ताजा खबर

प्रहरी सेटिङमा चल्दै लाइसेन्स विहिन क्यासिनो

२८ जेठ 

भैरहवामा सञ्चालनमा रहेको हयाप्पी आवर प्रा.लि. गेम्बिङ क्लव मिनि क्यासिनोले गैरकानुनी रुपमा दुईवटा शाखा सञ्चालन गरेको छ ।
हयाप्पी आवरले प्रहरी संगको सेटिङमा अवैधानिक तवरले मिनी क्यासिनो सञ्चालन गर्दा समेत सरकारी निकायले कुनै कार्वाही गर्न सकेको छैन । प्रहरी प्रसाशन समेत मौन देखिन्छ ।
यहाँका होटल लाकौल र नान्स होटलमा हयाप्पी आवर प्रा.लि.क्यासिनोका दुईवटा शाखा सञ्चालनमा रहेका छन् । जुन ५० मिटरको फरक छ ।
विक्रम सम्वत २०६८ सालमा भैरहवामा होटल नान्समा सञ्चालन गर्न अनुमती ल्याएको यो मिनी क्यासिनोमा सञ्चालकहरुको आपसी विवादले गर्दा होटल लाकौलमा सरेको थियो ।
लाकौलमा क्यासिनो सरेपछि पुन त्यसैको नाममा होटल नान्समा पनि विगत १५ महिना देखी हयाप्पी आवरको नाममा अर्को मिनी क्यासिनो अबैधरुपमा सञ्चालन भैरहेको छ ।
सरकारी नियम अनुसार एउटा क्यासिनोले एक ठाउँमा एक वटा गरि नेपाल भर ४ वटा मिनि क्यासिनोको शाखा सञ्चालन गर्न पाउने प्रावधान रहेपनि हयाप्पी आवरले ५ वटा शाखा सञ्चालन गरेको हो ।
यसको नेपालगञ्जमा होटल स्नेहा, काकडभित्ताको होटल ढाका, महेन्द्रनगरको होटल स्वीट ड्रीम,  भैरहवाको होटल लाकौल र नान्समा गरि ५ वटा शाखा रहेको छ । जुन सरकारी नियम विपरित देखिन्छ ।
हयाप्पी आवर प्रा.लि.को एउटा लाइसेन्समा ४ वटा मिनि क्यासिनाको शाखा खोल्न पाउने सरकारी नियमको विपरित खोलिएका क्यासिनोले तिर्नुपर्ने राजस्व समेत ठगी गरेको पाईन्छ ।
एउटा शाखा क्यासिनो खोले बापत बार्षिक राज्यलाई ७५ लाख राजस्व बुझाउनु पर्ने हुन्छ । जुन भैरहवामा सञ्चालन रहेको होटल नान्सको मिनि क्यासिनाले प्रहरी सेटिङमा पैसा खर्च गरेपनि राज्यलाई एक रुपैया पनि रोयल्टी नबुझाएको आन्तरिक राजस्व कार्यालयले जानकारी दिएको छ । सिमाक्षेत्रमा खोलिएका मिनि क्यासिनोहरुमा दैनिक १० देखी १५ लाख सम्मको कारोवार हुने गर्दछ तर यस्तो ठुलो कारोवार गर्ने क्यासिनोहरु अबैधरुपमा सञ्चालन हुनु दुर्भाग्य रहेको स्थानिय बुद्धिजिविहरु बताउछन् । यस विषयमा हयाप्पी आवर मिनि क्यासिनोका व्यवस्थापक झपेन्द्र दंगासेलाई बुझदा नेपाल भरि आफ्ना ४ वटा मिनि क्यासिनोका शाखाहरु सञ्चालनमा रहेको बताउदै भैरहवाको होटल नान्समा सञ्चालनमा रहेको मिनि क्यासिनो अवैध भएको जानकारी दिनुभयो ।उहाँले नान्सको क्यासिनो सञ्चालकहरु संग आफ्नो प्रा.ली.को कुनै पनि सम्बन्ध नरहेकाले यो कसरी सञ्चालनमा आएको हो राज्य संग बुझ्न पर्ने जानकारी दिनुभयो ।होटल नान्सका सञ्चालक चन्द्र प्रकास श्रेष्ठलाई किन अबैध मिनि क्यासिनो सञ्चालन गर्नुभएको भनेर सोध्दा उहाँले आफ्नो होटलमा सञ्चालन रहेको क्यासिनो सरकारी मापदण्ड र प्रकृयामा नरहेको स्विकार्दै सरकारी निकाय संगको सहकार्यमा सञ्चालन गरेको बताउनुभयो ।संघिय प्रहरी इकाई कार्यालय रुपन्देही प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक राजेन्द्र ढकालले एउटा लाईसेन्स देखाएर दुईवटा क्यासिनो सञ्चालन गर्नु गलत भएको बताउदै आफु भर्खर आएकाले यसको विषयमा थप बुझेर कार्वाही अगाडी बढाउने बताउनुभयो ।
रुपन्देहीका प्रमख जिल्ला अधिकारी उदय बहादुर रानाले आफुलाई यस बिषयमा जानकारी आएको अध्ययन गरेर मात्र प्रतिक्रिया दिने जानकारी दिनुभयो ।नेपाल सात वटा ठुला क्यासिनो र ३ वटा मिनि क्यासिनोहरु सञ्चालन रहेका छन् । ठुला क्यासिनोहरुले शाखा खोल्न पाउने व्यवस्था नभए पनि मिनि क्यासिनोहरुले नेपाल भरी ४ वटा शाखा खोल्न पाउछन् । 
 

 

प्रतिकृया दिनुहोस

सिद्धार्थ उधोग बाणिज्य संघले भैरहवामा मंसिर २० गते देखि लुम्बिनी राष्ट्रिय महोत्सव गर्ने ।

भैरहवा असोज २५,  सिद्धार्थ उधोग बाणिज्य संघले भैरहवाले मंसिर २० गते देखि लुम्बिनी राष्ट्रिय महोत्सव २०७५ आयोजना गर्ने भएको छ । सिदार्थनगर उधोग

लुम्बिनी मल्टीप्रपोज एग्रिकल्चर बुटवलमा

                              प्रदेश नम्बर ५ की भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले अवको ५ बर्षमा उत्पादनलाई दोब्बर बढाउने

सियारी गांउपालीका वडानं ७ अमवामा निशुल्क आंखा शिबिर सम्पन्न

भैरहवा असोज २५, बिश्व दृष्टी दिवसका अवसरमा लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान श्री रण अम्बिका आंखा अस्पताल रुपन्देहीले सियारी गांउपालीका वडानं ७