ताजा खबर

अर्घाखांची सिमेन्ट प्रालिद्धारा सियारी गांउपालीकाभित्र रहेका तिन हजार तिन सय बालबालीकाहरुलाई शैक्षिक सामग्री हस्तान्तरण


अर्घाखांची सिमेन्ट उधोग प्रा.लिले सियारी गाउंपालिकाका ४२ विद्यालयका ३ हजार ३ सय विद्यार्थीहरुका लागि शनिबार शैक्षिक सामग्री प्रदान गरेको छ । सियारी गांउपालीका संगको समन्वयमा करिब २० लाख मुल्य बराबरको शैक्षिक सामाग्री प्रदान गरिएको उधोगका संञ्चालक तथा उधोग बाणिज्य महासंघका पुर्ब अध्यक्ष पशुपति मुरारकाले बताए ।
शनिबार एक कार्यक्रमका बिच ५ नं प्रदेशका मुख्य मन्त्री शंकर पोख्रैलले बालबालीकाहरुलाई हस्तान्तरण गरेका थिए । शैक्षिक सामग्री हस्तररण गर्दै ५ नम्बर प्रदेश सरकारका मुख्य मन्त्री शंकर पोख्रेलले प्रधानमन्त्रीको चाहना अनुरुप सबै वालबालिकालाई विद्यालय ल्याउने र टिकाउने सरकारको नितिलाई अर्घाखांची समिेन्टका संचालकहरुले सार्थक बनाउन भुमिका खेलेकोमा आभार प्रकट गरे । सरकारको नीति अनुरुप आर्थिक विपन्नताका कारण विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयसम्म पुरयाउन र टिकाउन अर्घाखांची सिमेन्ट जस्तै अन्य कर्पोरेट संघसंस्थाहरुले तत्परता देखाउनु पर्ने मुख्यमन्त्री पोख्रेलको भनाई छ । 
कार्यक्रममा अर्घाखांची सिमेन्टका प्रमुख संचालक राजेश कुमार अग्रवालले सामाजिक सामुदायिक उत्तरदायित्वका अन्य धेरै कार्यक्रमहरुमा उद्यो्गको तर्फबाट थुप्रै सहयोगका कार्यक्रम गर्दै आईरहेकोमा सियारीको शैक्षिक उन्नतीका लागि सहयोगलाई थप गर्दै लैजाने बताए । सियारी गाउंपालिकाका अध्यक्ष अयोधा थारुको अध्यक्षता,प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराईको स्वागतमा सम्पन्न भएको कार्यक्रममा प्रदेश सभासद तुलसी प्रसाद चौधरी,सन्तोष पाण्डे,पुष्पा चौधरी,जिल्ला समन्वय अधिकारी हरि ज्ञवाली,लगायतको उपस्थििति रहेको थियो । गाउंपालिका कार्यसंग समन्वय गरेर सहयोगलाई अगाडि बढाउंदा थप प्रभावकारी हुने हुंदा आगामि दिनमा पनि यस्ता सहयोगका कार्यक्रम गर्न सहज हुने अर्घाखांची सिमेन्ट प्रालिका महाप्रबन्धक उद्धव बहादुर कार्कीको भनाई छ । कार्यक्रममा शिक्षा ईकाई प्रमुख दिवाकर भण्डारी,कृष्ण भुषाल,सियारी गाउंपालिकाका वडा अध्यक्ष,अभिभावक विद्यार्थी लगायतको उपस्थिति थियो । कार्यक्रममा कमला भण्डारीले सहयोग दाता अर्घाखांची सिमेन्ट र गाउंपालिकाका बीचमा तयार गरिएको सम्झौता पत्र वाचन गरिन् । 

 

 

 

 

प्रतिकृया दिनुहोस

डा। उपेन्द्र देवकोटाको निधन

भर्खरै वरिष्ठ न्युरोसर्जन डा। उपेन्द्र देवकोटाको निधन स्वर्गबासि मृत आत्माले चिर शान्ति पावस र वहाँको शोक संतप्त परिवार जनमा धैर्यधारणको शक्ति

घट्यो पेट्रोल(डिजेलको मूल्य, कतिमा झर्‍यो

  आइतबार मध्यरातदेखि लागू हुनेगरी नेपाल आयल निगमले प्रतिलिटर पेट्रोलमा ३ र डिजेल तथा मट्टितेलमा २र२  रुपैयाँले मूल्य घटाएको हो।  नयाँ

घट्यो पेट्रोल-डिजेलको मूल्य, कतिमा झर्‍यो ?

आज राति १२ बजे पछि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलमा रू ३ र डिजेलर मटितेलमा २र२ रुपैयाँ घटाएको छ । अब प्रतिलिटर पेट्रोलको मूल्य रू ११०, डिजेल र