ताजा खबर

जिपी कोईराला स्मृती छात्रा भलिवल सुरु

बुटवल, १९ जेठ ।

शनिबारदेखि बुटवलमा जिपी कोईराला स्मृती छात्रा भलिवल प्रतियोगिता सुरु भएको छ । जिपी कोईराला स्मृति प्रतिष्ठान बुटवलले आयोजना गरेको प्रतियोगिताको पूर्व राज्य मन्त्री तथा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै सभापति रज्जाकले स्वास्थ्य संगै देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनकालागि पनि खेलकुँदको महत्वपूर्ण भूमिका हुने बताउनु भयो ।

उहाँले सिंह दरवारको अधिकार गाउँगाउँमा पुगेपनि जनताको घरदैलोमा अझै पुग्न नसकेको उल्लेख गर्दै यस तर्फ गम्भिर भएर काम गर्न संघीय, प्रदेश तथा स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य रमा अर्यालले खेलकँदलाई प्राथमिकतामा राखेर बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह गर्नुभयो । प्रदेश सरकारले बजेटको तयारी गरिरहेका बेला उहाँले सरकार प्रति सबैको अपनत्व हुने गरी बजेट बनाउन पनि सुझाव दिनुभयो ।

त्यस्तै बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले अग्रज नेताहरुको स्मृति चिरस्थायी बनाउनकालागि नगरपालिकाले अग्रसतरता लिएको बताउनु भयो । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रतिष्ठानले सञ्चालन गरेको यो प्रतियोगिता चौथो संस्करण हो ।

करिव १ लाख खर्च लाग्ने उक्त प्रतियोगिता सञ्चालनकालागि नगरपालिकाले ७५ हजार रुपैंया वार्षिक सहयोग गर्दै आएको छ । प्रतियोगितामा ६ बिद्यालयका छात्राहरु सहभागि छन् ।

प्रतिष्ठानका अध्यक्ष नन्दराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस महासमिति सदस्य रामबहादुर कार्की, प्रतिष्ठानका उपाध्यक्ष तथा काँग्रेस क्षेत्रीय सभापति हरि लम्साल, बुटवल नगर सभापति खेलराज पाण्डे लगायतले भनाई राख्नुभएको थियो ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा बुटवल उपमहानगरपालिका भित्रका कान्ति माध्यमिक बिद्यालय, नवरत्न माध्यमिक बिद्यालय, बुटवल माध्यमिक बिद्यालय, दीप बोर्डिङ, नविन औद्योगिक कदरबहादु रीता माध्यमिक बिद्यालय र न्यू होराईजन गरी ६ बिद्यालयका टिम प्रतिस्पर्धामा सहभागि भएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्वितीय हुनेलाई ७ हजार ५ सय, तृतीय हुनेलाई ५ हजार तथा सान्त्वना हुने टिमलाई २ हजार रुपैंया नगद पुरस्कार सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानका सचिव तथा खेल संयोजक परमानन्द भट्टराईले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

१८औं लिस्नु कप फुटबल ः

 नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपिपल रुपन्देही कोटिहवामा जारी १८ औं लिस्नुकप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ

फ्रान्स २० वर्ष पछि दोस्रो पटक विश्वकप विजेता बन्न सफल ।। 

विश्वकप फुटबलको २१ औं संस्करणको उपाधि फ्रान्सले हात पारेको छ । गयराति भएको विश्वकप उपाधि भिडन्तमा क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गर्दै

विश्वकप फुटबलको सेमिफाइनल समिकरण पुरा ।।

रुसमाजारी विश्वकप फुटबलको सेमिफाईनल समिकरण पुरा भएको छ । गय रातिआयोजक रुस र क्रोएसियाको खेल सकिएसंगै सेमिफाईनलमापुग्ने अन्तिम ४ टोलीको टुङ्गो