ताजा खबर

वडा नं. ११ फाईनलमा  


१५ औ मनमोहन स्मृति रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिता–२०७५ को उपाधिका लागि वडा नं. ११ र वडा नं. १२ भिड्ने भएको छ । शनिबारको दोस्रो सेमीफाईनलमा विजयी हुदै वडा नं. ११ ले फाईनल भिडन्त पक्का गरेको हो । युवा संघ नेपाल, बुटवल उपमहानगर कमिटीको आयोजनामा देविनगरस्थित एन्फा एकेडेमीको खेलमैदानमा भएको खेलमा वडा नं. ९ लाई ३–० गोल अन्तरले पराजित गर्दै वडा नं. ११ फाईनल भिडन्त पक्का गरेको हो । वडा नं ११ को जितमा मनिष थापाले खेलको ७ औ, केशव नेपालीले २७ औ र मनिष थापाले ३४ औ मिनेटमा गोल गरेका थिए । वडा नं.११ का निर्मल मिदुन म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए । फाईनल खेल वडा नं १२ र वडा नं  का बिचमा सोमबार हुने खेल हुने खेल संयोजक प्रकाश क्षेत्रीले बताए । 

 

प्रतिकृया दिनुहोस

१८औं लिस्नु कप फुटबल ः

 नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपिपल रुपन्देही कोटिहवामा जारी १८ औं लिस्नुकप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ

फ्रान्स २० वर्ष पछि दोस्रो पटक विश्वकप विजेता बन्न सफल ।। 

विश्वकप फुटबलको २१ औं संस्करणको उपाधि फ्रान्सले हात पारेको छ । गयराति भएको विश्वकप उपाधि भिडन्तमा क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गर्दै

विश्वकप फुटबलको सेमिफाइनल समिकरण पुरा ।।

रुसमाजारी विश्वकप फुटबलको सेमिफाईनल समिकरण पुरा भएको छ । गय रातिआयोजक रुस र क्रोएसियाको खेल सकिएसंगै सेमिफाईनलमापुग्ने अन्तिम ४ टोलीको टुङ्गो