गरे 
पाल्पाका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले पाल्पामा मुटु अस्पतालले आफनो युनिट संचालन गर्न लाएकोमा खुसी ब्यक्त गरे । जिल्लाका सबै कार्यालय र संघ संस्थाहरुबाट  सहयोग र सहकार्यका लागि आफ्नो तर्फबाट पहल  गर्ने आश्वसन समेत दिए । 
जिल्ला समन्वय समितिका सभापति दयाराज बस्यालले पाल्पा जिल्लाका मृगौलाका बिरामीहरुले अहिले सम्म पाएको दुख अन्त हुने बिश्वास ब्यक्त गर्दै मुटु अस्पतालले पाल्पामै डायलाइसिस सेवा प्रदान गर्दा पाल्पा मात्र नभएर छिमेकी जिल्लाका बिरामीहरु लाई राहत हुने बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा पूर्व सांसद यादव बहादुर रायमाझी, पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पंथ, जिल्ला जनस्वास्थ्य कार्यालयका  प्रमुख डा.पुष्पराज ज्ञवाली, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी पाल्पाका अध्यक्ष बुद्घि प्रसाद शर्मा, खानेपानी उपभोक्ता समितिका अध्यक्ष चकोरमान शाक्य, रोटरी डिष्ट्रिक ३२९२ जोन १७ का एजी प्रदिप प्रसाद उदय, रोटरी क्लब अफ पाल्पाका अध्यक्ष शकुन्तला बज्राचार्य, निर्वाचित अध्यक्ष जगन्नाथ अर्याल, कान्तिपुर दैनिकका उपसम्पादक माधव अर्याल, अस्पतालका सचिव दिनेशराज रेग्मी, कोषाध्यक्ष गणेश अधिकारी, सहसचिव बाबुराम बोहरा, सदस्य तेज कुमार पाठकले आ आफनो सुझाव तथा भनाई  राख्नु भएको थियो ।

 

प्रतिकृया दिनुहोस

‘ईच्छुकको सपनाहरु पूरा भएका छैनन’

          पत्रकार एवं जनवादी साहित्यकार कृष्ण सेन ईच्छुकलाई स्मरण गर्दै बोल्ने वक्ताहरुले ईच्छुकका सपनाहरु पुरा नभएको बताएका छन् । क्रान्तिकारी

ाजमो रुपन्देहीको पाचौ जिल्ला सम्मेलन सम्पन्न आलमको अध्यक्षतामा २६ सदस्यिय नयाँ नेतृत्व चयन

       राष्ट्रिय जनमोर्चा रुपन्देहीको पाँचौं जिल्ला सम्मेलन नया नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । बुटवलमा जेठ ११ र १२ गतेसम्म चलेको सम्मेलनले

संघीय प्रदेश खारेज गर्नुपर्छ ः– चित्रबहादुर केसी

                  राष्ट्रिय जनमोर्चा रुपन्देहीको पांचौ जिल्ला सम्मेलन शुक्रबारदेखि बुटवलमान सुरु भएको छ । संविधान कार्यान्वयन र संघीयता