मोतीपुर माविमा विद्यार्थीहरुको समिति पूर्नगठन

बुटवल, २४ जेठ
बुटवल उपमहानगरपालिका वडा नं. १७ स्थित मोतीपुर माविमा अतिरिक्त क्रियाकलापका लागि विभिन्न सदनात्मक समितिहरु पुर्नगठन भएका छन । विद्यार्थीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गर्न उपयोगी हुने भन्दै विभिन्न कार्यक्रमहरु आयोजनाका लागि समेत सदन विभाजन गरिएको हो । रातो सदनको नेतामा विवेक गौडेल, उपनेता पूर्णिमा क्षेत्री
निलो सदनको नेतामा अस्मिता चौधरी र उपनेतामा विष्णु चौधरी, हरियो सदनको नेतामा प्रभास अर्गेली, उपनेतामा एलिसा विक, पहेलो सदनको नेतामा अन्जना कुमाल र उपनेतामा अजय थारु चयन भएका छन । यसैगरि पुर्नगठित सदनलाई आवश्यक सल्लाहसुझाव र सक्रियता गराउनका लागि शिक्षकको संयोजक चयन भएका छन । रातो सदनको संयोजक गणेश राना, भेषराज ढकाल, राजेन्द्र पौडेल र लक्ष्मि कुवर, निलो सदनमा संयोजक लक्ष्मी प्रसाद नेपाल, टिकाराम शर्मा, रनमाया गुरुङ्ग र रनमाया ज्ञवाली, हरियो सदनमा संयोजक जयराम ढकाल, लक्ष्मण खनाल, सीता आत्रय र लिला बिक, पहेलो सदनमा संयोजक उमानन्द घिमिरे, हरिनारायण चौधरी, चन्द्रकला पौडेल र कृष्ण घिमिरेलाई जिम्मा दिईएको छ । यसैगरि विद्यालयमा नियमित अतिरिक्त क्रियाकलाप अन्तरगत बाल क्लब, ईको क्लब र जुनियर रेडक्रस सर्कल समेत गठन भएको छ । 
यसैगरि प्रवास अगार्लीको अध्यक्षतामा ११ सदस्यीय बाल क्लब गठन भएको छ । जसमा  शिक्षक टिकाराम शर्माको संयोजकमा ५ जना सल्लाहकारहरु चयन भएका छन । यसैगरि गिरिराज रेग्मीको अध्यक्षतामा ११ सदस्यीय जुनियर रेडक्रस सर्कल मोतीपुर माविको समिति गठन भएको छ । जसको शिक्षक नायकमा लक्ष्मीप्रसाद नेपाललाई जिम्मेवारी दिईएको छ । विद्यालयमा वातावरण जोगाउने अभियानलाई सार्थकता दिनका लागि विद्यार्थी संगिता घर्तीमगरको अध्यक्षतामा ११ सदस्यीय मोतीपुरमावि ईको क्लब गठन भएको छ । जसमा पाच जना सल्लाहकारहरु र शिक्षक राजेन्द्र पौडेल चयन गरेको छ । विद्यालयले हरेक हप्ता विद्यालयमा शुक्रबार अतिरिक्त क्रियाकलापहरु गर्दे आएको अतिरिक्त क्रियाकलाप प्रमुख शिक्षक नरेन्द्र शर्माले बताए ।

 

प्रतिकृया दिनुहोस

व्यवसायीलाई शान्ति सुरक्षा र लगानीको सवालमा प्रशिक्षण 

  बुटवल २५ असोज रुपन्देहीका होटल व्यवसायीलाई शान्ति सुरक्षा र लगानीको सवालमा प्रशिक्षण प्रदान गरिएको छ ।    होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ

रुपन्देहीको गैडहवा गाउँपालिकाको न्यायिक समितिमा तालाबन्दी

रुपन्देहीको गैडहवा गाउँपालिकाको न्यायिक समितिमा तालाबन्दी गरिएको छ । न्यायिक समिति संयोजक एवं गाउँपालिका उपाध्यक्ष सुभउती यादवले न्यायिक समितिमा

देशका लागि गर्नुपर्ने कामको फेहरिस्त बनाउँदैछु

रेडियो नेपालको सरकारी जागिर छोडेर राप्रपामा प्रवेश गरेकी कोमल वली महाधिवेशनबाट भारी मतले केन्द्रीय सदस्यमा विजयी भएकी थिइन् । राप्रपाबाट उनी