ताजा खबर

११ जातीय संगठनहरुले असहमती जनाउँदै निर्माण प्रक्रियाबाट बाहिरिएको घोेषणा

३० जेठ, बुटवल ।

बुटवल उपमहानगरपालिका वडा नं ७ हिलपार्क परिसर भित्र करिब २ करोड लागतमा निर्माणाधिन आदिवासी जनजाति संग्रहालय निर्माण प्रक्रियाप्रति मूख्य सरोकारवाला नेपाल आदिवासी जनजाति महासंघ लगायत रुपन्देहीमा क्रियाशिल ११ जातीय संगठनहरुले असहमती जनाउँदै निर्माण प्रक्रियाबाट बाहिरिएको घोेषणा गरेका छन् । उनीहरुले बुधबार नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रुपन्देहीका अध्यक्ष दल बहादुर छन्त्यालको नेतृत्वमा बुटवलमा पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी गराएका हुन् । आदिवासी जनजातिहरुलाई बाइपास गरेर आदिवासी जनजातिका नाममा बन्ने संग्रहालयले वास्तविक आदिवासी जनजातिको परम्परा, संस्कार, सस्कृति र पहिचानको संरक्षण हुन नसक्ने बताएका छन् । करिब १० वर्ष अघिदेखि आदिवासी जनजाति लक्षित सरकारबाट विनियोजित रकमबाट महासंघको अगुवाइमा निर्माण थालिएको संग्रहालय पछिल्लो समय बुटवल हिलपार्कले एकलौटी र सुनियोजित रुपमा जनजाति संग्रहालय मात्रै नामाकरण गरेर निर्माण प्रक्रियालाई अगाडि बढाउन खोजेको आदिवासी जनजातिहरुले आरोप लगाएका छन् । आदिवासी जनजाति सग्रहालयका लागि भन्दै हङ्कङमा बसोबास गरेका नेपालीहरुबाट करिब ४७ लाख रुपैयाँ संकलन गरिएको छ । सो मध्येबाट ३० लाख रुपैयाँ केहि दिन अगाडि मात्रै हंकङमा आदिवासी जनजाति संग्रहालयका लागि भन्दै रकम संकलन गरेका हेमराज थापा, पुरन खड्का, गणेशजंग राना लगायतले हिलपार्क परिषद्लाई ३० लाख रकमको चेक हस्तान्तरण गरेका थिए ।  त्यसपछि संग्रहालय निर्माण आन्तरिक विवाद झनै बाहिर सतहमा आएको हो । संग्रहालय निर्माण, निर्माणपछि स्वामित्व, संचालन तथा त्यसबाट प्राप्त हुने आम्दानीमा आदिवासी जनजाति महासंघको भूमिका र जिम्मेवारी केही पनि स्पष्ट नपारी बाइपास गरेर बुटवल हिलपार्क परिषद एकलौटी ढंगले अघि बढेकाले आफूहरुले विमति जनाई अलग्गिनु परेको महासंघका अध्यक्ष दलबहादुर छन्त्यालले बताए । ‘देश तथा विदेशमा आदिवासी जनजाति संग्रहालय निर्माण गर्ने भनि आम आदिवासी जनजाति समुदायसंग आर्थिक संकलन गर्ने तर सरोकारवाला संस्थाहरुसंग समन्वय नगरी वाइपास गरेर ‘बुटवल हिलपार्क परिषद्’ क्लब जस्तो संस्थाले सिङ्गो आदिवासी जनजाति समुदायको अख्तियारी गर्नु र दिनु नियम संगत छैन । यसमा हाम्रो विमती छ ।’ पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख छ –‘यसले वास्तविक आदिवासी जनजातिको विविधतालाई संरक्षण गर्ने तर्फ नभई व्यवसायिक अभिष्टबाट प्रेरित भएको महासंघको ठहर छ ।’ पत्रकार सम्मेलनमा बुटवल हिलपार्क परिषद्ले संग्रहालय निर्माणमा एकलौटी नेतृत्व र स्वामित्व लिन खोज्नु जायज र न्यायोचित नभएको नेपाल मगर संघ रुपन्देहीकी अध्यक्ष गीता सारु मगरले बताइन्  । ‘जनजाति संग्रहालय निर्माणको नेतृत्व आदिवासी जनजाति महासंघले गर्दा बढी न्यायपूर्ण र स्वाभाविक हुन्छ भन्ने हाम्रो मान्यता हो,’ सारुमगरले भनिन्, ‘संग्रहालय बन्नु ठूलो कुरा होइन, मुख्य सरोकारवाला समुदायको संस्थागत सहभागिता र सहकार्य महत्वपूर्ण हो, त्यसो हुन नसके समस्या आउन सक्छ ।’ आदिवासी जनजाति लक्षित वर्गको नाममा विनियोजित रकमहरु समेत त्यसमा खर्च भएको तर त्यस अनुरुप काम र प्रक्रिया अघि नबढेकाले आगामी दिनमा बजेट विनियोजन नगर्न नेपाल सरकारलाई महासंघले अनुरोध गरेको छ । साथै आदिवासी जनजातिको संग्रहालय निर्माण भन्दै केहि व्यक्तिहरुको समूहले सरकारी निकायसंग बजेट माग गर्ने र रकम संकलन गर्ने कार्य गरिरहेको प्रति महासंघले आपत्ति जनाएको छ । पछिल्लो समय संग्रहालयको नाममा देश तथा विदेशमा आर्थिक सहयोग संकलन गर्ने तर निर्माण गर्ने सन्दर्भमा आदिवासी जनजाति सरोकारवालाहरुसंग अर्थपूर्ण र तात्विक सहकार्य नगरी आफ्ना व्यक्तिगत स्वार्थ र लाभका लागि रकम संकलन गर्ने व्यक्ति र समूहप्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै भत्र्सना समेत गरेको छ । जारी विज्ञप्तिमा लेखिएको छ– ‘अब उप्राप्त महासंघको आधिकारिक निर्णयविना कुनै पनि नाममा आर्थिक सहयोग नउठाउन र नदिन सम्बन्धित सबैमा अपील गर्दछौं ।’
संग्रहालय निर्माण प्रकृयामा विमति जनाउँदै अलग्गिने संस्थाहरुमा नेपाल आदिवासी जनजाति महासंघ, नेपाल मगर संघ, तमु ह्युल छोंज धिं, थारु कल्याणकारिणी सभा, नेपाल छन्त्याल संघ, नेपाल तामाङ घेदुङ संघ, थकाली सेवा समिति, भुजेल सेवा समाज, नेवा पुचः, कुसबडिया उत्थान संघ, कुमाल सुधार समिति र किरात राई यायोक्खा रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

सिद्धार्थ उधोग बाणिज्य संघले भैरहवामा मंसिर २० गते देखि लुम्बिनी राष्ट्रिय महोत्सव गर्ने ।

भैरहवा असोज २५,  सिद्धार्थ उधोग बाणिज्य संघले भैरहवाले मंसिर २० गते देखि लुम्बिनी राष्ट्रिय महोत्सव २०७५ आयोजना गर्ने भएको छ । सिदार्थनगर उधोग

व्यवसायीलाई शान्ति सुरक्षा र लगानीको सवालमा प्रशिक्षण 

  बुटवल २५ असोज रुपन्देहीका होटल व्यवसायीलाई शान्ति सुरक्षा र लगानीको सवालमा प्रशिक्षण प्रदान गरिएको छ ।    होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ

लुम्बिनी मल्टीप्रपोज एग्रिकल्चर बुटवलमा

                              प्रदेश नम्बर ५ की भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले अवको ५ बर्षमा उत्पादनलाई दोब्बर बढाउने